Similar Articles

कराते खेलाडी ठकुरीलाई अमेरिकामा विश्व च्याम्पियनसिप उपाधि (भिडीयो सहित)

बिराट नेपाल

विजय थापा वाशिंगटन डिसी । 
गत जुन ४ तारिख अमेरिकाको नर्थ क्यारोलिनामा भएको कुरोबुशी मार्शल आर्ट्स वोर्ल्ड च्यामपियनसिप खेलमा डिसीका उज्ज्वल ठकुरीले नयाँ किर्तिमान राख्न सफल भएका छन् l उनले लगातार एक पटक पनि बिश्राम नगरी २ मिनटको समय भित्र ४० पौण्ड बोकी नयाँ किर्तिमान कायम गरेका छन् । ठकुरीद्वारा भर्खरै मेरिलैंड भिक्ट्री कप हासिल गर्नुको साथै विश्व उपाधि हासिल गर्न पनि सफल भए l

उनले उक्त प्रदर्शनमा ४० पौण्ड बोकी भुईमा उक्त वजन नराखी फांग(खुट्टा फाडेर) गरेर हातले एक इन्चको काठलाई एक पटक मुड्की र अर्को पटक हत्केलाले तोडे l त्यसै गरी लगतै फेरी एक एक इञ्चको दुई वटा काठलाई एकै चोटि ४० पौण्ड बोकेर फांग गरेर हत्केलाले बलपूर्वक माथि बाट तोडे भने लगतै उनले ४० पौण्ड फेरी बोकेर फांग गरेर दुई वटा काठलाई एकै चोटि बक्सिङ्ग शैलीमा तोडे l

ठकुरी द्वारा नयाँ किर्तिमान कायमको साथै स्वर्ण पदक ,विश्व च्याम्पियन प्रमाण पत्र तथा विश्व च्याम्पियन ट्रफी समेत प्राप्त गरेका छन् l कुरोबुशी मार्शलआर्ट्स वोर्ल्ड च्याम्पियन (केबिएमए)खेल ” इन्टर नेसनल किक बक्सिङ्ग फेडेरेशनसंग आबद्ध छ l यस्को सबै नियम, उपाधि ,बिश्वोच्याम्पियन सँगै मान्यता प्राप्त रहन्छ l

ठकुरीले अहिले सम्म १० स्वर्ण, ४ रजत र ४ कास्य जित्न सफल भएका छन् l जस मध्ये ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र दुई वटा करातेको खतरनाक ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् l विश्व च्याम्पिन विजेता ठकुरीले नेपाल र नेपालीको नाम र छवि उच्च राख्न आफू सदैव लागि पर्ने प्रतिबद्धता जाहेर पुन दोहोर्याएका छन् ।

कराते खेलाडी ठकुरीलाई अमेरिकामा विश्व च्याम्पियनसिप उपाधि
कराते खेलाडी ठकुरीलाई अमेरिकामा विश्व च्याम्पियनसिप उपाधि


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक