अमेरिकाको टेक्सस राज्यको हुस्टन सहरमा नेपालीहरूको फुटबल प्रतियोगिता सुरु भएको छ I नेपाली सङ्घ हुस्टनको आयोजनामा नेपाली समुदायका टिमहरु बिचमा आयोजना गरिएको प्रतियोगितामा नेपाली समुदायका ८ टिमहरुको सहभागिता रहेको छ I
सहभागी टिमहरुलाई २ समूहमा बिभाजन गरिएको छ I जसमा समूह ए मा चन्द्र सूर्य क्लब, थ्री स्टार हुस्टन, डेढ रनर क्लब र पिएरल्याण्ड क्लब रहेका छन् भने समूह बि मा एभरेस्ट वरिअर्स, साउथ इगल क्लब, सिर्जनशील नेपाली समाज र ड्रुक हुस्टन क्लब रहेका छन् I लिग कम नक्आउटको आधारमा सञ्चालन हुने प्रतियोगतामा दुवै समूहका विजेता र उपविजेता सेमीफाइनलमा प्रवेश गर्ने छन् I
प्रतियोगिताको पहिलो दिनमा भएको खेलमा थ्री स्टार हुस्टनले चन्द्र सूर्य क्लबलाइ ६ - २ ले, डेढ रनर क्लबले पिएरल्याण्ड क्लबलाइ १४ - ० ले तथा एभरेस्ट वरिअर्सले साउथ इगल क्लबलाइ ४ - ० ले पराजित गर्यो I
यसै गरी दोस्रो दिन भएको खेलमा चन्द्र सूर्य क्लबले पिएरल्याण्ड क्लबलाइ ३ - १ ले पराजित गर्यो i साथै अन्य खेलमा सिर्जनशील नेपाली समाज र ड्रुक हुस्टन क्लब बिचको खेल २ - २ को बराबरी मा सकियो भने थ्री स्टार हुस्टन र डेढ रनर क्लब बिचको खेल १ - १ को बराबरीमा सकियो i
डेढ महिना सञ्चालन भई सेप्टेम्बर १० मा फाइनल हुने प्रतियोगिताको संयोजन नेपाली सङ्घ हुस्टन अन्तर्गतको खेलकुद कमिटिका संयोजक विजय बोखिमले गर्नेछन् I