Similar Articles

Notice ( सूचना )

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा जारी गरिएको पूर्व राजाको सन्देश

बिराट नेपाल

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,
प्रजातन्त्र दिवसको यो सुखद अवसरमा हाम्रा जिज्युबूवा राष्ट्रपिता श्री ५ त्रिभुवनको स्मरण गर्दै ज्ञात अज्ञात सहिद र प्रजातन्त्र प्राप्तिका निम्ति क्रियाशील सबै एतिहासिक व्यतित्व प्रति म हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।

नेपाल राष्ट्रको एकिकरण, प्रजातान्त्रिकरण, आधूनिकिकरण एवं मुलुकको अखण्डताको संरक्षण गरी प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति हामीकहाँ भएको एतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सबैको संयुक्त प्रयत्न रहेको हो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागी मैले आफू पन्छीएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ, तर राष्ट्रको सर्वोत्तम समुन्नतीको आकाक्षांवाट म पृथक् छैन ।

दुर्भाग्यवश, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागी दुःखद कुरा हो ।
अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सुन्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभूति मैले गरेको छु ।

हामी नअल्मलिई राष्ट्रको भूवनोट, समाजिक स्वरूप, धर्म, संस्कृति र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ उद्द्धत हुन म सबैसँग हार्दिक आव्हान गर्दछु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक