Similar Articles

Notice ( सूचना )

जनसम्पर्क समिति क्यालिफोर्नियाको पिकनिक सरेको सम्बन्धी अत्यन्त जरुरी सूचना

बिराट नेपाल

आदरणीय बे-यरियाबासी दिदीबहिनी तथा दाजुभाईहरु, जय नेपाल !
विषय:पूर्व निर्धारित पिकनिक कार्यक्रम सरेको बारे सूचना |

नेपाली जन-सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्नियाले आगामी September 6 ,2015 मा आयोजना गर्ने भनेको पूर्व निर्धारित पिकनिक कार्यक्रम विविध कारणबस स्थगित गरी आगामी Octomber 31 Saturday को दिनको लागि तय गरिएको कुरा यहाहरु समक्ष बिनम्र निवेदन गर्दछौँ ! यहाँहरु को असुविधाको लागि हामी अन्तरमन देखि क्षमा प्रार्थी छौँ !

September ५,६,and ७ गते बे-एरियामा BART Service बन्द हुनेभएकोले हाम्रा धेरै सदस्यहरू र शुभचिन्तकहरुलाई असुविधा पर्न गएको , त्यसै हप्तामा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज पर्न गै बे यरियाको धेरै स्थानमा तिजको कार्यक्रम आयोजना हुने र विभिन्न संस्थाका पदाधिकारीहरुबाट हाम्रो पूर्व निर्धारित कार्यक्रम पुनर्विचार गर्न अनुरोध भैआएकोले पनि हामी पुनर्विचार गर्न बाध्य भएको कुरा निवेदन गर्दछौँ !

त्यसैगरि मातृभूमि नेपालमा विगत केहिदिन व्यापक राजनीतिक अस्थिरता पैदा भै जनधनको समेत क्षति हुन गएको कुराले हामीलाई निकै मर्माहत बनाएको हुदा यस विषम परिस्थितिमा तत्कालै कुनै मनोरन्जनात्मक कार्यक्रम गर्नु त्यति सान्दर्भिक नदेखिएकोले पूर्व निर्धारित September ६ ,२०१५ Sunday को दिन आयोजना गर्न लागिएको लगभग तयारी सम्पन्न भैसकेको पिकनिक लाई स्थगित गर्न बाध्य भएका छौ |त्यसको लागि "नेपाली जन-सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया" परिवार यहाँहरु समक्ष पुन: क्षमा याचना गर्दछौँ !
 
अन्तमा , आगामी October ३१ Saturday 2015 ( कार्तिक १४ गते ) का दिन को दिन बडा दसैँ र शुभ दिपावाली को शुभकामना आदान प्रदान कार्यक्रम सहित पिकनिक कार्यक्रम गर्ने निर्णय गरेका छौँ ! त्यसैले सो मितिमा कुनैपनि कार्यक्रम हरू नाराखिदिनुहुन बे-एरियामा भएका सम्पूर्ण सङ्घ-संस्था तथा महानुभाबहरुलाई यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ |
 
संयोजक
लक्ष्मी कार्की 'के.सी.'
तथा
नेपाली जन सम्पर्क समिति अमेरिका
नर्दन क्यालिफोर्निया च्याप्टर  à¤ªà¤°à¤¿à¤µà¤¾à¤° |


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक