Similar Articles

नेपाल सोझै विश्वकपमा छनोट हुन असफल

बिराट नेपाल

काठमाडौँ,  à¤®à¤¾à¤˜ २८ गते । उन्नाइस वर्षमुनि ९यु–१९० उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताको ‘प्ले अप’मा नेपाल आज नामिबियासँग १५ रनले पराजित भएको छ । पराजयसँगै नेपाल सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुन असफल भएको छ ।

बङ्गलादेशको फतुल्लाहमा सातौँ स्थानका लागि भएको खेलमा टस जितेर व्याटिङ गरेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४४।२ ओभरमा सबै विकेट गुमाउँदै २१० रन मात्र बनायो । नेपालका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ५९ रन जोडे । त्यस्तै, योगेन्द्र कार्कीले ३५, प्रेम तामाङले ३२, दीपेन्द्र ऐरीले ३१ र आरिफ शेखले ३० रन बनाए ।

नामिवियाका मिचेल भान लिङ्गेनले ४, फ्रिट्ज कोइट्जीले ३ तथा बुर्टन जाकोब्स्ले २ विकेट लिएपछि नेपाल लक्ष्यमा पुग्न सकेन । यसअघि नामिवियाका लागि लोहान लरेन्स्ले सर्वाधिक ५९ रन बनाएका थिए । यस्तै लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे । नामिबियालाई मध्यम स्कोरमा समेट्न नेपालका सन्दीप लामिछानेले तीन, सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले एक÷एक विकेट लिए ।

आजको खेलमा नेपालले विजय हासिल गरेको भए सातौँ स्थानमा रहँदै सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुने थियो । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक