Similar Articles

न्युयोर्कमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियन सिपमा साग स्वर्ण पदकधारी सुनिल लामालाई स्वर्ण पदक

बिराट नेपाल

न्युयोर्क, २५ औं हिराल्डोकाई सोवकान अन्तराष्टिृय कराते च्याम्पियन सिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामा सहित अमेरिकाको पहिलो र एक मात्र नेपाली कराते डोजो इन्टरनेश्नल पदकधारी मार्शल आर्टस एशोसियशन न्ययोर्कका खेलाडीले ४ स्वर्ण १ कास्य र ५रजत गरी जम्मा १० पदक हात पारेका छन् ।

हिराल्डोकाई सोवकान कराते डोको आयोजनामा अप्रिल २४ तारिख आइतबार न्यूयोर्कको क्विन्स स्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामा सहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका ९ जना खेलाडीहरुको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफ्नो पतिद्धन्दी पहिलाृ चरणमा मोनटोया लाई ९-३ , दोस्रो चरणमा मोहमद सलेम लाई १०-३ ,तेस्रो चरणमा डारडन सिका लाई ७-० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९- ४ ले पछाडि पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।

इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका १३ र्विर्षय डेचेन पेमाले व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा रजत, १३ वर्षीय सहैला इस्लामले व्यक्तिगत काता मा रजत र कुमितेमा स्वर्ण पदक, १३ वर्षीय सहैला इस्लामाले व्यक्तिगत काता तथा कुमिते दवैमा रजत पदक, १४ वर्षीय महमद इलवौनीनी ले व्यक्तिगत कुमितेमा काश्यपदकर ७ वर्षीय रोहित खडकाले व्यक्तिगत काता मा रजत पदक जित हासिल गर्न सफल भएका छन्।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक