Similar Articles

कथा लघुकथा

आकंक्षा---जीवन 'पीडित' दहाल

बिराट नेपाल

लघुकथा

उसले पनि मानिसहरुको भिडलाई सम्बोधन गर्दै भन्यो–“ए युगौ युग मूलबाटो न देखेर बरालिइ रहेका मान्छे हो म तिमीहरुकै लागि भनेर आएको हुँ । मेरा पछि आओ म तिमीहरुलाई मूलबाटो चिनाउँछु ।”
भिडले भन्यो–“तर हामीहरु त चौबाटामा पो उभिइ रहेका छौं त ।”

“मैले चानचुने मार्गको कुरा कहाँ गरेको हो त ? मुक्तिमार्गको कुरा गरेको पो त”–उसले अर्थ्यायो ।
“अर्थात !”–भिड उत्सुक भयो उसका कुरामा ।

“यो दृश्य जगत माया हो । यसको भूलभुलैयामा परेर जन्मजन्मातर तिमीहरु यही माया जगतमा रुमल्ली रहेको छौ र दुःख पाइरहेका छौ तर अब म तिमीहरुलाई यो मायाजगतको दाशताबाट मुक्ति दिलाउँन चाहन्छु, अनि परमेश्वरका जगतमा प्रवेश गराउँन चाहन्छु ।

“तर यो जगत त त्यही मायामा लयातित छ नि त”–भिडले फेरी भन्यो र प्रश्न थप्यो–“अनि मायाबाट मुक्ति चैं किन नि ?”

“फेरी फर्किएर यस जगतमा आउँनु पर्दैन, आनन्दै आनन्द पाइन्छ”–उसले स्पष्ट पार्ने कोशिस ग¥यो ।
“तर हामीहरु त मान्छे पो हौ त । हामीहरुका स्वभाव बिपरीतको आह्वान चै किन ?”–भिडले बिरोध ग¥यो ।

“तिमीहरुलाई यस भवसागरबाट मुक्त गराउँन, तिमीहरुलाई मुक्ति दिन, मेरा कुरा बुझ्ने कोशिस गर”–उसले फेरी सम्झाउँन खोज्यो ।

“तर हामीलाई त तिमी र तिम्रो चटके मायाबाट चैं पो मुक्ति चाहिएको त ।”–भिड टसको मस भएन ।


=========================
जुरोपानी-४,झापा
हाल: मैतीदेवी,काठमाडौँ |


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक