प्रेस बिज्ञप्ती
बिराट नेपाल
2016-07-09
नयाँ शक्ति नेपालको प्रदेश नं.३ को महिला भेला आज मिति २०७३ साल आषाढ २५ गते शनिवारका दिन पार्टीको केन्द्रीय कार्यालय ववरमहलमा सम्पन्न भएको छ । भेलाले आगामी भाद्र १५ गतेसम्म गाउँ नगर र वडा भेलाहरु सम्पन्न गर्ने निर्णय गरेको छ । भेलाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा विरुद्ध सहायता उपलब्ध गराउनका लागि हेल्प डेस्कका रूपमा कानुनी कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ । अबको निकास आर्थिक विकास भन्ने पार्टीको नारालाई व्यवहारिक रूप दिनकालागि प्रत्यक वडामा उत्पादन समिति बनाउने समेत निर्णय गरेको छ ।
बैठक शहिदहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै आरम्भ भएको थियो भने बैठकको आरम्भमा आजसम्म भए गरेका कामको प्रतिवेदन प्रस्तुत भएको थियो । महिला विभागका संयोजक कल्पना धमला र ३ नं. प्रदेश संयोजक मनु हुमागाईको उपस्थितिमा सो बैठक सम्पन्न भएको थियो भने हेल्प डेस्क संयोजक अधिवक्ता लक्ष्मी शर्माले आजसम्मको प्रगति विवरण र भावी योजनावारे प्रकाश पार्नुभएको थियो ।
यस सहायता कक्षले नयाँ शक्ति महिला नेपालले महिला तथा बालबालिका हिसा विरुद्ध अवलम्बन गरेको शून्य शहनशिलताको नीतिलाई दृढतापुर्वक कार्यान्वयन गर्ने छ । राजनैतिक उपलब्धिलाई संस्थागत गर्न महिला सक्षम हुन जरुरी छ । महिला सक्षम हुन आर्थिक सम्वृद्धि जरुरी छ । हिसा मुक्त समाज विना आर्थिक विकास हुन सक्दैन भन्ने निष्कर्ष सहित हिंसामा परेका पीडित पक्ष महिला पुरुष जो सुकै भए पनि हिंसा विरुद्धका मुद्धामा प्रतिरक्षा गर्ने निर्णय गरेको व्यहोरा जानाकारी गराउछौ । यस अभियानमा समाजका सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ । सबैको सहयोगको कुल योगका रूपमा महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति शून्य सहनशिलताको नीतिलाई व्यवहारमा रूपान्तरण गरौँ निष्कर्षका साथ बैठक समापन भएको थियो ।
अधिवक्ता लक्ष्मी शर्मा
संयोजक
महिला तथा बालबालिका हिंसा विरुद्धको सहायता कक्ष
Post Comments Using Facebook
Your Comments