Similar Articles

Notice ( सूचना )

सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको बारे

बिराट नेपाल

संयुक्त राष्ट्र सङ्घको ७० औं महा सभामा सहभागी हुन आउनु भयका नेपाली प्रतिनिधि मण्डलका नेता एवं उप प्रधानमन्त्री माननीय प्रकाशमान सिंह र प्रमण्डलका सदस्य परराष्ट्रमन्त्री माननीय महेन्द्र बहादुर पाण्डेज्यू सहितको नेपाली प्रतिनिधि मण्डलको स्वागतमा न्यूयोर्कमा एक औपचारिक कार्यक्रम गर्न लागिएको जानकारी गराउदछौं |

तसर्थ न्यु योर्क र यस क्षेत्र वरपर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई निम्न मिति,स्थान र समयमा हुन लागेको स्वागत कार्यक्रममा उपस्थितिका लागि आयोजक समितिको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ |

स्वागत कार्यक्रमको आयोजक संस्थाहरूमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग (नेपाल मिसन) न्यु योर्क, वाणिज्य दूतावासको कार्यालय न्यु योर्क, गैर आवासीय नेपाली सङ्घ, अमेरिका, नेपाली जन सम्पर्क समिति, अमेरिका, प्रवासी नेपाली मन्च अमेरिका, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, नेपाल अमेरिका पत्रकार सङ्घ, युएस नेपाल चेम्बर अफ कमर्स, नेपलिज डेमोक्र्याटिक युथ काउन्सिल युएसए, सिन्धु वेलफेयर अमेरिका र रिजवूड नेपलिज सोसाइटी रहेका छन् |

कार्यक्रम:
मिति: सेप्टेम्बर २७, २०१५ आइतबार 
समय: साँझ ठिक ६:०० बजेदेखि ८:०० बजेसम्म 
स्थान: Gulshan Terrace (Dhaka Club ) 
59-15 37th Ave, Woodside, NY 11377
Phone:(718) 457-4577

आनन्द विष्ट 
संयोजक,नेपाली प्रतिनिधि मण्डलको स्वागत आयोजक समिति
एवं अध्यक्ष,नेपाली जन सम्पर्क समिति,अमेरिका


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक