Similar Articles

Notice ( सूचना )

अफवाहको भ्रममा नपर्न नेपाली जन सम्पर्क समिति, अमेरिकाको अनुरोध

बिराट नेपाल

विगत केही दिनदेखि नेपाली जन सम्पर्क समिति, अमेरिका केन्द्रीय समिति र यसका विभागका बारेमा सामाजिक सन्जाल र व्यक्तिगत तवरबाट आएका सांगठानिक क्रियाकलाप, विभागीय नियुक्ति र अफवाहको बारेमा नेपाली जन सम्पर्क समिति अमेरिकाको ध्यानाकर्षण भएको छ । नेपाली जन सम्पर्क समिति, अमेरिका केन्द्रीय समिति यसको विधान, आदर्श र कर्तव्यलाई कहल पुर्याउने खालले व्यक्तिगत फाइदा, महत्वाकांक्षा र अनर्गल प्रचाररुपी अफवाहको गुमराहमा नपर्न सम्पूर्ण सदस्य तथा शुभ-चिन्तकहरुलाई हार्दिक अपिल गर्दछ ।

निर्वाचित सिङ्गो केन्द्रीय समिति, त्यसका क्रियाशील विभागहरु र सङ्गठनका निकायहरुमा सकृयतापुर्वक लागेका ईमान्दार कार्यकर्ताहरू एवम एकताको बलमा प्रवासी सामुदायिक सेवामा आफुहरुलाई समर्पण गर्नुका अलावा व्यक्तिगत प्रचार र जग हसाउनका खातिर कपोकल्पित समाचार, अनाहकका प्रयोगहिनता र असभ्य वा अमर्यादित हरेक कामका प्रति नेपाली जन सम्पर्क समिति अमेरिका, केन्द्रीय समिति खेद प्रकट गर्दछ ।

राजनीति र स्वार्थ भन्दा सामुदायिक सेवामा संलग्न हुने पवित्र उदेश्यका साथ स्थापित नेपाली जन सम्पर्क समिति, अमेरिका असहमत हरेक समस्या र मुद्दाहरका छलफल गर्ने सिङ्गो केन्द्रीय कार्यसमिती हुंदाहुंदै, केन्द्रीय कार्यसमितिको बैठकमा अमर्यादित तवरले उपस्थित हुने, समस्या र छलफलमा एकाकार नहुने तर सङ्गठनकै बदनामका लागि अनर्गल प्रचार र भित्ता रंगाउने कार्यहरूको विरोध गर्दछ । पार्टीका महामन्त्री आदरणीय डा. सशांक कोइरालाको रोहबरमा भएको सहमतिलाई तोड्दै एकताका खिलाफमा गरिएका हरेक प्रयासहरुको पक्षमा नेजस केन्द्रीय समिति नरहेको जानकारी गराउंदछ ।

निर्वाचित सभापतिलाई निलम्बन गरिएको तथाकथित हल्ला पहिले कसले गर्‍यो ? त्यो नाटक मन्चनका वाबजुद महामन्त्री डा. कोइरालाको उपस्थितिमा केन्द्रीय समितिको स्पष्ट बहुमतले ‘असहमतिका नाममा लागेका संस्थाका तत्कालिक सदस्यहरू’ को निलम्बन गरेको कारबाही फुकुवा गरेको प्रमाण निम्न लिन्क्मा रहेको जानकारी गराउंदछौं :

यति हुंदाहुँदैं गत हप्ता आयोजित केन्द्रीय समितिको सात घण्टाको बैठकमा विषयमा छलफल नै नगरी अनुशासन समितिको नाममा कसैका भित्तहरुमा अहिले हल्ला भएका खबरहरु नेजस केन्द्रीय समिति, अमेरिकाको अधिकारिक मान्यता र धारणा नभएको जानकारी यसै सुचनाद्दारा जानकारी गराउंदछौं । अनुशासन समिति, केन्द्रीय समितिको बहुमत सदस्यहरुद्दारा बिधानत: सभापतिद्दारा बिघटित विभाग हो, यसमा शङ्का छैन । अत: कपोपल्पित समाचार, दोधारे प्रवृत्ति र नेजस केन्द्रीय समितिका नाममा गरिएका हल्ला र काल्पनिक अफवाहका पछि नलाग्नुहुन सम्पूर्ण शुभचिन्तकहरुलाई नेजस केन्द्रीय समितिको बिनम्र अपिल छ ।

गोकुल ढकाल
प्रचार विभाग प्रमुख
एवम, केन्द्रिय सदस्य
नेपाली जनसपर्क समिती, अमेरिका
केन्द्रिय समिती ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक