Similar Articles

Notice ( सूचना )

नेजा - प्रयासका लागि लेख, रचना आव्हान

बिराट नेपाल

यस नेपाल अमेरिका पत्रकार सङ्घ-नेजाले आफ्नो पाँचौँ अधिवेशनको अवसर पारेर 'प्रयास' नामबाट एक विशेषांक प्रकाशन गर्न लागेको सहर्ष जानकारी गराइन्छ | यस प्रकाशनमा नेजाका आफ्ना गतिविधिसहित पत्रकारितासंग सम्बन्धित आलेख,जानकारी,संस्मरण र अन्य सामाग्रीलाई प्राथमिकता दिइनेछ | यसैगरी पत्रकारिता मार्फत सामाजिक,सांस्कृतिक र आर्थिक पक्षमा भएका सकारात्मक परिवर्तनका सामाग्रीहरू पनि 'प्रयास' मा समेटिने छन् |

'प्रयास' आगामी मे ७-८, २०१६ मा लस एञ्जलसमा हुन लागेको नेजाको पाँचौँ अधिवेशनमा सार्वजनिक गरिनेछ | तसर्थ यस प्रकाशनमा आ आफ्नो लेख,रचना र सान्दर्भिक सामाग्री आगामी अप्रिल १५ तारिखभित्र निम्न इमेलमा उपलब्ध गराई दिनु हुन नेजाका सबै इच्छुक सदस्यहरू,लेखक,विश्लेषक र सर्जकहरुलाई आग्रह गरिन्छ |

प्राप्त लेख,रचना प्रकाशनका लागि निर्णय गर्ने अन्तिम अधिकार प्रयास प्रकाशन सम्पादक मण्डलसंग सुरक्षित रहनेछ | लेख,रचना बढीमा दुई हजार शब्दसम्मको हुनुपर्नेछ | लेख,रचनाका साथ सम्बन्धित लेखकले आफ्नो एकप्रति पासपोर्ट साइजको तस्बिर समेत पठाउनु पर्नेछ | नेपाली भाषाका सामाग्रीलाई विशेष प्राथमिकता दिइनेछ |

साथै यस प्रकाशनमार्फत आ आफ्नो व्यापार/व्यवसाय प्रवर्द्धन गर्न चाहने र शुभकामना संदेश प्रकाशन गर्न चाहने सबैका लागि विज्ञापनको अवसर समेत उपलब्ध छ | यसका लागि समेत सम्पर्क गर्नु हुन आग्रह गरिन्छ |

प्रयास प्रकाशन सम्पादन समूहको तर्फबाट
गौतम दाहाल - संयोजक
विजय घिमिरे-सदस्य
लेखनाथ भण्डारी- सदस्य

चन्द्र खतिवडा-सदस्य
विष्णु शीतल- सदस्य
विकासराज न्यौपाने-सदस्य
भरत बराइली- सदस्य 

इमेल: team4prayas@gmail.com


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक