Similar Articles

मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिमले प्रमको टिमलाई हरायो

बिराट नेपाल


काठमाडौँ, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा आइतबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रधानमन्त्री-११ र मुख्य सचिव-११ का बिच खेल भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मुख्य सचिवको टिम विजयी भयो । टाउजरै लाएर मैदान छिरेपछि प्रधानमन्त्रीको टोली पराजित भयो । सामान्यतया हाप पाइन्टमा मैदानमा उत्रिनुपर्ने भए पनि प्रधानमन्त्री जोशिएरै टाउजरै लाएर भित्र छिरेपछि हुटिङ भएको थियो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशालामा फरक रूपमा देखिए । ओलीले रङ्गशालामा फुटबल खेलाडीको जर्सी मात्र लगाएनन् मैदानमा उत्रेर फुटबल समेत खेले । निकै रोमाञ्चक खेल हेर्न सरकार अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीबाट मन्त्रीहरुले खेलेका थिए भने मुख्य सचिव सोमलाल सुवेदीको टोलीबाट सचिवहरु मैदानमा उत्रिएका थिए । खेलमा मुख्य सचिव टोलीले ३ गोल गर्‍यो भने प्रधानमन्त्रीको टोलीले २ गोल फर्कायो भन्ने समाचार दैनिक नेपालमा छापिएको छ ।  

तस्वीरः केशव थोकरबाट ।

जब प्रधानमन्त्री ओली टाउजर लगाएरै फुटबल खेल्न मैदान छिरे…
जब प्रधानमन्त्री ओली टाउजर लगाएरै फुटबल खेल्न मैदान छिरे…
जब प्रधानमन्त्री ओली टाउजर लगाएरै फुटबल खेल्न मैदान छिरे…


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक