Similar Articles

फुटबलर राजु तामाङलाई २५ लाखको पुरस्कार

बिराट नेपाल

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअन्तर्राष्ट्रिय फुटबलर राजु तामाङलाई २५ लाख रुपैयाँको नगद पुरस्कृत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका पूर्वमिडफिल्डर तथा नेपाल आर्मीका मिडफिल्डर राजुलाई २०७२ सालको सर्बोत्कृष्ट फुटबलर सम्मान प्रदान गरेको हो । 
 
मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा एन्फाले तामाङलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै यो पुरस्कार दिएको हो । सशस्त्र प्रहरीको हल्चोकस्थित कार्यालयमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई २५ लाख रुपैयाँको चेक प्रदान गरे । राजुले सम्मान वापत २५ लाख रुपैयाँ प्राप्त गरे । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट पुरस्कार दिइँदै आएकामा यसपटक एन्फाले नगद नै प्रदान गरेको हो ।
 
तामाङले सरकारबाट २५ लाख रुपैयाँ प्राप्त गरेपछि प्रतिक्रिया दिँदै यो पुरस्कारबाट आफू गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।  'नेपाली फुटबलर भएकोमा म गौरबवान्वित भएको छु', उनले भनेका छन्, 'यो रकमले घर खरिद गरेर जीवन बिताउन सक्छु । मलाई यो पुरस्कार दिएकोमा एन्फालाई धन्यवाद दिन्छु ।' 
 
यसैगरी बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप र भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई पनि सरकार र एन्फाले जनही १० लाख रुपैयाँ प्रदान गरेको छ । पुरुष टोलीसँगै सागमा रजत पदक विजेता महिला टोलीका खेलाडी र प्रशिक्षकलाई पनि जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । :अन्नपूर्णबाट फोटो :गोल नेपाल डटकम


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक