Similar Articles

प्रेस बिज्ञप्ती

नेपाली जन सम्पर्क समिति, अमेरिका, केन्द्रीय समितिको प्रेस विज्ञप्ति

बिराट नेपाल

मिति: अप्रिल १, २०१६

नेपाली जन सम्पर्क समिति, अमेरिका केन्द्रीय समितिको आज बसेको आकास्मिक बैठकले सङ्गठनमा हालै भैरहेका रबैयाप्रती केन्द्रित रहेर संस्थाको काम, कर्तव्य र कर्तब्यापरायणतामा अंच आउने खालका हरेक समस्याको सामना गर्ने निर्णय गरेको छ । आज बसेको नेपाली जन सम्पर्क समिति, अमेरिकाले समितिको आकास्मिक बैठकले संस्थाको विधान विपरीत काम गरेको ठहर गर्दै समितिका वरिष्ठ उप-सभापति धनन्जय नरसिंह केसी, महासचिव मुनेन्द्र नेम्वाङ्ग र उप-सभापति चेतप्रसाद (सीपी) पौडेललाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ | समितिका सभापति आनन्द विष्टको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो | यसैगरी समिति मातहतको अनुशासन विभाग समेत विघटन गर्ने निर्णय गरेको छ | सोही विभाग यस अघि सचिव भोजराज थोकरको संयोजकत्वमा गठन गरिएको थियो |

निलम्वित पदाधिकारीहरुले संस्थाको गरिमालाई आँच पु-याउने कार्य गरेको कारण यस्तो निर्णय गर्नु परेको जन सम्पर्क समिति अमेरिका, केन्द्रीय समितिले ठहर गरेको छ । विकसित पछिल्लो तथाकथित प्रचारवाजी र अल्पमतमा रहेका केही पदाधिकारीहरुले गरेको भ्रमको खेतीका पछि नलाग्न समितिले सबै च्याप्टर सभापति, पदाधिकारी, साधारण सदस्य एवं शुभेच्छुकहरुलाई आग्रह समेत गरेको छ | शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकमा सहभागी सबैले विधि विधानभन्दा माथि कोही नरहेको भन्दै संस्थाको हित विपरीत काम गर्ने जोकोहीलाई पनि अनुशासनको दायरामा ल्याउनु पर्ने आवाज उठाएका छन् |

कन्फरेन्स कल मार्फत भएको बैठकमा १९ जना सदस्यहरू सहभागी थिए | बैठकमा सहभागी सबैले अनुशासनहीन कार्य गर्ने जोकोहीलाई पनि विधान अनुसार कारबाही गर्नुपर्ने सुझाव दिएका थिए | यसैबिच कोषाध्यक्ष विजय कुमार थुलुङ्ग र अनुशासन विभागका प्रमुख समेत रहेका भोजराज थोकरलाई अन्तिमपटक बिधानत: सच्चिने मौका दिने निर्णय समेत गरेको छ |

आजको बैठकमा सभापति आनन्द विष्ट, उप सभापति त्रय धर्मराज श्रेष्ठ, भगवान् मैनाली र केशव बरालसहित केन्द्रीय सदस्यहरू वेद प्रसाद खरेल, सुवास लामा, लोक लामा, सुन्दर गुरुङ, सुभेन्द्र रानाभाट, मान्ती शाह, गोपाल विश्वकर्मा, माया कडायत, पिताम्वर भुषाल, सन्तोष पहारी, अमृत भट्टराई, हरि शर्मा, गोकुल ढकाल, परमानन्द खनाल र चन्द्रकान्त धिताल सहभागी थिए |

आजको बैठकले विकसित नयाँ परिस्थितिमा समितिका सबै च्याप्टरहरुसंग समन्वय गर्न सङ्गठन विभागका प्रमुख समेत रहेका केन्द्रीय सदस्य वेदप्रसाद खरेललाई पहल गर्न जिम्मेवारी दिने निर्णय समेत गरेको छ | साथै सबै च्याप्टरहरुलाई विकसित परिस्थितिमा सिर्जना भएको अन्यौलका बारे भ्रममा नरहन समेत आग्रह गरेको छ |

न्यूयोर्कमा हुने नेपाल परेड डे कार्यक्रम आयोजना सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै यो कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ | यसका लागि समिति मातहतको सांस्कृतिक विभागका संयोजक सुवास लामालाई प्रतिनिधि तोकिएको छ |

आजको बैठकले हालै सम्पन्न नेपाली काँग्रेसको १३ औं अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल सहित सम्पूर्ण कार्य समितिलाई धन्यवाद दिने निर्णय समेत गरेको छ | यसैगरी काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई समेत कार्यकाल सफलताको लागि शुभकामना प्रस्ताव समेत पास गरेको छ |


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक