Similar Articles

Notice ( सूचना )

आनन्द विष्ट (सभापति नेपाली जन सम्पर्क समिति,अमेरिका) को संविधानको मस्यौदामा राय सुझावका लागि आग्रह

बिराट नेपाल

मिति: जुलाई १३,२०१५ 
अमेरिकावासी आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
जय नेपाल |

मातृभूमि नेपालको बहुप्रतीक्षित संविधानको मस्यौदा तयार गरी नेपाल सरकारले हाल देश विदेशमा रहेका नेपालीहरुसंग प्रस्तावित मस्यौदाका बारे राय,सुझाव र प्रतिक्रिया माग गरेको सबैलाई जानकारी नै छ | यसै सन्दर्भमा नेपाली जन सम्पर्क समिति,अमेरिकाले हामी विदेशमा रहेका नेपालीहरूको नागरिक हक,अधिकारको संवैधानिक प्रत्याभूतिका लागि नयाँ बन्ने संविधानमा समावेश गर्नुपर्ने बुँदाहरु सङ्कलन गरी संविधान सभामा राय सुझावको रूपमा प्रेषित गर्ने निर्णय गरेको छ | यसका लागि समितिका वरिष्ठ उप-सभापति धनन्जयनरसिंह केसीको संयोजकत्वमा केशव बराल,ओम भट्टराई,मान्ती शाह र प्रमोद सिटौला सदस्य रहेको एक समिति समेत गठन गरी समितिका सम्पूर्ण च्याप्टरका सदस्य र शुभेच्छुकहरुसहित अमेरिकाका सबै सङ्घ,संस्था र समुदायबाट तत्काल राय,सुझाव सङ्कलन गर्न जिम्मेवारी प्रदान गरिएको जानकारी गराउदछु | तसर्थ सबैलाई नयाँ बन्ने नेपालको संविधानमा हाम्रा साझा विषयहरुलाई कसरी समेट्न सकिन्छ भन्ने बारे आवश्यक सुझाव दिन नेपाली जन सम्पर्क समिति,अमेरिकाको तर्फबाट हार्दिक अनुरोध गर्दछु | 

संविधानको मस्यौदा http://www.can.gov.np बाट प्राप्त गर्न सकिनेछ | यसैगरी सिधै सुझाव प्रेषित गर्न चाहेमा http://www.parliament.gov.np/draft वा http://www.parliament.gov.np/ मार्फत आवश्यक जानकारी लिन सकिनेछ | यस्तो सुझाव comt.crsc@gmail .com वा nparl.international@can gov.np मार्फत सिधै पठाउन समेत सकिनेछ | यसैगरी यस समितिको वेभ साइट www.nprccusa,org वा इमेल ठेगाना nprccusa@gmail.com मार्फत पनि तपाईँहरूले आ आफ्नो सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुनेछ | यस्तो राय,सुझाव प्रेषित गर्ने समय सीमा यही जुलाई २१,२०१५ सम्म तोकिएको छ | 

तसर्थ संविधानमा आफ्नो हक,अधिकारको संविधानिक प्रत्याभूतिका लागि पहल गर्ने र सुझाव दिने यो ऐतिहासिक अवसरको सदुपयोग गर्दै आ आफ्ना अमूल्य सुझाव र राय तोकिएको मितिभित्र नै प्रेषित गर्नुहुन अमेरिकावासी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाली जन सम्पर्क समिति,अमेरिका हार्दिक आव्हान गर्दछ |
धन्यवाद,

आनन्द विष्ट 
सभापति 
नेपाली जन सम्पर्क समिति,अमेरिका एवं परिवार


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक