Similar Articles

एनआरएन खेलकुद कमिटि विस्तार

बिराट नेपाल

न्यु योर्क । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय कमिटि एनआरएन आइसीसी अन्र्तगतको खेलकुद समितिले पूर्णता पाएको छ । खेलकुद समितिका अध्यक्ष नारायण गुरुङले कमिटिलाई विस्तार गरेको शुक्रवार जारी विज्ञप्तिमा जनाएका छन् । 

एनआरएन आइसीसीका अध्यक्ष शेष घले र अन्य पदाधिकारीहरुको सल्लाह र सहमतिमा कमिटि विस्तार गरिएको  à¤—ुरुङको भनाइ छ । समितिको पदावधि दुई वर्षको हुने छ । पूर्व ओलम्पियन एवं तेक्वान्दो प्रशिक्ष्ँक गुरुङका लागि यो तेस्रो कार्यकाल हो । 

समिति अन्र्तगत ६ क्षेत्रका लागि छुटटा छुट्टै संयोजक तोकिएको छ । ओसियाना र एसिया क्ष्ँेत्रको संयोजकमा अस्ट्रेलियाका राजु मानन्धर, युरोप क्ष्ँेत्रमा बेलायतका ङमरजङ्ग गुरुङ संयोजक तोकिएका छन् । यस्तै अमेरिकाका लागि सञ्जीव श्रेष्ठ, मध्यक्षेत्रका लागि बहराइनका झमकप्रसाद सापकोटा  à¤° अफ्रिका क्ष्ँेत्रका लागि केन्याका कृष्णदत्त भट्ट संयोजक तोकिएका छन् । 

समितिको सदस्यमा अस्ट्रेलियाका विष्णु हमाल, वेल्जीयमका कृष्ण केसी, क्यानडाका हेमन्तमोहन थापा, नेदरल्याण्डका हिमाल गुरुङ, जर्मनीका रनबहादुर साउद र नवीन पाण्डे रहेका छन् । अन्य सदस्यहरूमा हङकङका महेन्द्र गुरुङ,फिलल्याण्डका नारन मगर, जापानका श्री गुरुङ, कोरियाका रिसमन गुरुङ, मकाउका मुकेशकुमार वरुवाल र राजु नगरकोटी रहेका छन् । यस्तै नाइजेरियाका रोहित भानगर, ओमानका रवीन सिल्पकार, रसियाका खेम लामिछाने, अमेरिकाका सविता राजराजभण्डारी र छेमाङ्ग तामाङ्ग तथा तान्जेनियाबाट रोशन थापा, कतारबाट रोशन श्रेष्ठ , जापानका केशव गिरी र बेलायतका राष्ट्र राई सदस्य रहेका छन् । समितिको मिडिया कोअडिनेटरको जिम्मेवारी  à¤µà¤¿à¤·à¥à¤£à¥ हरि घिमिरेलाई दिइएको छ । घिमिरेले यस अघि अमेरिका क्षेत्रको मिडिया कोअडिनेटरको जिम्मेवारी निर्वाह गरेका थिए । 

२८ सदस्यीय समितिमा आठ जना सल्लाहाकार रहेका छन् । सल्लाहाकारमा अमेरिका क्षेत्रबाट ६ जना रहेका छन् । उत्तर अमेरिकाका पूर्व क्षेत्रीय संयोजक आरसी मुकेशकुमार सिंह, पूर्व ओलम्पियन एवं इन्टरनेश्नल तेक्वादो एशोसियशनका अध्यक्ष विधान लामा, नेपाल कराते महासंघका पूर्व अध्यक्ष थानेश्वर राई समितिको सल्लाहाकारमा मनोनीत भएका छन् । यस्तै नरबहादुर दाहाल,सुनिल चौधरी र मनोज श्रेष्ठलाई  à¤¸à¤²à¥à¤²à¤¾à¤¹à¤¾à¤•à¤¾à¤°à¤®à¤¾ राखिएको छ । सशस्त्र प्रहरी बलका महानिरिक्षक दुर्जकुमार राई र नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिका रूपमा सदस्य तेज गुरुङ पनि एनआरएन खेलकुद कमितिको सल्लाहाकार भएका छन् । सशस्त्र प्रहरी प्रमुख राई पूर्व भलिबल खेलाडी हुन । यस्तै नेपाल ह्याण्ड बल सङ्घका अध्यक्ष तेज गुरुङ एनआरएन सँग सहकार्य गर्नका लागि ओलम्पिक कमिटिबाट तोकिएका व्यक्ति हुन् । 

समितिमा रहेका मध्ये विधान लामा ओलम्पिकबाट नेपाललाई अहिले सम्म पदक दिलाउने एक मात्र खेलाडी हुन् । उनले तेक्वान्दोको प्रर्दशनी खेलमा काश्य पदक जितेका थिए । यस्तै सविता राजभण्डारी नेपालका लागि औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिले सम्म सबै भन्दा ठुला पदक जित्ने खेलाडी हुन् । सविताले एसियाली खेदकुदमा रजत पदक जितेकी थिइन । 
समिति यस अघि भन्दा अझ सक्रिय र गतिशील हुने अध्यक्ष नारायण गुरुङले दाबी गरेका छन् ।“हाम्रो मुख्य काम विदेशमा रहेका नयाँ पुस्ताका खेलाडीलाई एनआरएन मार्फत नेपाली खेलकुद तर्फ आकर्षित गराउने, क्षमतावान खेलाडीलाई नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने वातावरण बनाउने हुने छ ।” 

अध्यक्ष गुरुङले एनआरएन डेका अवसरमा पारेर नेपाल तथा नेपालबाहिर दुवै तर्फ प्रतियोगिताहरुको आयोजना गरिने जनाएका छन् । “यस्ता प्रतियोगिताले एनआरएन खेलाडीको प्रतिभा परीक्षणका लागि राम्रो प्लेटफर्म हुने छ, यदि कुनै पनि एनआरएन खेलाडी क्षमतावान छ भने उसलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने वातावरण हामीले बनाउछौ ।”

यस्तै नेपालमा रहेका खेलाडीलाई विभिन्न देशमा वैदेशिक प्रशिक्षकका लागि पनि आफ्नो कमिटिले समन्वयकारी भूमिका खेल्ने गुरुङले बताए । “नेपालमा रहेका खेलाडीको वैदेशिक प्रशिक्षणका लागि पनि हामी कदम चाल्ने छौ, जसरी हुन्छ नेपाली खेलकुदका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक