Notice ( सूचना )
बिराट नेपाल
2016-05-30
ईश्वर सिटौलाको सन्योजकत्वमा ७ सदस्यीय समन्वय समिति गठन
वे एरियाका नेपाली संघ-संस्थाका नेतृत्व, दाजुभाई दिदीबहिनीहरु,
क्यालिफोर्निया, नेपाली कम्युनिटी सेन्टरको सुरुवात यस संस्थाबाटै सुरु भएको र महापुराण लगाएर ४६ हजार डलर बचत गरी सकेको थियो र अहिले आएर नान्स कार्य समितिले विगत २ महिनामा १७ हजार डलर चन्दा सङ्कलन गरी सकेको सार्वजनिक गरी सकिएको छ।
यसको बनावट पनि यस क्षेत्रमा बसोबास गर्ने बहुसङ्ख्यक नेपालीहरूको प्रतिनिधित्व भएको हिन्दु र बुद्ध मन्दिर सहितको कम्युनिटी सेण्टरको प्रस्ताव आफ्नो कार्य समितिबाट पारित गरी फेब्रवरी १३, २०१६ का दिन Albany Library Center, Albany CA मा स्थानीय सङ्घ-संस्थाका नेत्तृत्व, प्रतिनिधिहरू, सल्लाहकारहरू बिच अन्तरक्रिया एवं छलफल गरिएको थियो । उक्त भेला ले समर्थन गरी एजिएम मार्फत अगाडी बढ्न प्राप्त निर्देश अनुसार फेब्रवरी २७, २०१६ का दिन भएको संस्थाको साधारण सभामा पनि प्रस्तुत गरियो सो साधारण सभाले पनि अनुमोदन गरेको र विधान संशोधन पनि भॅइसकेको र प्राप्त सुझाव अनुसार सम्पूर्ण तयारी समेत भई सकेको यहाहरू माझ राख्न पाउँदा हामी हर्सित छौ ।
यस संस्थाले आफ्नो 501C मात्र प्रयोग गरेर एक स्वायत्त समिति “विशेष समिति” गठन गर्न लागेको छ। यो विशेष समितिमा यस क्षेत्रका नेपालीहरुद्वारा सञ्चालित सबै सङ्घ-संस्थाका प्रतिनिधि, चन्दादाताहरु, विज्ञ व्यक्तित्व, युवा, महिलाहरू समेतलाई समावेश गरी गठन गरिने र सोही समितिको निर्णय अनुसार स्थापना तथा सञ्चालन गर्ने उद्देश्य छ । अब उक्त समिति गठन गरी तदारुकताका साथ अगाडी बढ्न पर्ने भएकोले आउँदो जुन ५ आइतबारका दिन अपरान्ह ओम मण्डला हल सान्फ़्रान्सिस्कोमा एक भेला बिच गठन गरिने छ । समिति बढीमा हाललाई १५ सदस्यीय बनाइने छ; नेतृत्व चयन तिनै समितिले गर्ने छ।
यसरी अगाडी बढदै गर्दा केही स्थानीय सङ्घ-संस्था, भद्र भलादमीहरुसंग छलफल, परामर्श, समन्वय गर्नु पर्ने महसुस गरी हिजो मे २९ आइतबारको बेलुकी ८ बजे यस संस्थाको टेलि-कन्फेरेन्स मिटिङ्गको निर्णय अनुसार संस्थाका वरिष्ठ उपाध्यक्ष श्री ईश्वर सिटौलाको सन्योजकत्वमा निम्नानुसारको ७ सदस्यीय ‘समन्वय समिति’ बनाइएको र यसै समिति मार्फत सम्पूर्ण सङ्घ संस्थाहरू समक्ष चाँडो भन्दा चाँडो सम्पर्क गरिने जानकारी गराइन्छ;
१. ईश्वर सिटौला (संस्थाका वरिष्ठ उपाध्यक्ष) - सन्योजक
२. गोविन्द शाही (संस्थाका सल्लाहकार) - सदस्य
३. टिका पुन (संस्थाका शुभचिन्तक) - सदस्य
४. रोशन अधिकारी (संस्थाका सचिव)-सदस्य
५. प्रेम परियार (संस्थाका कार्यकारी सदस्य)-सदस्य
६. सुरेन्द्र मल्ल (संस्थाका कार्यकारी सदस्य)-सदस्य
७. कैलाश थापा (संस्थाका महासचिव)-सदस्य
यस सम्बन्धी थप जानकारी लिन परेमा 415 723 2622 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।
धन्यवाद।
कैलाश थापा
महासचिव - NANC
Post Comments Using Facebook
Your Comments