Similar Articles

Notice ( सूचना )

अनेसास केन्द्रीय महासचिवको बिनम्र अनुरोध

बिराट नेपाल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 
अनेसासका आजीवन सदस्यज्यूहरू , 
बिभिन्न मुलुकमा रहेका च्याप्टरका सदस्यज्यूहरू , बोर्डअफट्रष्टीका पदाधिकारीज्यूहरू ,
केन्द्रीय पदाधिकारीज्यूहरू तथा 
नेपाली भाषा र साहित्यलाई माया गर्ने सम्पूर्ण नेपाली-मन, नेपाली-पन र नेपाली-जनमा ,

विनाशकारी महाभूकम्पले आज देश रोइरहेको छ । सामाजिक संरचना क्षत-बिक्षत भएका छन , जताततै चित्कार र पीडाको अग्नि फैलिएको छ । तर पनि हाम्रो कोमल हृदयमा मल्हमरुपी सहयोगका किरणहरू संचित छन , आशाका दीपहरू निभिसकेका छैनन् । र यो निभ्न दिनु पनि हुदैन ...।
गाउँ-सहर उझाड बनेको छ । वर्तमान दुखको पहाड बनेको छ । तर पनि बचेका सानातिना खण्डहर सपना जोड्दै जिउने कला सिक्नु र सिकाउनु छ ।
यस्तो अकल्पनीय समय-पीडाका हामी मूकदर्शक आँखाहरू र भुक्तभोगी जीवन-बाहक एकै यात्रामा छौ । यो यात्रा कसैलाई भोगाइमा दुख्दैछ, कसैलाई हेराइमा दुख्दैछ । फरक-फरक मन आज एकै घाउको चक्कामा छ । यो गहिराई र  à¤¯à¥‹ चहराइ भित्रको आशुको आलो पोखरी, नेपाली मनको यो उपत्यका फेरि अर्को मन्जुश्रीको पर्खाइमा छ । 

हामीले बिभिन्न तरिकाले सहयोगको हात बढाउनु छ, बढाइसकेका छौ, र बढाइरहेका पनि छौ । विश्वका जुनसुकै कुनामा छरिएर रहेका भए पनि भाषा र साहित्यको सूत्रले नेपाली भावनालाई जोड्न क्रियाशील आफ्नो गरिमामय इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यो शोकको घडीमा पनि  à¤¸à¤¹à¤¾à¤¨à¥à¤­à¥‚तिको आश्वास र प्रेमको उच्छ्वास छर्ने पलका रुपमा संगाल्न सक्रिय छ । हाम्रो चाहना छ-  à¤¹à¤¾à¤®à¥€ सबै मिलेर मानवताको माला गासौ ।

त्यसैले भूकम्पको पीडाले आहत भएकालाई सक्दो राहत प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले अनेसास राहत कोषको स्थापना गरेको छ। यहाँहरूले स्वेच्छाले प्रदान गर्न चाहनु भएको सहयोग रकम अनेसासको वेवसाइट   www.inls.org मा गएर Donate बटम थिचेर अथवा अनेसासको बैंकको  à¤†à¤§à¤¿à¤•à¤¾à¤°à¤¿à¤• खाता wells fargo bank , Ac No: 2000031767873 मा जम्मा गर्नु हुन बिनम्र अनुरोध गर्दै संकलित राहत अनेसासको नेपाल च्याप्टर मार्फत वितरण गर्ने व्यवस्था मिलाउने छौ भन्ने हाम्रो आशामा यहाँहरुको बिश्वास रहने छ भन्ने कुरामा ढुक्क छौ । 

गोवर्धन पूजा
अनेसास केन्द्रीय महासचिव  
बोस्टन, अमेरिका 
५०८८४०५८७४


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक