Similar Articles

क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा

बिराट नेपाल

काठमाडौँः पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली आज नेपाल आइपुगेको छ । आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद ९राखेप०का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् ।

 

त्यस्तै आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेबिड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा समेत बिहीबार नेपाल आउने बताइएको छ । नेपाली क्रिकेटको विवादले चरम रूप लिएपछि गत वैशाख १३ गते आइसिसीले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो महिना मात्र स्कटल्यान्डको इडिनबर्गमा बसेको आइसिसीको वार्षिक बैठकले निलम्बन सदर गरेको थियो ।

 

यता नेपालमा भने निर्वाचित क्यान र राखेपले बनाएको क्यानको तदर्थ समितिको विवाद दुवै अदालतमा पुगेको अवस्था छ । क्यानका निर्वाचित अध्यक्ष टङ्क आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद मङ्सिरमा सकिएपछि अर्को कार्यसमितिको निर्वाचनबारे विवाद आएपछि क्यान विवादले उग्र रूप लिएको थियो ।

 

यस्तोमा क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतको पक्षले मङ्सिरमा चुनावी साधारणसभा गर्दै चन्दका अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकामा त्यसलाई राखेप र अध्यक्ष आङ्बुहाङ पक्षले अवैधानिक बताउँदै आएको थियो ।

 

विवादपछि राखेपले गत पुसमा रमेश सिलवालका अध्यक्षतामा क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेकामा चतुरबहादुर चन्द लगायतले राखेपको तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले à¤¦à¥à¤µà¥ˆ पक्षलाई काम कारबाही नगर्न अन्तरिम आदेश जारी गर्‍यो। 

 

आइसिसीले क्यान स्वतन्त्र निकायका रूपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने बताउदै आएको छ । यसैबिच नेपाल आएको आइसिसी टोलीले क्यानका पूर्व अध्यक्ष, सरकारी पक्ष, राखेप, दुवै क्यानका प्रतिनिधि तथा खेलाडी तथा सम्बन्धित व्यक्तिसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । टोलीले नेपाली क्रिकेट विवादबारे यथार्थ पत्ता लगाएर आइसिसीमा लाने र त्यसपछि ठोस निर्णय लिने बताइएको छ । क्यान निलम्बनमा परे पनि नेपाली क्रिकेट टोलीले आइसिसीका अन्तर्राट्रिय प्रतियोगिताहरू भने खेलिरहेको छ । रासस

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक