Similar Articles

Notice ( सूचना )

विशेष नागरिकता र एनआरएन अमेरिका को भूमिका बारे भ्रम नहोस

बिराट नेपाल

हालै केही सामाजिक संजालहरुमा एनआरएन अमेरिकाले नेपाल सरकार सामु पेस गरिएका सुझाव तथा प्रस्तावहरुका सन्दर्भमा फ़िजाइएका  à¤­à¥à¤°à¤®à¤ªà¥‚र्ण टिप्पणीका बारेमा एनआरएन अमेरिकाको ध्यानाकर्षण भएको छ |

"एक पटकको नेपाली सधैको नेपाली" भन्ने मूल एजेन्डा  à¤à¤¨à¤†à¤°à¤à¤¨à¤ को हो  à¤° त्यसलाई  à¤à¤¨à¤†à¤°à¤à¤¨ अमेरिकाले पूर्ण रूपमा आत्मसात गरेको छ l दोहरो नागरिकताको सन्दर्भमा एनआरएनए सँग हाते मालो गर्दै एनआरएन अमेरिकाले नेपालका राजनैतिक दल ब्यस्थापिका र सरकारसँग पटक पटक भेटि पहल गरेको कुरा सर्बबिदितै छ l एनआरएनए र एनआरएन अमेरिका र विश्वका अन्य एनसीसीहरुको अथक परिश्रमबाट  à¤†à¤œ गैर आवासीय नेपालीलाई विशेष नागरिकताको व्यवस्था नेपालको संविधान २०७२ ले प्रदान गरेको कुरा जगजाहेर छ | 

त्यसै अनुरूप संविधान वा कानुन प्रदत्त अधिकार लक्षित समूहलाई सुलभ तरिकाले उपलब्ध होस र पृथक् व्यक्ति, समूह वा सम्प्रदायले सो सुविधाको अनुचित फाइदा लिन नसकुन भन्नेमा एनआरएन अमेरिका दृढ छ | एनआरएन अमेरिकाको विधानमा यस संस्थाको सदस्यता लिने व्यक्ति नेपाल सरकार र एनआरएनए आइसीसीले स्पष्टसँग परिभाषित गरे बमोजिम सार्क देश भन्दा बाहिर बसेका र विशेष नागरिकताको हकमा नेपाली नागरिकता छाडी विदेशी (हाम्रो हकमा अमेरिकन) नागरिकता लिएका नेपाली मूलका व्यक्ति भन्ने तोकिएको छ | एनआरएन अमेरिकामा सदस्यता प्राप्त गरेका नेपाली अमेरिकन व्यक्ति स्वतः विशेष नागरिकताका लागि योग्य हुनेछन | संविधानमा उल्लेख भए बमोजिम विशेष नागरिकताको नियमावली बनाउँदा नेपाल सरकारले एनआरएनए र एनआरएन अमेरिकालाई  à¤¸à¤¹à¤œà¤•à¤°à¥à¤¤à¤¾à¤•à¥‹ भूमिका देओस भन्ने हाम्रो  à¤œà¥‹à¤¡à¤¦à¤¾à¤° माग हो l 

विदेशमा तमाम नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था एनआरएन नै हो र एनआरएन को लागि बनाउन लागिएको विशेष नागरिकता सम्बन्धी नियमावलीमा एनआरएन अमेरिकाले आफ्नो भूमिका खोज्नु सकारात्मक कुरा हो l यो हाम्रो माग हो, यस बाट अमेरिका बासी नेपालीहरू र  à¤¨à¥‡à¤ªà¤¾à¤² सरकारलाई पनि फाइदा हुन्छ l एनआरएन अमेरिका ३ लाख भन्दा बढी अमेरिका बासी नेपालीहरू को प्रतिनिधित्वगर्ने संस्था हो र त्यही ३ लाख भन्दा बढी नेपालीहरू लाई विशेष नागरिकता सहज होस् भन्ने हाम्रो उदेश्य हो l यसमा कसैले विरोध गर्नु पर्ने तुक छैन l यो नेपाली हरुको लागि नेपाली हरुद्वारा गर्न लागिएको सकारात्मक कार्य हो l 

कुनै पनि देश ले प्रवासी हरू को हितमा नियम कानुनहरू बनाउदा सम्बन्धित मुलुकमा रहेका प्रबासीहरु को प्रतिनिधित्वगर्ने संस्थासंग मिलेर गर्दछ l मित्रराष्ट्र भारतले केही दशक अगाडी एन आर आइ सम्बन्धी नियमावली बनाउदा अमेरिकामा रहेका प्रवासी भारतीयहरूको प्रत्यक्ष संलग्नता थियो l जसको फलस्वरूप भारतमा प्रवासी भारतीय मामिला मंत्रालय (MOIA) जस्तो क्याबिनेट स्तरको मंत्रालय स्थापना भएको छ l जुन मंत्रालयले विदेश मा रहेका प्रवासी भारतीय हरू सँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरी रहेको छ l 

विशेष नागरिकता सम्बधि नियमावली प्रभावकारी होस् र यो नियमावलीबाट बढी से बढी नेपालीहरूले फाइदा उठाउन भन्ने हेतुले  à¤¹à¤¾à¤®à¥€à¤²à¥‡ नेपाल सरकार सँग प्रत्यक्ष सम्पर्क मा रहेर सहजकर्ता को भूमिका मागेका हौ l  à¤¯à¤¸à¤®à¤¾ कसैले विरोध गर्नु पर्ने कुरै छैन l यो अन्तर्राष्ट्रिय मान्यता अनुरूपको कुरो हो l भारत, इजरायल, क्यानडा लगायत सबै मुलुकहरूले प्रवासीको लागी नियम बनाउदा सम्बन्धित मुलुकको प्रवासी सगठनसंग सम्पर्कमा रहेर गरिरहेको छ l 
अर्को कुरा एनआरएन अमेरिका भनेको एउटा संस्था हो, यो हामी सबै अमेरिका बासी नेपालीहरू को संस्था हो , नेपालबाट अमेरिका भ्रमणमा आउन हुने सरकारका उच्च पधाधिकारी हरू को भ्रमण लाई गतिशील र प्रभाकारी बनाउन एनआरएन अमेरिका ले सम्बन्धित दूतावास र नियोग को सम्पर्क मा रहेर विभिन्न कार्यक्रमहरू तर्जुमा गर्ने छ l सबै नेपाली हरू को संलग्नता भएको एनआरएन जस्तो साझा सङ्गठन ले नेतृत्व गरेको कार्यक्रम प्रभावकारी हुने छ l 

राम्रो कार्य गर्दा केही कमी कमजोरी भएमा यसलाई सबैको सहयोगबाट सुधार गर्दै जानु पर्दछ भन्ने हाम्रो मान्यता रहीआएको छ। यो एनआरएन अमेरिका तपाइहरूको आफ्नै संस्था हो, संस्था को सफलता तपाइहरू को सहयोग र सद्भाव बाट मात्र सम्भव हुन्छ l तपाइहरूको सकारात्मक सुझाव प्रसंसनिय छ l

जय एनआरएन
सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक