Similar Articles

उपाध्यक्ष उम्मेदवार क्षेत्रीका स्टार क्याम्पेनर राजेश हमाल

बिराट नेपाल

एनअारएनकाे साताैं महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार खगेन्द्र क्षेत्रीलाइ जिताउन नेपाली चलिचत्रका महानायक राजेश हमाल खुलेर लागेका छन् । स्टार क्याम्पेनर राजेशकाे उपस्थितिले क्षेत्रीकाे चुनावी क्याम्पेन नै एनआरएन स्टार चुनावी क्याम्पेन हुन पुगेकाे छ ।
उनले सबैसँग उपाध्यक्षकाे एक मत चाँहि खगेन्द्र क्षेत्रीलाइ दिन आग्रह गरेका छन् । उनले क्षेत्रीलाइ हाम्राे मात्र हैन, राम्राे उम्मेदवार भएकैले आफू चुनावी क्याम्पेनमा लागेका बताए । उनले पदका लागि पद हैन, काम गर्ने अवसर भनेर जुन चुनावी नारा बनाउनु भएकाे छ, त्याे नै मन छुने छ, नेपाली चलचित्रका महानायक राजेश हमालले भने ।

आफू  à¤–गेन्द्र क्षेत्रीकाे चुनावी क्याम्पेनमा लाग्नुका पाँच कारणा रहेकाे बताउँदै उनले भने, पहिलाे कारण उहाँ सक्षम हुनुहुन्छ । अमेरिकामा एनअारएनलाइ संस्थागत गर्ने , दसाैं हजार सदस्य रहेकाे संसारकै सबैभन्दा ठूलाे एनआरएन एनसीसी बनाउने उहाँ नै हाे । दाेस्राे कारण, सधैँ एउटै क्षेत्र, एउटै मान्छे मलाइ याे पनि ठिक लागेन । उहाँहरूले जे जति गर्नुभयाे , गर्नुभयाे । सधैंभरि उहाँहरू मात्र बस्ने, उहाँहरूले मात्र गर्ने भन्ने कुरा पनि त आउँदैन। अरूले पिन माैका पाउँनु पर्याे । तेस्राे कुरा, अाजकाे युग समावेसिताकाे युग हाे, सबै क्षेत्रकाे क्षेत्रीय समावेसिता पनि हुनुपर्याे । अमेरिकालाई प्रतिनिधित्व गर्न पनि उहाँ याेग्य उम्मेदवार हाे ।

चाैथाे कुरा, उहाँकाे कानुनी पृषठभूमी । एनआरएनका लागि व्यवस्था गरिएकाे गैर आवासीय नागरितालाइ व्यवहारमा उतार्न कानुन बनाउन उहाँकाे याे पृष्ठभूमि । पाँचाैं कुरा उहाँका एजेण्डा पनि राम्रा छन्, संसदमा एनअारएनलाइ स्थायी पर्यवेक्षक बनाउने, एनआरएन एम्बेसडर एट लार्ज नियुक्त गर्ने, एनआरएन एनसीसी अध्यक्षलाइ अवैतनिक महावाणिज्यदूत बनाउने मलाइ मन परेका एजेण्डा हुन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक