राकेश काफ्ले, जीवनमा जतिसुकै मेधावी भए पनि,जतिसुकै साहासी भए पनि,जतिसुकै भाग्यमानी भए पनि इतिहासले आरक्षण गर्ने, जातिले आदर गर्ने र जीवनले सार्थकता हासिल गर्ने कामहरू मानिसको जीवनमा विरलै हुने गर्छन् ।
उहाँले लामो समयदेखि साहित्य,गीत लागायतका विधामा कलम चलाउनु भएको होइन होला तथापि पनि उहाँ एउटा विश्वासिलो पाठक भने लामो समयदेखि नै हुनुहुन्छ र हुनु नै हुने छ । उहाँले जीवनमा केही भुल भलै गर्नु भयो होला तथापि पनि केही गर्व गर्न लायक काम गर्ने कोसिस भने अवश्य पनि गरिरहनु भएको छ र गर्नु नै हुने छ जहाँ हजुरहरू साराको माया र आशीर्वाद उहाँलाई अमृत तुल्य हुने नै छ । युवा साहित्यकार राकेश काफ्लेलाई जन्माउने पापा आमा र उहाँको जन्म भूमिप्रति नमन छ ।
उहाँका गुरुहरू जसले उहाँलाई यस बाटोमा हिड्न प्रेरित गर्नु भयो,हाैसला दिनु भयो र साथ दिइरहनु भएको छ । यो सारा प्रगतिमा उहाँहरूको निष्ठा र अागाध प्रेम झल्किरहेको हुन्छ र जहाँबाट गीतकार काफ्ले र उहाँको समकालीन पिँढीलाई थप जिमेदारीता र कर्तव्य बोध महसुस भइरहेको छ र हुने छ ।
नेपाली भाषी भुटानीहरूको जातीय अस्तित्व यतिबेला प्रवासमा पलायनता, पतन र ठिमाहाकरणको अन्तिम घडीमा अनिश्चितता र झिनो सम्भावनाकाबिच धुमिल धुमिल बाँचिरहेको छ । युवा गीतकार राकेश काफ्लेले लेख्नु भएका सबै गीतमध्येमा उहाँलाई सारै मन पर्ने मध्येको एउटा गीतको सन्दर्भलाई अगाडि जोडेर प्रकाश पारिने छ ।
गाँस,बास,कपास अनि सुन्दर भविष्यको खोजीमा आफ्नो जन्मभूमि छाडी संसारका विभिन्न कुनामा प्रवासी जीवन बिताउन विवश हामी सम्पूर्ण प्रवासीहरूको गीत हो 'छाडी हिड्यौ मोडी पाइला...... '
विभिन्न चुनाैतिहरूलाई सम्भावनामा बदल्ने चहाना कस्लाई हुन्न होला र ? तथापि आफ्नो प्यारो मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्छ होला र? तैपनि हामी नेपालीहरू राजनीतिक अस्थिरता,गरिबी जस्ता -विभिन्न कारणहरूले गर्दा आफ्नो परिवारबाट छुटिनु परेको तितो यथार्थलाई आफ्नो गीत मार्फत गीतकार राकेश काफ्लेले यस गीतमा दर्साउन खोज्नु भएको छ,सत्य हो ।
संसारको जुनै कुनामा रहेपनि आफ्नो जातीय कला संस्कृति भाषा जोगाउॅदै आफ्नो जन्मभूमिलाई संसार माझ चिनाउँदै जाऊँ यसैमा छ हामी नेपाली जातिको जीत, पहिचान र यीहरूको गरिमा पनि । जातीय पहिचानका लावाहरूलाई स्वभिमानका समाधिहरूमा दस्तावेजिकरण गरिनु पर्छ भन्ने हितभाव, दर्शन र समसामयिक योगबोधी चेतना बोकेको उक्त गीतमा सङ्गीत ढकाल वर्दसको र स्वर नेपाली सङ्गीत आकाशका एकजोडि उदियमान प्रतिभाहरू, गायक/गायिका सिडी विजय अधिकारी र मनिशा राईको रहेको छ भने उक्त गीतलाई 'तुलसी मञ्जरी' एल्वममा समावेश गरी सिडिएम् म्यूजिकले बजारमा ल्याएको छ । यो एउटा यस्तो गीत हो जसले भुटानी नेपाली सङ्गीत आकाशबाट गुणस्तरियता, पहिचान र माैलिकतालाई हृदयसम्म पलावित गर्न सजिलै सक्छ ।
अमेरिकाको ओहायो राज्यको कोलम्वस सहरमा रहेर सुनचाँदी र खुद्रा व्यवसाय गर्दै आएका फराकिलो मन भएका समाजसेवी व्यक्तित्व पाथीभरा ज्वेलर्सकास सञ्चालक उत्तम रसाइलीको आर्थिक सहयोगमा बनेको भिडियोमा,आफ्ना सन्तानहरुले घर छोडेर विदेश लाग्दा अभिभावकलाई कस्तो असर पर्छ भन्ने भाव दर्शाउॅदै निर्दशेक रमेश बाबा नेपालले कलाकार मिथिला शर्मा,रवि गिरी,बाबु भण्डारी र विधा काफ्लेलाई भिडियोमा समावेश गरी गीतको मर्म र भाव अनुसारको म्युजिक भिडियो निर्माण गरेका छन् भने सोही भिडियोमा कुशल छायाॅकार धिरज जङ्ग शाह र अव्वल सम्पादक निशान घिमिरेले रमेशलाई साथ दिएका छन्।
चाहे त्यो नेपालको होस,भारतको होस, भुटान वा बर्माको किन नहोस । नेपाली भाषा, साहित्य, संस्कृति र पहिचान प्रेमी स्रष्टा नेपाली डायसपोराको निधी हो, सम्पति हो । नेपाली जाति अब नेपाली नागरिक भन्दा माथि उठेर संसारको समग्र उपस्थितिलाई कुशल प्रतिनिधित्व गर्न सक्छ भने सातश्वत यथार्थको प्रमाण राकेश काफ्ले यस गीतका शब्दहरूबाट अधिकतम प्रकाश पार्नु भएको छ ।
अब नेपाली भाषा, साहित्य, कला, सङ्गीत र समाज नेपाल मुखी नभएर नेपाली जातिको पहिचानबाट डायसपोरामा गरिमामय उपस्थिति दिन सक्नु पर्छ, राकेश काफ्ले र यस परियोजनामा समलग्न हुनुभएका सबै कलाकारहरूलाई शुभकामना छ ।