Similar Articles

Notice ( सूचना )

बे एरिया निवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो न्यानो नमस्कार !

बिराट नेपाल

हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज नजिकिरहेको छ । भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीजको विशेष पौराणिक महत्व रहेको छ । यो पर्वमा विवाहित र अविवाहित महिलाहरूले आ–आफ्नो मनोकामना पूरा होस भनी ब्रत बस्ने गर्छन् । 

पार्वतीले महादेव पति पाउँ भनी ब्रत बसेको पौराणिक मान्यता अनुसार यो पर्व मनाउने गरिन्छ । तीज पर्वलाई नेपाली महिलाहरूले महिला एकता प्रदर्शन गर्ने, महिला स्वतन्त्रताको माग गर्ने, रुढीवादविरुद्ध सङ्घर्ष गर्ने र समग्रमा महिला चेतना उकास्ने अवसरको रूपमा परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट, २०१५ शनिवार बेलुका ६ बजेदेखि ११ बजेसम्म २७०० साराटोगा स्टरिट, अल्मेडामा सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा चर्चित गायिका पवित्रा परियार अतिथि कलाकारको रूपमा आउँदै हुनुहुन्छ । यसका साथै
स्थानीय कलाकारहरूले विविध प्रस्तुति रहनेछ । यस विशेष कार्यक्रमबाट हुने नाफा रकम नेपालको भूकम्प प्रभावित सिन्धुपाल्चोकको विद्यालय निर्माणका लागि प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्नका लागि नेपाली समुदाय का विभिन्न संघसंस्था तथा बे एरियाबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा म हार्दिक आग्रह गर्दछु ।


संगीता गुरुङ
संयोजक
आयोजक कमिटी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक