Similar Articles

चुनाव जित्नलाई उम्मेदवारी दिएको फिर्ता लिन लाई हैन : नगेन्द्र पौडेल ,एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशी

बिराट नेपाल

वाशिंगटन डिसी,  à¤µà¤¿à¤œà¤¯ थापा, एनआरएन अमेरिकाका अध्यक्ष पदका सशक्त प्रत्याशी नगेन्द्र पौडेलले चुनाव जित्नलाई उम्मेदवारी दिएको फिर्ता लीनलाई हैन भनी न्युयोर्कबाट म्यारिल्याण्ड घर फर्कने क्रममा उक्त कुरा स्पष्ट पारेका छन् l

आउदो अप्रिल १६ तारिख हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका सशक्त दाबेदार पौडेल निर्वाचन प्रचार तथा प्रसारलाई झुझारू रूपमा लागि परिरहेको अवस्थामा आफूले उम्मेदवारी फिर्ता लिने छन् भन्ने जस्ता कपोलकल्पित तथा भ्रामक समाचारहरु फाट्ट फुट्ट सञ्चार माध्यममा देखिएकोले आफ्नो ध्यानाकर्षण भएको बताए l

बदनियत पूर्ण र नियोजित ढङ्गबाट मैले उम्मेदवारी फिर्ता लिने र अध्यक्ष पदका अर्का प्रत्यासीलाई छोड्ने छन् भन्ने जस्ता भ्रामक कुराहरू सामाजिक सञ्जालमा पनि देखिएकोले यस्ता कुराको घोर भर्त्सना गर्दै यस्ता कुराहरूको पछाडि नलाग्न आफ्ना सम्पूर्ण  à¤¶à¥à¤­ चिन्तक ,सहयोगी ,समर्थकहरु नेपाली समुदायलाई आब्हान गरेका छन् l

उनले बाटो बाट नै पत्रकारिता पेसामा होमिएका पत्रकारले पेसाको मान र मर्यादाको ख्याल राख्नु पर्ने भन्दै पेसालाई अमर्यादित र अविश्वसनीय बनाउनु कदापि हुँदै भन्दै यो भनेको प्रतिस्प्रद्धिको चुनावी रणनीति हुन् सक्ने बताए l

एनआरएन युएसए को निर्वाचनको महायज्ञमा होमिई सकेको म ,यदि छोड्ने नै थिए भने कसरि मेरा समस्त शुभ चिन्तक सँग सर सल्लाह नलिई छोडुला त ? 

पौडेलले अगाडी भने मैले उम्मेदवारी छोड्ने हैन भन्दै अप्रिल १२ सम्म आगामी कार्यक्रममा सहभागी हुने स्थान ,मिति र आयोजकको नाम समेत कण्ठस्त पारिसकेको भन्दै सबै कार्यक्रममा आफू उपस्थित हुने भन्दै पात्रोमा चिन्ह लगाई सकेको बताए l

चुनाव प्रचार तथा प्रसार सँग सम्बन्धित कार्यक्रम अनुसार अप्रिल ९ तारिख नेजाले आयोजना गरेको सन् फ्रान्सिस्को ,अप्रिल १० तारिख नेपालीज अमेरिकन युथ एसोसिएसन न्यु योर्क ,अप्रिल ११ मा सम्प्रेसनले आयोजान गरेको कार्यक्रम ,अप्रिल १२ तारिख नेजाले डालस टेक्सासमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छु भनी बताए l

उपर्युक्त कार्यक्रम बाहेक बाझिने कुनै पनि कार्यक्रम आधिकारिक नहुने जानकारी गराउदै माहौल मेरो पक्षमा बन्दै छ l जनलहर आफ्नो तर्फ वृद्धि हुँदैछ भन्दै आफू बिजयी बन्ने कुरामा विश्वस्त रहेको बताए l

पौडेल विश्व-व्यापी रूपमा आप्रवासीका समस्याका बारेमा सचेत तथा तिनका निराकरणतर्फ उन्मुख छन्। विशेष गरी अमेरिकामा रहेका नेपालीहरूका मूल मुद्धाहरु-नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्ति माथि हुनुपर्ने नैसर्गिक अधिकार, नेपाली बजारमा आप्रवासीलाई सुहांउदो लगानीका वातावरण, अमेरिकी बजारमा दक्ष नेपाल-शिक्षित प्राविधिकलाई काम गर्न पाउने प्रवेश आज्ञाको प्रबन्ध आदि कुरामा उनी लाग्ने जमर्को गर्दैछन ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक