प्रेस बिज्ञप्ती
बिराट नेपाल
2016-07-08
नेपाल अमेरिका एकता समाज लस एञ्जलसद्वारा नेपाल स्थित धुर्मुस सुन्तली फाउन्डेसन्लाई आर्थिक सहयोग
प्रेस बुलेटिन
July 8, 2016
यही जुलाई ५ तारिख मङ्गलवार नेपाल अमेरिका एकता समाजको कार्यसमिति २०१६-२०१८ को छैठौ बैठकले निम्न निर्णयहरू गरेको सम्पूर्ण समुदाय सदस्य, सञ्चार माध्यम तथा समुदाय सदस्यहरूलाई यो प्रेस बुलेटिन मार्फत अवगत गराउन चाहन्छौ l
अमेरिकी भूमिमा कार्यरत नेपाली वैज्ञानिक डाक्टर किरण लामिछानेको अल्पायुमै भएको दुखद निधन प्रति नेपाल अमेरिका एकता समाजले शोक प्रस्ताव पारित गरेको छ l नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछ्नेका सहोदर भाइ डाक्टर लामिछानेको दुखद निधनले अमेरिकी भूमिमा एउटा उदियमान नेपाली तारा अस्ताएको तथा यो दुखको घडीमा लामिछाने परिवारमा ध्रैय धारण गर्ने शक्तिका लागि नेपाल अमेरिका एकता समाज ईश्वरसँग प्रार्थना तथा स्वर्गीय लामिछानेको चिर शान्तिको लागि कामना गर्दछ l
साउथर्न क्यालिफोर्नियामा सक्रिय रूपमा स्थापित भएका स्थानीय सङ्घ संस्था तथा नेपाली समुदाय बिच समन्वय र सहकार्य गरी एकताका साथ समुदाय केन्द्रित कार्यक्रम गर्दै अघि बढ़्ने उध्येश्यले यस अघि विशेष कारण बस स्थगित गरिएको स्थानीय सङ्घ संस्था बिचको अन्तरक्रिया कार्यक्रमलाई परिमार्जन तथा निरन्तरता दिँदै यही जुलाई १७ तारिख आइतबार साँझ ठिक ७:३० बजे तारा हिमालयन कुजिन आर्टिसियामा स्थानीय सङ्घ संस्था प्रतिनिधि तथा समुदाय सदस्य बिच " समुदायमा स्थानीय सङ्घ संस्थाको भूमिका, चुनौती र अबको बाटो " शीर्षकमा सामुदायिक बहस (Community Discussion) कार्यक्रमको आयोजना गरिएको छ l
नेपाल अमेरिका एकता समाजको विधान बमोजिम संस्थाको वार्षिक साधारणसभा पहिलो पल्ट यही नोवेम्वर महिनाको १२ तारिख शनिवार तारा हिमालयन कुजिन आर्टिसियामा गर्ने निर्णय समेत गरिएको छ l जसमा महासचिवको वार्षिक कार्य प्रगति प्रतिवेदन, कोशाध्यक्छ्यको वार्षिक आर्थिक प्रतिवेदन र कोष वृद्धिका लागि योजना , अध्यक्षको आगामी वर्षका लागि सम्भावित कार्य प्रतिवेदन तथा दीर्घकालीन कार्य योजना , विधान परिमार्जन तथा संशोधन तथा विविध सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ l
मातृभूमि नेपालमा गत वर्षको महाभुकम्पमा परि घरवार गुमाउने भूकम्प पीडित नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई बासको निम्ति सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा सुन्तली धुर्मुस फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत बस्ती विकास कार्यक्रमलाई सहयोग गर्ने हेतुले संस्थाकाअध्यक्ष सूर्य प्रसाईले गतवर्ष आफ्नै व्यापारिक केन्द्रमा सहयोग बापत सङ्कलन गर्नु भएको रकम र उन्हा मार्फत हाल रोलेंड हाइट क्यालिफोर्निया निवासी शुभचिन्तक भीम बहादुर रावल तथा मोति सारा बिस्टले गर्नु भएको सहयोग रकम समेत गरी एकमुस्ट रकम १२५०.०० अमेरिकी डलर मध्ये नेपाल पठाउने खर्च कटाएर जम्मा हुन आउने रकम अमेरिकी डलर १२३२.०० को जम्मा हुन आएको नेपाली रुपैया १,३१,३४७.३४ पैसा ( एक लाख एकतिस हजार तिन सय सतचालिस रुयैया चौतिस पैसा ) सुन्तली धुर्मुस फाउन्डेसनलाई सहयोग गर्ने निर्णय गरेको छ l सो कार्यकालागि नेपाल अमेरिका एकता समाज संस्थाका अध्यक्ष सूर्य प्रसाई, भीम बहादुर रावल तथा मोति सारा बिस्ट प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ l साथै नेपाल अमेरिका एकता समाज भुकम्पपिडित नेपाली दाजु भाइ दिदी बहिनीहरुका लागि सिन्धुपाल्चोक स्थित गिरानचौर एकीकृत बस्ती विकास कार्यक्रमका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्न हार्दिक आवहान गर्दै नेपाल अमेरिका एकता समाज मार्फत सहयोग गर्न चाहनु हुने समुदाय सदस्यहरुले एकता समाजमा सम्पर्क गर्न समेत हार्दिक अनुरोध गर्दछ l
नेपाल अमेरिका एकता समाजले गर्ने नियमित वार्षिक कार्यक्रमहरूमा हरितालिका तिज शुभकामना कार्यक्रम, श्री पशुपति फाउन्डेसन् सँगको सहकार्यमा तीज पूजा, दसैँ कार्यक्रम , अङ्ग्रेजी नयाँ वर्ष कार्यक्रम डिसेम्बर ३१ तथा अन्य समुदाय केन्द्रित अन्तरक्रिया कार्यक्रम यही जुलाई १७ मा हुने सामुदायिक बहस कार्यक्रम पछि स्थानीय सङ्घ संस्थाहरूको राय सल्लाह सुझाव र समन्वयमा गरिने व्यहोरा समेत नेपाल अमेरिका एकता समाज सबै सञ्चार माध्यम तथा समुदाय सदस्यहरूमा सादर अनुरोध गर्दछ l
यस वर्ष देखि संस्थाले साउन महिनामा नेपाली हिन्दु धर्मावलम्वी महिला दिदी बहिनीहरूले सौन्दर्य तथा परम्परागत धार्मिक मान्यताका लागि लगाउने मेहेन्दी लाई संस्थागत गर्दै संस्थाको आर्थिक कोष अभिबृदी गर्ने अभिप्रायले यो सेरोफेरोका लागि "सामूहिक मेहेन्दी संस्थागत कोष अभिबृदी घर दैलो कार्यक्रम " अघि सारेको छ l
नेपाल अमेरिका एकता समाजको मिटिंग हल उपयोग गर्न चाहने स्थानीय सङ्घ संस्थाले विगत फेब्रुअरी महिना देखि निःशुल्क उपयोग गर्दै आएकोमा जुलाई २०१६ देखि नेपाल अमेरिका एकता समाजको मिटिंग हल उपयोग गर्न चाहने स्थानीय सङ्घ संस्था वा सामाजिक प्रयोजनकाका लागि व्यक्ति विशेषले प्रतिदिन $५० डलरको संस्थागत सहयोगमा सो मिटिंग हल उपयोग गर्न सकिने पुरानो निर्णय लाई निरन्तरता दिने निर्णय गरिएको छ l
कामदार तथा काम दिने व्यक्ति बिच सुमधुर सम्बन्ध स्थापित गर्न तथा कामदार र काम दिने व्यक्तिका अधिकार कर्तव्य के के हुन् र कानुनी रूपमा के के कुरामा सावधानी अपनाउनु पर्छ भन्ने कुरामा नेपाली समुदायलाई सम्बन्धित अमेरिकी सरकारका प्रतिनिधि बाट जानकारी दिने अभिप्रायले निकट भविष्यमा कार्यक्रम आयोजना गर्न लागिएको समेत सहस्र जानकारी गराउन चाहन्छौ l
यस अघि नेपाल अमेरिका एकता समाजको गत फेब्रुअरीमा साधारण सभा मार्फत गठित नयाँ कार्य समितिले झन्डै छ महिनाको दौरानमा अमेरिकी नागरिकता प्राप्तिका लागि अपनाउनुपर्ने सावधानी र तैयारीका विषयमा अमेरिकी सरकारका प्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रम , गत मे महिनामा सम्पन्न अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको च्याप्टर सम्मेलन तथा कवि गोष्ठी र नेजाको साधारण साधारण सभा मा विशेष साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ l यसै गरी नेपाली चलचित्र प्रेमगित प्रदर्शन र नेपालका पर्यटन मन्त्री सँगको अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरी सकेको छ l
आउँदा दिनहरूमा पनि समुदाय सदस्यहरूको सदैव साथ र सहयोगको आशा राखेका छौ l
धन्यवाद l
डोल्मा लामा
महासचिव
नेपाल अमेरिका एकता समाज
info@ekatasamaj.org
www.ekatasamaj.org
Post Comments Using Facebook
Your Comments