Similar Articles

Notice ( सूचना )

हिन्दु राष्ट्र नेपाल’ घोषणा गरियोस्--नेपाल-अमेरिका सनातन धर्म प्रतिष्ठान

बिराट नेपाल

नेपाल संविधान, २०७२ को मस्यौदामा सल्लाह-सुझाव सङ्कलन गर्ने क्रममा जुन रूपमा जन-चाहना प्रकट भयो त्यसबाट अत्तालिएर वि सं २०६२-६३ सालको परिवर्तनलाई संस्थागत गर्ने भन्दै सीमित राजनैतिक दलका नेतृत्व वर्गले आफुखुशी कसैको निर्देशनमा नेपाललाई सके धर्मनिरपेक्ष  à¤¨à¤¸à¤•à¥‡ धर्मबाट स्वतन्त्र भएको राष्ट्र घोषणा गर्ने वदनियत राख्दै आएको सबैको सामु छर्लङ्ग भईसकेको छ ।

हामीहरुलाई पूर्ण विश्वास छ कि कुनै पनि राष्ट्र धर्मबाट विमुख हुनै सक्दैन । वास्तवमा राष्ट्रको आफ्नै धर्म, कायदा-कानुन र मूल्य-मान्यता  à¤¹à¥à¤¨à¥à¤›à¤¨à¥ जसबाट समाज निर्दिष्ट हुन्छ र यो क्रमिक रूपमा गतिशील हुँदै जान्छ । हिन्दु धर्म भनेकै विगत देखि चल्दै आएको हाम्रो नेपाली समाजलाई गतिशीलता प्रदान गर्ने आधार विन्दु र जीवन पद्धति हो ।

अविरल महासागर झैँ आफ्नो आवाज सहित ओर्लिएको नेपाली जनताले सनातन मान्यतामा आधारित परम्परा, आस्था, भावना र विशिष्टता लिएर आएको हाम्रो आफ्नै जीवन पद्धतिको रक्षा र संरक्षण गर्न 'हिन्दु राष्ट्र नेपाल' घोषणा गरिनु पर्ने सिधा र सरल माग प्रस्तुत गरेका छन् ।
आफ्नो राष्ट्रले बोकेको विशिष्ट परिचय नै कायम हुनु पर्ने विवेकी नेपाली जनताको उचित मागलाई समर्थन जनाउँदै हामी प्रवासमा रहेका नेपालीहरूको पनि 'नेपाल हिन्दु राष्ट्र' नै हुनु पर्ने माग दोहोर्याउँदछौं ।

'हिन्दु अधिराज्य नेपाल' ले विश्वमा आफ्नै अलग्गै पहिचान दिएको र यस पहिचान अन्तर्गत नेपालले व्यक्ति र समाजको आ-आफ्नो मूल्य, मान्यता, पहिचान, संस्कार, रीतिरिवाज, परम्परा, पन्थ, धर्म र स्वमार्ग अँगाल्ने स्वतन्त्रता सबै नेपाली नागरिकहरुलाई समान रूपमा प्रदान गर्दै आएको थियो । फलस्वरुप, नेपालमा धर्म, संस्कार, परम्परा र स्वमार्ग जस्ता विषयलाई लिएर कहिल्यै वैमनुष्यता भएन । यस्तो भातृत्व, समभाव र विशिष्ट मूल्य-मान्यतामा टिकेको विश्वको एक मात्र 'हिन्दु राष्ट्र नेपाल' को परिचयलाई क्रमिकता दिएर नेपालीहरूको भाईचारा, सद्भाव र समभावलाई अक्षुण्ण राख्नु पर्छ भन्ने हाम्रो मागलाई नेपाल संविधान, २०७२ मा तत्काल अंकित गरी अपरिवर्तनीय व्यवस्था गरियोस् ।

नेपालको हालको परिस्थितिलाई हेर्दा जन-चाहना र नेतृत्व वर्गको कार्य बाझिएको स्पष्ट देखिन्छ । नेपाली जनताले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्ने सशक्त आवाज उठाउनुको अलावा सङ्घीयता र गणतन्त्रलाई समेत नरुचाएकोले नेपाललाई तत्काल हिन्दु राष्ट्र घोषणा गरी सङ्घीयता र गणतन्त्र जस्ता विवादित विषयहरुलाई जनमत सङ्ग्रह मार्फत् सदाको लागि अन्त्य गर्नु पर्ने मागमा हामीहरूको समेत पूर्ण सहमति रहेको यस प्रेस विज्ञप्ति मार्फत् जानकारी गराउँदछौं ।
 
धन्यवाद् ।
 
भवदीय,
नेपाल-अमेरिका सनातन धर्म प्रतिष्ठान
 
डा. कमल पाण्डे
शेर बहादुर गड्तोला
कृष्ण राज पाण्डे
रमा सिंह
दिनेश भट्टाराई
कुन्ती थापा
दुर्गा पाण्डे
प्रा. डा. खगेन्द्र थापा
डा. तिलक श्रेष्ठ
दिवाकर पन्त
बिमला सिवाकोटी
कमला प्रसाई
विशाल शाह


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक