Similar Articles

पेरिस आक्रमणका अर्का आरोपीको खोजी तीब्र

बिराट नेपाल

ब्रसेल्स, चैत ७ गते। पेरिस आक्रमणका संदिग्ध व्यक्तिहरुको खोजीका क्रममा शुक्रबार बेल्जियमको ब्रसेल्समा प्रहरी घेराबाट भाग्न सफल भएको भनिएको एक व्यक्तिको खोजीलाई ब्रसेल्स र पेरिसको प्रहरी तिब्रता दिएको छ । आरोपीको खोजीका क्रममा शुक्रबार सलाह अब्देसलामलाई पक्राउ गर्न सफल भएपनि उनीसँग रहेका अर्का एक व्यक्ति भने भागेका थिए ।

प्रहरीले खुट्टामा गोली हानी अब्देसलामलाई पक्राउ गरेको थियो भने अर्का संदिग्ध व्यक्ति भने भागेका थिए । भागेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

अब्देसलामलाई प्रहरीले नियन्त्रणमा लिई ब्रसेल्सकै एक अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । ती दुवै व्यक्ति पेरिस हमलाका योजनकार मध्येका हुन । उनीहरुलाई प्रहरीले पेरिस आक्रमणको लगत्तैदेखि नै खौजी गरिरेहेको थियो ।

गत वर्षको नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको हमलाका एकजना आरोपी एवम् मुख्य योजनाकार अब्देसलाम बेल्जियममा पक्राउ परेका हुन् । सन् २०१५ को नोभेम्बर १३ मा भएको विनाशकारी पेरिस आक्रमणमा १३० ज्यान गएको थियो ।

कन्सर्ट ९साङ्गीतिक कार्यक्रम०, क्याफे र रङ्गशालामा गरिएको आक्रमणको मुख्य योजनाकारका रूपमा आरोपित सलाह बेल्जियममा रहेको बताउँदै विगत लामो समयदेखि खोजी भइरहेको थियो ।


सलाह अब्देसलामलाई बेल्जियममा शुक्रबार पक्राउ गरिएका हो । उनी उक्त आक्रमणका एकजना मुख्य योजनाकार रहेका जनाइएको छ ।

उनलाई युरोपभरि नै एक सार्वाधिक खोजीको सूचीमा राखिएको थियो । उनलाई पक्राउका लागि युरोपेली देशहरुले नै निकै ठूलो पहल कदमी गरेका बताइएको थियो ।


शुक्रबार राति प्रहरीले उनलाई विशेष कारबाही सुरुगरी पक्राउ गरेको बताइएको छ । ब्रसेल्सको उक्त क्षेत्रमा प्रहरीले शनिबारसम्म पनि कारबाही जारी राखेको बताएको छ ।

गत नोभेम्बरमा भएको पेरिस हमलाका संलग्नमध्ये कतिपयलाई प्रहरीले पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

त्यस समयमा उनी पनि ब्रसेल्समा भाडामा बस्ने गरेको खुलेको थियो । त्यस क्रममा उनको औंठा छाप लिएको र सो छापमा मिल्न आएकोले उनको बारेमा विशेष खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको थियो ।

गएको मङ्गलबार देखि ब्रसेल्सको फेडरल प्रहरीले ब्रसेल्सको बजार क्षेत्रमा नै निकै आक्रामक रुपमा खोजी अभियान सुरु गरेको थियो । त्यस क्रममा अर्का एकजना आरोपी शुक्रबार भाग्न सफल भएको पनि सो प्रहरीले जनाएको थियो ।

फ्रान्समा भएको सो आतङ्ककारी हमलामा संलग्न भएका व्यक्तिको खोजीका क्रममा यसअघि पनि प्रहरीले ब्रसेल्समा कैयौं पटक सम्म कारबाही गरेको थियो । सो कारबाहीका क्रममा उक्त हमलामा संलग्न भएका एकजनालाई प्रहरीले यसअघि पनि ब्रसेल्समा नै पक्राउ गरेको थियो । ब्रसेल्समा उक्त आक्रमणको योजना बनाइएको खुलेको प्रहरीले जनाएको थियो । रासस÷एपी 

:File photo


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक