Similar Articles

कथा लघुकथा

उसले खनेको जिन्दगीको खाल्डो--विवेक दुलाल क्षेत्री "दमक "

बिराट नेपाल

लघु कथा

पाच वर्ष अघि । अजय साझ साझमा घर घुर्दै गरेको थियो .उसका साथीहरू विजय ,रोहिणी र भएर जबर जस्ती यौटी किशोरी माथि गरेको कुकर्म । उसले धेरै दिन भुल्न सकेन । श्रीमतीले उसको उदाशि देखेर पहिले नै" के भयो रोजिका बाबा?" भनेर सोधेकी हो । तर उसले बताउनै सकेन । पुलिसले बलात्कारीलाई खोजी रहेकै थियो । उ पैतिस दिन कटाएर घर आएको थियो ऐले ।

यसरी पाच वर्ष पछि । उसको जीवन जसरी नै चली रहेकै थियो । तर पनि उसलाई पहिलेका नराम्रा कामले घोची रहेको थियो । आज उ बजारबाट घर भित्र के पस्न मात्र लागेको थियो ,उसकी श्रीमती -"रोजीका बाबा हामी बर्बाद भयौ" भनेर डाको छोडेर रुन थाली । "के भो के भो?" अजयले आफ्नी श्रीमतीलाई समालिदै भन्यो .उसले अतालिदै छोरी रोजितिर देखाई । रोजी -"मार्छन् ,मार्छन्,नाई ,नाई "भन्दै चिच्याउदै थिई । रोजिका लुगाहरू च्यातिएका र शरीर पुरै चिथोरिएको थियो ।

अब घरमा गाउलेहरू जम्मा भैसकेका थिए .उनीहरूले भने -"तिमीहरू अब रोएर के गर्छौ ?,तिमीहरूकी छोरीलाई कसैले सामूहिक इज्वत लुटेको रहेछ ,हामीले तोरिबारीमा मुर्छित अवस्थामा भेटेर ल्याएको, अब अस्पताल लैजाओ ,पुलिसलाइ खबर गर !" यति भनेर उनीहरू हिडे । अजय अहिले अवाक भयो .उसको अन्तर आत्माले भन्यो -"हरे भगवान् मैले पो अपराध गरेको थिए । मेरो पापको भागी मेरी निर्दोष छोरीमाथि मैले आफ्नो जिन्दगीको खाल्डो आफै खनेछु, मलाई धिक्कार छ "उ बरर आशु झारेर निकैबेर टोलाई रह्यो

अस्तु :


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक