Similar Articles

फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते विजयी

बिराट नेपाल

दाभाओं , वैशाख २९ गते । फिलिपिन्समा राष्ट्रपतिका लागि सोमबर भएको निर्वाचनमा रोड्रिगो डुटेर्ते विजयी हुनु भएको छ ।

मङ्गलवार सार्वजनिक परिणाममा आफू राष्ट्रपति पदमा विजय हुनु भएपछि उहाँले अबका दिनमा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गर्नुभएको समाचारमा जनाइएको छ । डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रिनुभएको थियो ।

उहाँ फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत रहनु भएको थियो । उहाँ उक्त दाभोओ सहरमा २२ वर्षसम्म मेयर हुनु भएको थियो । उहाँले ३९ प्रतिशत मत हासिल गर्नु भएको छ भने उहाँको निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय हुनु भएको हो ।

फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक