Similar Articles

ओबामाको आरोप: ट्रम्प राष्ट्रपति बन्न लायक छैनन्

बिराट नेपाल

एजेन्सी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न लायक नभएको बताएका छन्। ओबामाले ट्रम्पको पार्टीले अरबपति उनलाई किन अहिलेसम्म राष्ट्रपतिका लागि समर्थन गरिरहेको भन्ने प्रश्न समेत गरेका छन्। ओबामाले रिपब्लिकन पार्टीका पछिल्ला राष्ट्रपतिका उम्मेदवारहरुको तुलनामा ट्रम्पसँग विश्वकै सबैभन्दा शक्तिशाली पदमा बसेर फैसला लिने सक्ने क्षमता नभएको र उनीसँग राष्ट्रपति हुने स्वभाव पनि नभएको उल्लेख गरेका छन्।

 

राष्ट्रपतिका उम्मेदवार ट्रम्पले भने राष्ट्रपति ओबामा एक असफल र नालायक नेता भएको आरोप लगाएका छन्। यस्तै ट्रम्पले राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टन कुनै सरकारी पदका लागि योग्य नभएको टिप्पणी गरेका छन्। ओबामाले भने,‘रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति पदका लागि अयोग्य छन् र साबित आफै गरिरहेका छन्।

विवाहको गाडी बाढीले बगाउँदा १५ जनाको मृत्यु

बिराट नेपाल

इस्लामाबाद, साउन १५ गते। पाकिस्तानको उत्तरपश्चिमभी क्षेत्र खैवरमा शनिवार बिहान एक गाडी बाढीले बगाउँदा त्यसमा सवार कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ ।

 

सो गाडीमा विवाह समारोहका पाहुना सवार रहेको र कम्तीमा १५ को मृत्यु भएको उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । यस दुर्घटनामा अन्य कैयौ व्यक्तिहरू बेपत्ता भएका जनाइएको छ ।

 

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा सो बस बाढीमा पर्न गई बगाएको समा समाचारले जानकारी दिएको छ ।

 

स्थानीय अधिकारीहरुका अनुसार सो बसमा के कति सङ्ख्यामा व्यक्तिहरू सवार रहेका थिए, सो एकिन सङ्ख्या भने पत्ता लागेको छैन् ।

 

सो घटनामा घाइते भएका केही व्यक्तिलाई भने नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

 

यसअघि पनि पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा गत एक हप्ता भएका छट्टाछुट्टै घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रासस÷सिन्ह्वा

राष्ट्रपतिका उम्मेदवार हिलारीलाई ओबामाको पूर्ण समर्थन

बिराट नेपाल

अमेरिका । डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार घोषित हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले पूर्णरुपमा समर्थन गरेका छन् ।

 

डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले अमेरिकामा अब हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सही व्यक्ति अरू नभएको दाबी गरेका छन् ।

 

अमेरिकाको इतिहासमा डेमोक्र्याटिक पार्टीको तर्फबाट पहिलो महिला राष्ट्रपतिको उम्मेदवारीका नयाँ इतिहास रच्न सफल हिलारीलाई बधाई दिदैैं ओबामाले विगतमा हिलारीले अमेरिकाको लागि दिएको योगदानको प्रशंसा गरेका थिए । à¤à¤œà¥‡à¤¨à¥à¤¸à¥€

म्युनिख हमलाकारी मारिए

बिराट नेपाल

जर्मनीको म्युनिख सहर स्थित एउटा व्यापारिक केन्द्रमा आक्रमण गरी नौ जनाको ज्यान लिएका हमलाकारी एक्लै रहेको र धेरै वर्षदेखि म्युनिखमा बस्दै आएको बताइएको छ। उक्त हमलाको उद्देश्य अझै प्रस्ट भएको छैन। हमलाकारी १८ वर्षीय किशोरको मृत्यु प्रहरीको गोलीबाट भएको वा आत्महत्या थियो भन्ने प्रस्ट भइसकेको छैन। अधिकारीहरुले जर्मन नागरिकहरुलाई हतारमा कुनै पनि निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

 

सुरुमा तीन जना बन्दुकधारीले उक्त आक्रमण गरेको हुनसक्ने बताएका प्रहरीले अब उक्त व्यक्तिले एक्लैले सो हमला गरेको जनाएका छन्। प्रहरीद्वारा अघि बढाइएको ठुलो खोजी कार्वाहीका कारण बन्द गरिएका यातायात सेवा पुन: सुरु भएका छन्। एउटा बिन्दुमा सीमा सुरक्षामा कडाइ गरिएको थियो र छिमेकी अष्ट्रियाका प्रहरीलाई पनि मद्दत गर्न बोलाइएको थियो। गत १३ वर्षदेखि म्युनिखमा बस्दै आएका एक जना नेपाली खड्ग न्यौपानेले बीबीसीसंग कुरा गर्दै भने, "शारीरिक रूपमा हामी ठिकै छौँ तर यो घटनाले हाम्रो मनस्थिति खलबलिएको छ।"

 

जर्मन चान्सलर एङ्गेला मर्कलले शनिवार सुरक्षा परिषदको आपत्कालीन बैठक डाकेकी छन्। त्रास र चिन्ताका कारण सयौँ मानिसहरू म्युनिखमा गोली चलेको व्यापारिक केन्द्रबाट भागेका थिए र सहरलाई बन्द गरिएको घोषणा गरिएको थियो।

 

तत्कालैको आशंका इस्लामवादीतर्फ केन्द्रित थियो। तर जर्मनीका विदेशमन्त्री फ्रान्क भाल्ट स्टानमायरले उक्त भयानक आक्रमणको उद्देश्य प्रस्ट नभएको कुरा जोड दिएर बताइरहँदा अर्को अँध्यारो सम्भावना सतहमा आएको छ।

 

एउटा कार पार्किङ्ग स्थलबाट मोबाइल फोनमा रेकर्ड गरिएको भिडियोमा कालो पोशाक लगाएको बन्धुकधारी जस्तै देखिने व्यक्तिले अर्को तेस्रो व्यक्तिलाई गाली गरिरहेको देखिन्छ। विदेशीहरुलाई जथाभावी गाली गर्दै उसले आफू जर्मन नागरिक भएको अनि बेरोजगारीबाट पीडित भएको भिडियोमा सुनिएको छ।

 

यी कुनै पनि कुराहरू अन्तिम होइनन् तर पछिल्लो आक्रमण सन् १९४५ मा नव नाजीहरुले गरेको हिंसा यताकै खराब आक्रमण भएको पाँच वर्ष पुगेको दिनमा भएको हो। सन् २०११ को जुलाईमा एन्नर्स बेरिङ ब्रेभिकले नर्वेमा आक्रमण गर्दा अधिकांश किशोर र विद्यार्थीगरी ७७ जना मारिएका थिए। जर्मन चान्सलर एङ्गेला मर्कलका एक जना सहयोगीले नर्वेमा भएको उक्त आक्रणको वर्षगाँठतर्फ ध्यानाकर्षण गराएका छन् र पूर्ण सुरक्षाका लागि राज्यले पनि पूरापूर निगरानी गर्नुपर्ने उल्लेख गरेका छन् । तर उनले भनेका छन् कसैले पनि त्यस्तो चाहँदैनन् किनकि त्यो खुल्ला पश्चिमा युरोपेली जीवनशैलीसँग मेल खाँदैन भन्ने समाचार बिबिसीमा लेखिएको छ ।  

 

 

अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा ६१ जनाको मृत्यु २ सय जना घाईते

बिराट नेपाल

काबुल,साउन ८ 

अफगानिस्तानको  à¤°à¤¾à¤œà¤§à¤¾à¤¨à¥€ काबुलमा शनिबार भएको आत्मघाती आक्रमणमा ६१ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । हजारा समुदायका मानिसहरुले विरोध प्रदर्शन गरिएको स्थानमा आक्रमण हुँदा ठुलो संख्यामा मानिसहरुको ज्यान जानुका साथै घाईते भएका हुन्  à¥¤

 

विद्युत लाइनको रुट परिवर्तन गर्न माग गर्दै बिरोधमा उत्रीएको हजारा अल्पसंख्यक समुदायमाथी भएको आक्रमणको जिम्मा  à¤‡à¤¸à¥à¤²à¤¾à¤®à¤¿à¤• स्टेट आइएसले à¤²à¤¿à¤à¤•à¥‹ छ ।

तुर्किमिनिस्तानबाट काबुल ल्याउन लागेको ५ सय किलो भोल्टको ट्रान्समिसन लाइन बामयान र वारडक प्रान्त भएर ल्याउन नहुने भन्दै हजारा समुदायले प्रदर्शन गरिरहेको स्थानमा  à¤†à¤¤à¥à¤®à¤˜à¤¾à¤¤à¥€ विस्फोट भएको बिबिसीले जनाएको छ ।

मुसलधारे पानीका कारण चीनमा १४ जनाको मृत्यु, ७२ जना हराए

बिराट नेपाल

सिजियाङ, साउन ६ गते । उत्तरी चीनको हेबेइ प्रान्तमा बुधवार बिहानदेखि अविरल रूपमा परेको पानीका कारण १४ जनाको ज्यान गएको समाचार छ । भारी वर्षापछिको बाढीबाट अरू कम्तीमा पनि ७२ जना हराइरहेको समाचारमा उल्लेख गरिएको छ । प्रान्तीय नागरिक मामिला सम्बन्धी विभागले बिहीबार सो जानकारी दिएको छ । साथै सो विभागले बिहीबार पनि अपरान्ह्सम्म वर्षा नघटेको बताएको छ । बुधवार बिहानदेखि बिहीबारसम्म नै वर्षा निरन्तर रूपमा भइरहेको बताइएको छ । उक्त हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा घटेको छैन । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् ।

 

उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका छन् । ती नगरहरुबाट १ लाख २३ हजार नागरिकलाई उद्वार गरी अन्यत्रै सारिएको पनि समाचारमा उल्लेख गरिएको छ । उक्त बाढीले सात हजार भन्दा बढी नै घर ध्वस्त बनाएको छ । बाढीका कारण बालीनाली, स्थानीय पूर्वाधारका साथै ठुलो जनधनको क्षति पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मीहरु खटाइएको सो समाचारमा उल्लेख गरिएको छ ।

 

बेइजिङको चेतावनी कायमै

यसैबिच बेइजिङबाट प्राप्त एक समाचारअनुसार बेइजिङ्मा पनि भारी वर्षाको चेतावनी कायमै रहेको छ । बेइजिङ्मा भारी मात्रामा पानी पर्ने चेतावनी बुधवार मात्र दिइएको थियो । चीनको मध्य र दक्षिणी बन्दरगाह सहरमा बुधवार व्यापक मात्रामा वर्षा भएको थियो । अविरल वर्षा भएपछि सतर्कताको लागि चेतावनी दिइएको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । चीनको राजधानीमा बुधवार अपराह्नमा यसको खतरा झनै बढेकोले यो चेतावनी दिइएको बताइएको थियो । बिहीबार पनि सो अविरल वर्षा जारी रहेकोले उक्त चेतावानी फिर्ता नलिइएको बताइएको हो ।

 

चीनका विभिन्न क्षेत्रमा हालैका दिनमा भारी मात्रामा वर्षा भएको छ । राजधानी बेइजिङ्मा पनि पछिल्लो समयमा अविरल मात्रामा पानी परेको छ । साथै राजधानी बेइजिङ्मा केही दिनयतादेखि आँधीको पनि सम्भावना रहेको बारेका समाचारहरु आइरहेका छन् । रासस÷सिन्ह्वा

फ्रान्समा आतंककारी आक्रमण, ७७ को मृत्यु सय भन्दा बढी घाइते

बिराट नेपाल

वीआरटी नेपाल संवाददाता ।
फ्रान्सको दक्षिणमा रहेको नाइस सहरमा 'वास्टिले डे ’ मनाइरहेका मानिसहरू माथि आज ट्रक दौडदा ७७ को ज्यान गएको छ भने एक सय भन्दा बढी घाइते भएका छन् । टेलिभिजनहरुले मानिसहरूको सब र घाइतेहरुको दर्दनाक अवस्थाको समाचार दिइरहेका छन् । स्थानीय मानिसहरू दिवस मनाउन जम्मा भएका ठाउँमा ट्रक दौडदा भागदौड मच्चिएको थियो । ट्रकले किचिर घटनास्थलमा मर्नेको सङ्ख्या ७०को हाराहारीमा भएता पनि उचारका क्रममा थप ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । एकसय भन्दा बढी घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

प्रहरीले सो ट्रकलाई नियन्त्रणमा लिन गोलावारी गरेको थियो । प्रहरीको गोली लागेर ड्राइभरको मृत्यु भएको छ । प्रहरीले ट्रकवाट प्रहरी तफै गोली प्रहार गरिएको जनाएको छ । घटनामा आतंककारिको हात रहेको हुनसक्ने अनुमान गरिएको छ । एक वर्ष अघि पनि फ्रन्समा आतंककारिहरुले आक्रमण गरेका थिए । त्यस पछि आतंककारी गतिविधि विरुद्ध कडा रूपमा प्रस्तुत भएको फ्रन्समा यो घटनाले थप सन्त्रास फैलिएको छ ।  यो घटनालाई आतंककारीहरुको निकृष्ट हर्कत भन्दै अमेरिकाले खेद व्यक्त गरेको छ ।

टर्कीको स्तानबुलमा आत्मघाती हमला, कम्तीमा ४१ को मृत्यु

बिराट नेपाल

युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ४१ जनाको ज्यान गएको छ। आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। 

युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म गोली चलाएका थिए र सुरक्षाकर्मीले जवाफी फायरिङ्ग सुरु गरेपछि उनीहरूले आफूलाई विस्फोट गराएका थिए।

प्रधानमन्त्री बिनाली यिल्ड्रिमले प्रारम्भिक सङ्केत अनुसार तथाकथित इस्लामिक स्टेट समूहको संलग्नता देखिएको बताएका छन्। टर्कीमा पछिल्ला समय गराइएका आक्रमणहरुमा कुर्दिश पृथकतावादी वा इस्लामिक स्टेट समूहको संलग्नता हुने गरेको बताइन्छ। यात्रुको रूपमा इस्तानबुल विमानस्थलमा रहेका बीबीसी संवाददाता मार्क लोवेन भन्छन्,“आधा घण्टाअघि टर्किस एअरको विमानबाट मैले यहाँ अवतरण गरेँ। हामीलाई कुनै चेतावनी दिइएन र यहाँ अवतरण गर्न दिइयो तर अहिले हामीलाई विमानबाट ओर्लन दिइएको छैन र क्याप्टेनले विमानस्थलभित्र सुरक्षा खतरा रहेको बताइरहेका छन्।”

लोवेनका अनुसार उक्त आक्रमण योजनाबद्ध देखिन्छ। लामो समयदेखि आटुटर्क विमानस्थलमा आक्रमण हुन सक्ने जोखिम रहेको बताएको छ। सामाजिक सञ्जालमा आएको एउटा भिडियो फुटेजमा प्रहरीले एक जना आक्रमणकारीलाई गोली चलाएको जस्तो देखिन्छ र घाइते भएर भुइँमा लडिरहँदा उनले आत्मघाती ‘भेष्ट’ विस्फोट गराएको जस्तो देखिन्छ । बिबिसीबाट

ईयूबाट बाहिरियो बेलायत

बिराट नेपाल

लन्डन, असार ११ गते ।  à¥ªà¥§ वर्ष अघि ६७ प्रतिशत जनमतसहित युरोपेली युनियन (ईयू)को सदस्य बनेको बेलायतले शु्क्रबारबाट बाहिरिने प्रक्रिया सुरु गरेको छ ।  à¤¬à¤¿à¤¹à¥€à¤¬à¤¾à¤° भएको र शुक्रबार बिहान प्राप्त जनमत सङ्ग्रहको नतिजामा ५१ दशमलव ९ प्रतिशत नागरिकले बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका छन् भने ४८ दशमलव १ प्रतिशत नागरिकले बेलायत ईयूकै सदस्य रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका छन् । 

नजितापछि बेलायत ईयूकै सदस्य रहनुपर्छ भन्ने पक्षलाई नेतृत्व गर्नुभएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिने घोषणा गर्नुभएको छ ।  à¤‰à¤¹à¤¾à¤à¤²à¥‡ आगामी अक्टोबरदेखि प्रधानमन्त्री पद त्याग गर्नुहुनेछ ।  à¤…क्टोबरपछि क्यामरुनकै पार्टीका नेता भए पनि बेलायत ईयूबाट बाहिरिनुपर्छ भन्ने पक्षमा धुँवाधार प्रचार गर्नुभएका लण्डनका पूर्वमेयर बोरिस जोन्सन प्रधानमन्त्रीको दौडमा सबैभन्दा अघि हुनुहुन्छ । 

जनमतपछि बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु भएको छ तर यो प्रक्रिया पूरा गर्न छिटोमा पनि दुई वर्ष लाग्नेछ ।  à¤ˆà¤¯à¥‚बाट बेलायत बाहिरिने निर्णयसँगै त्यसको सबैभन्दा ठूलो असर बेलायत तथा एसियाली अर्थतन्त्रमा देखा परेको छ ।  

अमेरिकी डलरको तुलनामा पाउन्डस्टर्लिङ ३१ वर्षकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।  à¤²à¤¨à¥à¤¡à¤¨ स्टक एक्सचेञ्जको मुख्य सूचक एफटीएसई १०० दुई दशमलव सात प्रतिशत तल झरेर बन्द भएको छ ।  à¤¬à¥à¤°à¥‡à¤•à¥à¤œà¤¿à¤Ÿà¤•à¥‹ खबरमा लालमोहर लागेपछि आत्तिएका लगानीकर्ताले सेयर बिक्री बढाएका थिए ।  à¤¬à¤œà¤¾à¤° घट्दा लगानीकर्ताले एक सय अर्ब पाउन्ड गुमाउनुपरेको छ । 

युरोको असर कम गर्न दुई सय ५० अर्ब पाउन्ड खर्च गर्ने घोषणा बैङ्क अफ इगल्यान्डले गरेपछि सुरुमा सात प्रतिशतले झरेको बजारमा सुधार आएको थियो ।  à¤¬à¥‡à¥à¤°à¤•à¥à¤œà¤¿à¤Ÿà¤•à¥‹ असरका कारण बेलायतबाहेक जापान, हङकङ र भारतको सेयर बजारमा पनि ठूलो गिरावट आएको छ । 

नेपालमा पाउन्ड घट्यो, डलर बढ्यो
ब्रेक्जिटको असर नेपालसम्मै देखिएको छ ।  à¤¶à¥à¤•à¥à¤°à¤¬à¤¾à¤° पाउन्डसँग नेपाली मुद्राको अधिमूल्यन भएको छ भने डलरसँग अवमूल्यन भएको छ ।  à¤°à¤¾à¤·à¥à¤Ÿà¥à¤° बैङ्कले शुक्रबारलाई तोकेको नेपाली मुद्रासँग पाउन्डको ‘रिफ्रेन्स रेट’को तुलनामा शनिबार तोकेको रिफ्रेन्स रेटमा ९ रुपियाँले कमी आएको छ ।  à¤¶à¥à¤•à¥à¤°à¤¬à¤¾à¤° एक पाउन्ड सटही गर्दा १५९ रुपियाँ ७६ पैसा प्राप्त हुन्थ्यो भने शनिबार एक पाउन्ड सटही गर्दा १५० रुपियाँ ५८ पैसा मात्रै पाइन्छ ।  à¤‰à¤¤à¤¾ डलर भने एक रुपियाँले बढेको छ ।  à¤¶à¥à¤•à¥à¤°à¤¬à¤¾à¤° एक डलरको सटही १०७ रुपियाँ ३६ पैसा रहेकोमा शनिबार बढेर १०८ रुपियाँ ४० पैसा पुगेको छ ।  

पाउन्ड अधिमूल्यन हुँदा बेलायतबाट पेन्सन प्राप्त गर्ने नेपाली नागरिकलाई असर पर्नेछ ।  à¤¤à¥à¤¯à¤¸à¥ˆà¤—री बेलायतमा बसेर नेपालमा रकम पठाउने नेपाली पनि यसबाट प्रभावित हुनेछन् ।  à¤¤à¥à¤¯à¤¸à¥ˆà¤—री बेलायतले नेपाललाई सहयोग दिने पाउन्डको मात्र उही भए पनि नेपालले प्राप्त गर्ने सहयोग नेपाली मुद्रामा भने विगतभन्दा थोरै हुनेछ । 

आतङ्कवादमा केन्द्रित हुँदै अमेरिकी निर्वाचन

बिराट नेपाल

काठमाडौँ, असार ४ गते । अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा गएको आइतबार भएको आमनरसहांरस्थलको भ्रमणपछि राष्ट्रपति बाराक ओबामाको प्रतिक्रिया आयो– डोनाल्ड ट्रम्पको चुनाव प्रचार नीतिले देशमा उत्तेजना फैलाउने काम बढी गरेको छ ।

उहाँले भन्नुभयो, ट्रम्पको शैलीले यतिखेरको निर्वाचन अभियानमात्र होइन कि यसले देशमा असुरक्षाको खतरनाक अवस्था पनि ल्याउन सक्छ । उहाँले ट्रम्पको निर्वाचन प्रचार शैलीको बिहीबार खुलेरै विरोध गर्नुभयो ।

ओल्र्याण्डोमा रहेको समलिङ्गीहरुको एक रात्रि क्लबमा एक २३ वर्षीय युवकले गोली चलाउदा त्यहाँ रहेका ४९ जना निर्दाेष नागरिकको ज्यान गएको थियो । त्यसमा परी कम्तीमा पनि ५३ जना मानिस घाइते भएका छन् र तीमध्ये अधिकांश अझैपनि उपचाररत छन् ।

अमेरिकामा पछिल्ला वर्षहरूमा समय समयमा हुने गरेका यस्ता गोलीकाण्डमध्येको एक ठुलो नरसंहार हो यो । हालैका दिनमा राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड ट्रम्पले गरेको प्रचारको शैली आक्रामकमात्र नभएर हिंस्रक हुनसक्ने भन्दै राष्ट्रपति ओबामाले आफ्नो अभिव्यक्ति त्यसतर्फ सङ्केत गर्नुभएको हो ।

ओल्र्याण्डोमा मारिएका व्यक्तिका परिवारजनसँग राष्ट्रपति ओबामाले यो बन्दुक आतङ्कले मुलुकभित्र अतिवादीहरुको जन्म दिइरहेको र त्यसको फाइदा अरू विदेशी आतङ्कवादी र अतिवादीहरुले लिइरहेको गुनासो गर्नुभयो । आफ्नो कार्यकालमा यो अमेरिकी नागरिकको हातको बन्दुक खोस्नका लागि गरेको आफ्नो प्रयासको अवरोध पनि रिपब्लिकनहरु नै भएको र त्यसलाई झनै पछिल्लो पटक ट्रम्पले प्रचारात्मक शैलीमा नै प्रतिरक्षा गर्ने गरेको बताउनुभयो ।

उहाँको यो प्रतिक्रियाको भोलिपल्टै ट्रम्पले पनि अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउने भनी यसअघिदेखि गर्दै आउनुभएको दाबीको बचाउ गर्नुभयो । उहाँले होस्टनमा शुक्रवार रिपब्लिकनले निकालेको ¥यालीमा आफ्नो पूर्वघोषित नीतिको बचाउ गर्नुभएको हो ।

फ्लोरिडा राज्यमा हालै भएको बन्दुककाण्डपछि पनि उहाँले आफ्नो नीतिको बचाउ गर्दै भन्नुभयो– यदि त्यो रात्रि क्लबका सञ्चालकहरुसँग नै आवश्यक मात्रामा हतियर भइदिएको भए त्यो नरसंहार हुन पाउदैनथ्यो ।

साथै उहाँले आफ्नो अध्यागमनसम्बन्धी मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गर्नुपर्छ भन्ने नीतिको पनि सो ¥यालीमा बचाउ गर्नुभयो । उहाँले भन्नुभयो, म मेरो पुरानै नीतिमा अडिग छु, मेक्सिकोसँग पर्खाल निर्माण गर्नैपर्छ र यदि त्यसो गरियो भने मात्र अमेरिका हत्या, हिंसा र डकैतीका धेरै प्रकोपबाट बच्नसक्छ ।

ट्रम्फले सन् २०१५ को अगष्टमा आफ्नो आप्रबासीसम्बन्धी नीति सार्वजनिक गर्दै म्याक्सीकोसँगको सीमामा पर्खालै बनाउने बताउनुभएको थियो । अमेरिकासँगको सीमामा विशाल पर्खाल बनाउने र त्यसको खर्च समेत म्याक्सिकोबाट भराउने घोषणा उहाँले गर्नुभएको हो । अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी मेक्सीकन आप्रबासीलाई त उहाँले लागू औषध तस्कर र अपराधीको समेत आरोप लगाउनुभएको थियो । उहाँको मुख्य निशाना मुस्लिम समुदायका नागरिप्रति पनि छ र आफ्ना भाषणहरुमा भन्दै हुनुहुन्छ कि मुस्लिमका कारण नै अमेरिकामा असुरक्षा र हत्या हिंसा मच्चिँदैछ, मुस्लिम नागरिकलाई छिर्न नदिएपछि सबैकुरा ठिक हुन्छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा अल कायदाले आक्रमण गरी तीन हजार भन्दा बढीको ज्यान लिएपछि अमेरिकाले आतङ्कवाद विरोधी अभियान सुरु ग¥यो । खासगरी त्यो आतङ्कवाद विरोधी अभियानले मुस्लिम भावना विरोधीको रूप ग्रहण गरेकोजस्तो देखिदै आएको थियो र आजका दिनसम्म पनि यस्तो प्रकारको भावना देखिन्छ ।

अहिले त्यही भावनाले अमेरिका र मुस्लिम संसारका बिचमा एउटा निकै ठुलो पर्खाल निर्माण गरिदिएको छ । अमेरिकाले आतङ्कवाद विरोधी कानुन ल्यायो र ओसामा बिन लादेन खोज्ने अभियानको थालनी ग¥यो । चार वर्षअघि अमेरिकाले पाकिस्तानमा आएर त्यो काम सम्पन्न गरेपछि ओबामाको दोस्रो कार्यकालको निर्वाचन लड्ने प्रमुख एजेण्डामध्येको एउटा त्यो पनि बन्न पुगेको थियो । 

अहिले पनि अमेरिकामा लडाइको शृंखला रोकिएको छैन । लडाइँ लड्नका लागि अमेरिकाका लागि फेरि अर्काे आतङ्कले जन्म लिएको छ आइएस नामको । यही आतङ्कका विरुद्ध लड्ने प्रतिबद्धता अहिलेका अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारले व्यक्त गरेका छन् । ट्रम्पले यस्तो आतङ्कलाई देशभित्र प्रवेश गर्न नदिनलाई अमेरिकामा मुस्लिमलाई नै प्रवेश गर्न दिन नहुने धारणा राख्नुहुन्छ भने डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलरी क्लिन्टनले पनि यस हिंसाका विरुद्धमा लड्नका लागि आफू अमेरिकी नागरिकको साथमै रहेको बताउने गर्नुहुन्छ । अमेरिकालाई सबै नागरिकको संयुक्त राज्य बनाउने अठोट गर्ने क्लिन्टनले तर पनि मुस्लिम वा मेक्सिकन नागरिकप्रति भने कुनै पनि किसिमको विभेद गर्न नहुने बताउनुहुन्छ । 

विश्व महाशक्ति अमेरिकामा अगामी नोभेम्बर ८, मा हुन लागेको राष्ट्रपतीय चुनावको अधिकांश विषय आतङ्ककवादका विरुद्धमा नै केन्द्रित भएको देखिन्छ । ४५ औं राष्ट्रपतीय चुनावको प्रतिस्पर्धामा पार्टीको तर्फबाट आधिकारिक उम्मेद्वारको चयन गर्न रिपब्लीकन र डेमोक्र्याट पार्टीको आन्तरिक चुनावी प्रक्रिया जारी रहेको भए पनि हालसम्म बलियो रूपमा मैदानमा रहेका हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्नेमा लगभग निधो भएको छ । तर, यसपालिको चुनावी परिणाम र उम्मेद्वारलाई पनि विगतका जस्तै आतङ्कवादका विरुद्ध लड्ने शक्तिशाली अभियान नै हो भनेर हेर्दा कुनै गल्ती हुनेछैन । 

सन् २०१५ डिसेम्बरमा ट्रम्पले आफ्नो निर्वाचन अभियानको सुरुवात एक विवादास्पद प्रस्तावबाट सुरुवात गर्नुभयो र भन्नुभयो– मुस्लिमहरुलाई पूर्णत अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ र अमेरिकामा रहेकालाई पनि कडा निगरानी गर्नुपर्छ । यसरी उहाँको यो निर्वाचन अभियानको सुरुवात नै आतङ्कवादलाई निर्मूल पार्छौँ भन्ने प्रतिबद्धताबाट सुरु भएको छ । 

ट्रम्पका यी आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिर पनि तरङ्ग ल्याएको छ । उहाँले अमेरिकामा हाल बसिरहेका अवैध आप्रवासी सबलाई देश निकाला गर्नेभनी दिएको अभिव्यक्तिले भित्र मानिस तरंगति पारेको छ भने मेक्सिको, दक्षिण कोरिया र जापानलाई पनि अमेरिकी सेनाको सुरक्षाबाट लाभान्वित हुने नभई सुरक्षाको व्यवस्था आफै गर्न पनि चेतावानी दिनुभएको छ । यी अभिव्यक्तिबाट अमेरिकाको कूटनीतिक सम्बन्धमा अहिलेसम्मकै सबैभन्दा धेरै असर पारेको प्रतिक्रिया दिएका छन् । यस अवस्थालाई नै डेमोक्रयाटहरुले यदि यस्तै हो भने मुस्लिमका कारण नभएर ट्रम्पकै कारण अमेरिकामा हिंसा मच्चिन सक्ने धारणा राख्ने गरेका छन् । 

डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनको अभिव्यक्ति त्यति तातो त छैन तर उहाँले पनि यसरी अभिव्यक्ति दिनेक्रममा आतङ्कवादी क्रियाकलापलाई अमेरिकाबाट सदाका लागि अन्त्यगर्ने र अमेरिकी नागरिकमा यस्तो कुनै पनि भयको अवस्था नहोस भनरे भने आफू लड्ने बताउनुुहुन्छ । गत जनवरीमा आफ्नो निर्वाचन अभियानको सुरुवात गर्दै उहाँले भन्नुभएको थियो– देशलाई आतङ्कवादीको छायाँबाट मुक्त गर्न म सबै अमेरिकीका लागि लड्ने छु । 

क्लिन्टनले विशेषगरी आप्रवासीसम्बन्धी कानुनलाई खुकुलो बनाउने वर्तमान राष्ट्रपति बाराक ओबामाको नीतिदेखिकै निरन्तरताको कुरा बढी गर्नुभएको छ । उहाँ अमेरिकामा आप्रवासीसम्बन्धी कानुनको नरमपन्थी हुनुहुन्छ । उहाँ मुस्लिमहरुका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको पनि विरोधी हुनुहुन्छ । सबै मुस्लिम आतङ्ककारीको कोटिमा राखिनु अराजकता मात्र हो भन्नुहुन्छ । अमेरिकामा बस्ने संसारका सबै नागरिकले संयुक्त राज्यमा बस्ने अनुभूति पाउनुपर्छ भन्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । 

अमेरिकामा बसिरहेका अल्पसंख्यकहरु इतिहासमै सबैभन्दा बढी निषेधका रूपमा जिउनुपर्ने लक्षणहरु आफूले देखिसकेकोले अबका दिनमा आफूले त्यसो हुन नदिने उनको प्रतिबद्धता छ । ट्रम्पको अभिव्यक्तिले तर्सिएका कैयौँ नागरिक यतिखेर हिलरीको आश्वासनको ओतलाग्न पुगेका पनि बताउन थालिएको छ । अमेरिकी अर्थतन्त्रलाई संसारको बलियोकैरुपमा राखिराख्न अब केही गर्नु जरुरी देखिन्छ भन्दै उहाँले त्यसतर्फका आफ्ना पाइलाहरू आगामी दिनमा दरिलोगरी अघि बढ्ने धारण राख्दै आउनुभएको छ । (बाँकी) 

अमेरिकामा अहिले पनि मुस्लिम भावना भड्किएको अवस्था छ । ओल्र्याण्डोमा एक जना मुस्लिमले कम्तीमा पनि ४९ जनाको हत्या गरेको छ । उसले सेप्टेम्बर ११ कै नाम लिएर यो नरसंहार निम्त्याएको थियो । डेढ दशक अघिको त्यो हिंसा र त्यसले रोपिदिएको मुस्लिम विरोधी भवनाको चर्चा यस समयमा पनि राष्ट्रपतिका उम्मेदबारबीच छँदै नै छ । त्यसैले अमेरिकी निर्वाचनलाई नियाल्नेहरुले अहिले पनि यहाँ आतङ्कवादलाई नै प्रमुख एजेण्डका रूपमा अघि सारिएको रूपमा पनि हेर्ने गरेका छन् । रासस/विभिन्न एजेन्सीहरुको सहयोगमा