Similar Articles

Notice ( सूचना )

म्यानहाटन गाउँ गाउँबाट उठ

बिराट नेपाल

दिनेशजंग शाह, न्यु योर्क- यसअघि कहिल्यै नगुन्जिएको नेपाली गीत सङ्गीत शनिवार राति म्यानहाटन सेन्टरको ‘ह्यामरस्टाइन बलरुम’ मा पहिलोपटक घन्किएको थियो । चर्चित साङ्गीतिक समूह नेपथ्य गुन्जिदा दुई घण्टा म्यानहाटन सेन्टर, नेपाली गीत सङ्गीत र राष्ट्रिय भावमा बहकिएको थियो ।  à¤†à¤•à¤¾à¤¸à¥€ जिन्स र पाइन्टमा झुल्किएका अमृत गुरुङको सुरुवाती अभिवादन देखि ‘रातो र चन्द्र सूर्य’ बोलको राष्ट्रिय गीतको प्रस्तुतिसम्म हल नाचिरहयो, झुमिरहयो । 

‘फक रक’ गीत सङ्गीतको बेजोड  à¤ªà¥à¤°à¤¸à¥à¤¤à¥à¤¤à¤¿à¤¸à¤à¤—ै नेपथ्यका मुख्य गायक अमृतले आब्हान गरे ‘महाभुकम्पले हाम्रा गाँउ ठाउँका विद्यालयहरुको झत्किएका छन्, हाम्रा नानीहरुले पढन पाएका छैनन्, आउनुस सबै मिलेर आ–आफनो ठाँउ बाट योगदान गरौँ, विद्यालयहरुलाई फेरि उठाउ’ अनि उनले गाए, 
‘गाउँ गाउँ बाट उठ,
बस्ती बस्ती बाट उठ,
यो देशको मुहार फेर्नलाई उठ’

त्यसपछि रौसिएको मौहाल अरू तातिएको थियो । बाल्कोनीका दर्शकहरु, स्टेज सँगको ‘फलोर’ मा मिसिन पुगेपछि त्यहाँ नचाच्ने कोही थिएनन् ।  à¤šà¥Œà¤¬à¤¿à¤¸ वर्ष देखिको नेपथ्यको साङ्गीतिक यात्रामा माया, सदभाव र सहयात्राका लागि दर्शकहरु प्रति पटक पटक आभार प्रकट गरेको नेपथ्यका गायकले फेरि भने, ‘यो देशमा तपाईहरुले आर्जेको सीप, शिक्षा अनि अर्थको आवश्यक, नेपाललाई छ । आउनुस,  à¤œà¤¾à¤Š, फक्र्यौं, देश बनाऊ ।’ 

नेपथ्यले त्यसो आह्वा गरिरहँदा, आप्रवासीहरु दर्शकहरुको भावमा जन्मेको माटोप्रति आगाध आस्था झल्किन्थ्यो । न्यूयोर्कमा बस्दै आएका पोखरा रत्ननगरका दर्शक अन्जित गुरुङ ठुलो स्वरमा भन्दै थिए ‘ आई अलवेज मिस माई कन्ट्री’ ।  à¤¨à¥‡à¤ªà¤¥à¥à¤¯à¤•à¤¾ चर्चित गीतहरू मध्येको एक ‘रेसम, रेसम’ गीतले दर्शकहरुलाई नचाईरहेको मौहालमा अृमतले फेरि केही भन्न चाहे ‘जहाँ भएपनि, जहाँ रहेपनि हामी नेपाली हौँ । आउनु, सबैले आ–आफनो ठाँउ बाट जन्मेको माटोका लागि केही गरौँ । तपाईँ हाम्रो सानो प्रयासले एउटा नानी स्कुल जान पाउन सक्छ ।’

अमेरिकामा पहिलोपटक आफनो प्रस्तुतिको क्रममा नेपथ्यले गायो,
‘जोससोमे बजारमा, बाह्र बजे हावा सरर’ । 

यो गीतमा नेपथ्यको लोकप्रियता सँगै हुर्किएको ‘दर्शक पुस्ता’ पुरै समाहित भएको थियो । नेपथ्यलाई चिनाउने मध्येको एक गीत ‘जीवन हो घाम छाँया’ हलमा गुन्जिदा दर्शकहरूले आफूलाई अमेरिकाको व्यस्त म्यानहाटन क्षेत्रमा रहेको आभास नै गरेनन । 

स्वदेशी भूमिमा रहेको महसुस गरेका थिए । ‘एकताका लागि सङ्गीत’ नाम दिइएको साङ्गीतिक प्रस्तुतिको क्रममा नेपथ्यले जातीय सदभाव देखि जन्मभुमि प्रतिको दायित्वका प्रेरणामुलक अभिव्यक्तिहरू पस्किएको थियो । ‘जाति, धर्म, संस्कृति वा भाषा जुनसुकै भएपनि हाम्रो पहिचान नेपाल र भाषा नेपाली हो’ अृमतले गाँउले परिवेशको भाकामा अगाडी आग्रह गरे ‘ हामी नेपालीहरू घर परिवार अनि देशका लागि यति पर आईपुगेका छौँ । आज नेपालमा रहेका आफन्तहरुले तपाईँहरूलाई सम्झिरहेका छन् । चाडवाडको यो मौसममा मिल्छ भने थोरै समयका लागि छुट्टी मिलाएर भेटन जानोस् ।’ यसो भनिरहँदा सङ्गीतमा झुमिरहेको मौहाल केही भावुक बनेको थियो । 

गायक अमृतको शब्द शब्दमा तालीको गडगडाहटको बजोड साथ थियो । निकट भविष्यमा आफनौं दसौँ एल्बम निकाल्ने तरखरमा रहेका नेपथ्यले नयाँ गीत पनि पस्किएको थियो ।
‘हो रामा रामा ’

कार्यक्रममा अमृतलाई ड्रमसेटमा धुव्र, गीतारमा निरज, मादलमा शान्ति, किबोर्डमा सुरज र बेसमा सुबिनले साथ दिएका थिए ।  à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤® लुम्बिनी ईन्टरनेशनल र ओडिसीले आयोजना गरेको थियो । 

साभार: कान्तिपुर 
फोटो साभार: आङ छिरिङ्ग शेर्पा, प्रदिप थापा र भोला आचार्य 

.


.
.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक