Similar Articles

प्रेस बिज्ञप्ती

एनआरएन नेतृत्वलाई डा श्याम कार्कीको अपिल

बिराट नेपाल

नेपालमा संविधान घोषणा भएको सुखद समाचारले प्रवासमा रहेका हरेक नेपालीले खुसीयाली मनाईरहेका छन् , हर्शोल्लाश गरिरहेका छन् | प्रजातन्त्रमा विश्वास गर्ने हरेक मानिसलाई यो सुखद समाचार हो, किनभने जनताद्वारा प्रत्यक्ष निर्वाचित र समानुपातिक मनोनीत जनप्रतिनिधिहरुले यो संविधान लेखेका हुन् | संविधानसभाका नब्बे प्रतिशत जनप्रतिनिधिहरुले यो संविधानका पक्षमा मतदान गरेका थिए |

नेपाली जनताले संविधान सभाबाट संविधान लेखिनु पर्छ भनेर बर्षौं देखि लडाई लड्दै आएको कुरा जग जाहेर छ |

यो बिचमा हाम्रो समय मात्र बर्बाद भएन थुप्रै सम्पत्ति पनि सकिएको छ | र, नेपाली आमाका हजारौँ छोराछोरीले शाहदत प्राप्त गरेका छन् | ठुलो त्याग र बलिदानबाट आएको यो संविधानलाई स्वागत गर्नु र खुसीयाली मनाउनु हरेक नेपालीको कर्तव्य हो |

ठिक यही समयमा मधेस र थारुहरुका असन्तुष्टिले हाम्रो ध्यान आकर्षित गरेको छ | साथसाथै मित्र राष्ट्र भारतले दिएको भनिएको सुझावले हामी धेरैलाई खिन्नता महसुस गराएको छ | यसलाई हामीले हाम्रो सार्बभौमिकता माथिको प्रहारको रूपमा लिएका छौँ | सबैले दिमागमा राख्नु पर्ने कुरा के हो भने नेपाल र नेपाली सधैँ स्वतन्त्र छौँ | आफ्नो बारेमा निर्णय लिने आधिकार हाम्रै हो |
हरेक कुरालाई हेर्ने दुईवटा दृष्टिकोण हुन सक्छ | वर्तमान संविधानलाई कसैले अति राम्रो र कसैले अति नराम्रो देख्न सक्छ | त्यो ठुलो कुरा होइन | त्यसैलाई लिएर केही समस्या हुनु दुखद कुरा हो | समस्या समाधानकोलागि  à¤›à¤²à¤«à¤², सम्बाद र वार्ता हुनु जरुरी छ | विरोधी स्वरलाई सुन्न सक्ने हो भने धेरै कुराको समाधान निकाल्न सकिन्छ | कतिपय नेताका विगत संकास्पद छन् त्यसैले जनताले विश्वास गर्न सक्दैनन् | एउटा राम्रो र कुशल नेता वा मध्यस्थकर्ताको खाँचो अहिले टड्कारो बनेको छ |

त्यसो हो भने यो गहन जिम्मेवारी कसले बहन गर्न सक्छ त ? मेरो दिमागमा आएको पहिलो नाम एनआरएन नै हो |

एक पटकको नेपाली सधैको नेपाली भन्ने त एनआरएनको नारा नै छ | नाराले भन्दैन की हामी कुनै सम्प्रदायका छुट्टै हौँ | एनआरएनहरुको दिमागमा झट्ट आउने कुरा भनेको हामी नेपाली हो | र नेपाललाई अप्ठेरो पर्दा सधैँ हाजिर भएको विगत पनि हाम्रा सामु छ |

सन् २००३ मा देशमा असुरक्षा हुदा र कोही पनि नेपाल जान नचाहदा संसारभरका नेपाली नेपालमा गएर संस्थाको सुरुवात गरायौं र संदेश दियौं कि 'जतिसुकै असुरक्षा भएपनि हामी नेपालमा आउन सक्छौँ, नेपाल दुख्दा अरूलाई नदुखेपनि हामीलाई पक्कै दुख्छ |'
 à¤¯à¤¸à¥ˆà¤—री तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेर सत्ता हातमा लिदा र जनताका नेताहरूलाई जेलमा हाल्दा देशमा पुरै कर्फ्यु थियो | त्यो बेलामा पनि एनआरएनले संसारभर  à¤¶à¤¾à¤¨à¥à¤¤à¤¿à¤ªà¥‚र्ण मार्च पास गरेर राजाको कदमको विरोधमा आवाज उठाएको थियो | संयुक्त राष्ट्र सङ्घको मुख्यालय र व्हाईट हाउसमा ज्ञापन पत्र बुझाएको थियो | त्यो बेला पनि त्यस्तै संदेश दिएका थियौँ कि नेपाली दाजुभाइ, दिदीबहिनिसंग हामी पनि सँगै छौँ |

जब महाविनाशकारी भूकम्प आयो तब पहिले एनआरएनहरुलाई नै दुख्यो | त्यो बेला पनि मानवीय सहायता लिएर नेपाल पुग्नेमा एनआरएनहरु नै रहे | जान नसक्नेले आफू बसेको ठाउँबाट सक्दो सहयोग नेपाल पठाएका थिए | एनआरएनहरुको उक्त कार्यको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए |

एनआरएनको यो यात्रामा नेपालका हरेक वर्ग, तह र तप्काका मान्छेहरूको सहभागिता छ | यसको ज्वलन्त उदाहरण यसको नेतृत्व हेरेर पनि थाहा हुन्छ | मधेसी, पहाडी, दलित र जनजाति सबैको संलग्नता छ | यी सबै नेताहरू अति सक्षम र कुशल छन् | र नेपालका प्रमुख पार्टीहरू र सामाजिक नेताहरुसंग चिनिएका पनि छन् |

मेरो व्यक्तिगत विचारमा यो सही समय हो नेपाललाई सहयोग गर्ने | यस्तो बेलामा एनआरएन सबै अंगहरु क्रियाशील भएर नेपालको वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भनेर आपतकालीन छलफल गर्न जरुरी भएको छ | हामीले हाम्रो भूमिका देखाउनु पर्छ | यो बेलामा देशको समस्या समाधान गर्न हामीले आफ्नो बल, बुद्धि र समय खर्च गर्नुपर्छ | एउटा राम्रो मध्यस्थताको भूमिका निभाउनु पर्छ |

आगामी अक्टोबरमा एनआरएनको विश्व सम्मेलन हुँदैछ | हामीले उक्त  à¤­à¥‡à¤²à¤¾ र मञ्चलाई यो विषयमा छलफलकालागि सदुपयोग गर्न सक्छौँ र एउटा सर्बमान्य समिति गठन गर्न सक्छौँ | एनआरएनको मुख्य उद्देश्य भनेको नेपाललाई समस्या पर्दा सहयोग गर्नु हो | दोस्रो कुरा जब नेपालका दुई पक्षवीचको असमझदारी बढेको र एकले अर्कोलाई विश्वास गर्ने वातावरण नबनिसकेको स्थितिमा तेस्रो पक्षको सख्त आवश्यकता परेको कुरा सहजै बुझ्न सकिन्छ | त्यो तेस्रो पक्ष भनेको अर्को देश, अर्को कुनै संस्था वा अर्को कुनै समूह हो | त्यसो हो भने एनआरएन भन्दा अर्को त्यस्तो कुन शक्ति हुन सक्दछ ?
  
विगतमा अरू शक्तिहरूले चलखेल गर्ने मौका पाए | भारत पनि त्यस्तै एउटा शक्ति हो जसले नेपालको आन्तरिक मामलामा पटक पटक खेल्ने अवसर पायो | अझै पनि त्यही भूमिका खोज्दै छ | त्यही भूमिका नपाएकै कारण अहिले यो स्थिति आएको हो | त्यसैले अब हामीले अरू शक्तिहरूलाई हाम्रो आन्तरिक मामलामा खेल्ने मौका दिनु हुँदैन भन्ने मेरो मान्याता हो | त्यसकालागि हामी आफैले हाम्रो समस्या समाधान गर्ने हिम्मत गर्नुपर्छ | साथै त्यो भूमिका एनआरएनले खेल्नु पर्दछ |

म एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेलाई यो गहन जिम्मेवारी लिने हिम्मत गर्न अनुरोध गर्दछु र मध्यस्थकर्ताको भूमिका लिन एनआरएनलाई विशेष आग्रह गर्दछु | साथै मेरा सबै साथीभाईहरुलाई यो विषयको गम्भीरतालाई बुझेर नेतृत्वलाई घच्घचाउन र मनाउने काममा सहयोग गर्नुहुन हार्दिक आव्हान गर्दछु | हाम्रो घरको समस्या हामी आफै समाधान गरौँ | कुनै बाहिरी शक्तिलाई खेल्ने अवसर प्रदान नगरौं |
 
(डा श्याम कार्की एनआरएनको संस्थापक उपाध्यक्ष हुनुहुन्छ )


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक