Similar Articles

Notice ( सूचना )

विश्व नेपाली साहित्य महासङ्घ, विश्व कार्य समिति, श्रद्धाञ्जली व्यक्त गरिएको सुचना

बिराट नेपाल

विषय: श्रद्धाञ्जली व्यक्त गरिएको ।
 
अप्रिल २५, २०१५ का दिन गोरखा, बारपाकलाई केन्द्र बनाई नेपालमा गएको ७.९ रेक्टर स्केलको महाभूकम्पले देश पुरै स्तब्ध भएको छ । त्यस भूकम्पका कारण हजारौँ नेपाली जनताले ज्यान गुमाउनु परेको छ भने लाखौँ जनता घरबारबिहिन भएका छन् । प्रकृतिक प्रकोपको यो बिपत नेपाली जनताको टाउकोमा बज्रेको छ । दुखको यस क्षणमा देश तथा विदेशमा रहेका नेपाली वा नेपालीमूलका विदेशी नागरिकहरू देश / मातृभूमि / पितृभूमिप्रतिको मायाले शोकमग्न भएका छन् । हामी विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा यसका समस्त सदस्यहरू महाभूकम्प-२०७२ का कारण ज्यान गुमाउनु भएका ज्ञात अज्ञात सम्पूर्ण जनताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । भूकम्पको कारण उत्पन्न यस सङ्कटको समयमा भूकम्प पीडित समस्तजनहरुलाई हामीहरू यहाँहरूको साथमा नै छौँ भन्ने कुरामा आश्वस्त गराउदछौं । यो दुखलाई हटाउन विविध तरिकाले हामीले सहयोग गर्ने प्रतिबद्धता समेत गर्दछौँ ।

भूकम्प गएको यतिधेरै दिनसम्म पनि अधिकांश भूकम्प पीडित जनताहरुले अत्यन्तै कष्टकर जीवनयापन गर्नु परेको अवस्था हाम्रो सामु छ । यसै सन्दर्भमा भूकम्प पीडितहरुलाई उचित उद्धार तथा राहत र भूकम्पग्रस्त क्षेत्रको उचित पुनर्निर्माण समेत यथाशीघ्र गर्न सरकार समक्ष अनुरोध गर्दछौँ । त्यसकालागि हामीले गर्नु पर्ने र गर्न सक्ने हरसम्भव सहयोगको लागि तयार छौँ ।   
 
जय नेपाली साहित्य । 
डा. लेखनाथ काफ्ले
महासचिव, विश्व नेपाली साहित्य महासङ्घ, विश्व कार्य समिति


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक