Similar Articles

कविता, गजल, गीत

माग पत्र- मोहन गुरुङ

बिराट नेपाल

यो एउटा सिङगो जीवनलाई 
कर्मठ् औलाहरुको बीचमा à¤¬à¤¿à¤¸à¤¾à¤‰à¤¦à¤¾ 
अर्घेलो पर्खालहरुमा
ठोक्किएर, कुच्चिएर छचल्किएका 

भाग्यका थोपाहरु सम्हाल्न 
फेरी एउटा यो झिनो आसामा उभिएका 
थकित यी ! दुई गोडाहरु सँग सम्झौता 
यानी अलिकति प्रलोभन गरेर 

बेफुर्सदिको पुरानो नाउमा 
अलपत्र पारी झुंडिएका मेरा अभिलाषाका टुक्राहरु 
कतै भबिस्यामा बास पाउने आसमा   
यो आश्रितम निवेदन,

लेखितम 
गोधुली पारिको उज्यालो किरणसँग 
पारीबेश्को जालोमा झुन्डिएको यो रित्तो जीवन 
आगे  

क्रन्दन, वेदना अनुभूतिका साक्षी पनि  
बदर भए उपर 
कल्कलाउदो जिबनको मुस्कानमा 
नथ्थी लगाएको कर्जा चुक्त भई  

थाकिएका यी मेरा काध् अनि हत्केलाहरु, अस्थीपन्जार हरू  
जिर्नोद्वार अनुभूतिले थर थरीएर  
कोरिएका यी तपसिलका जाहेज मुचुल्का,  
प्रकृतिको ऐन मूल्धारा, उपधारा को दाहेर भित्र

उपरोक्त माग हरुको फैसला सदर होस् भनी  
सबै मेरा मानव साथीहरूलाई
किनारामा साक्षी राखी
श्रीमानानीय न्यायाधीस ज्यूलाई 
यो मागपत्र जाहेर छ !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक