Similar Articles

राष्ट्रपति ओबामा हिरोसिमामा

बिराट नेपाल

हिरोसिमा । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुगेका छन् । ओबामाले हिरोसिमा खसालिएको अमेरिकी आणविक बमबाट बाँच्न सफल भएका सवैलाई स्वागत गरेका छन् । हिरोसिमा पिस मेमोरिएल पार्कमा सो आणविक बमबाट बाँँच्न सफल व्यक्तिहरुलाई ओबामाले विस्तृत वार्ता र स्वागत गरेका हुन् । 

राष्ट्रपति ओबामाले हिरोसिमा र मेमोरिएल पार्कको ऐतिहासिक भ्रमण गर्ने क्रममा पाहुनाहरुले हस्ताक्षर गर्ने पुस्तिकामा समेत हस्ताक्षर गरेको भएको बताइएको छ । सो हस्ताक्षर पुस्तिकामा ओबामाले ‘युद्धपश्चात् भएको पश्चातापबारे अमेरिका अनभिज्ञ छैन् । अबका दिनहरुमा तपाई हाम्री मिलेर यो विश्वलाई नै आणविक हतियाररहित शान्तिक्षेत्र निर्माणका लागि सँगसँगै जुटौं’ भन्ने सन्देश लेखेको बताइएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति बाराक ओमाबाको हिरोसिमा भ्रमणले अमेरिका र जापानबीचको पुनर्मिलनको नयाँ आयाम थपिएको बताएका छन् । उक्त सहरमा जाने उहाँको कार्यक्रम यसअघि नै राखिएको भएपनि जाने वा नजाने भन्ने स्पष्ट थिएन । 

यसै दुविधाबीच राष्ट्रपति ओबामा उक्त जापानी सहरमा पुगेका हुन् । उनले शुक्रबार हिरोसिमाको भ्रमण गरेपछि अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उनी नै पहिलो राष्ट्रपति भएका छन् । दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले हमला गर्ने क्रममा हिरोसिमा सहरमा भीषण बम आक्रमण गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम खसालेको थियो । यसपछि अमेरिकाले जापानमाथि बिजय भएको घोषणा पनि गरेको थियो । 

यसको तीन दिनपछि नै अमेरिकाले जापानकै अर्को नगर नागासाकीमा हमला गरेको थियो । यसपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । हिरोसिमामा गरिएको यस हमलाका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो । त्यो आक्रमणको करिब सात दशकपछि अमेरिकाको राष्ट्रपतिले हिरोसिमामा गर्न लागेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ ।सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो । नेपाल बुलेटिनबाट


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक