Similar Articles

नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति, युएसए वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार शिव विष्टको सोच, कोण र प्रतिबद्धता

बिराट नेपाल

आदरणीय सचेत मतदाताहरु,
आगामी अप्रिल १६ देखि २० सम्म सम्पन्न हुन लागेको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति,  à¤¯à¥à¤à¤¸à¤à¤•à¥‹ निर्वाचनमा यहाँहरु सबैलाई हाम्रा हैन, राम्रा उम्मेद्वार चयन गर्न सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।

जनताका लागि, जनताको र जनताद्वारा नै प्रजातन्त्र भन्ने सुन्दर परिभाषा दिइएको मुलुकमा हामी पनि नेपालीका लागि नेपालीको र नेपालीद्वारा नै भन्ने सोचका साथ सुरु भएको गैरआवासीय नेपालीको विश्वव्यापि अभियानमा संलग्न रहदै आएकाछौं । यो भूगोलको देशभन्दा पर भावनाको पनि देश हुन्छ र त्यही कोणबाट एकपटकको नेपाली सधैंको नेपाली हुन्छ भन्ने पवित्र सोचमा आधारित छ । ढिलै भए पनि अमेरिकी डायस्पोरामा रहेका हामी नेपालीहरू यो अभियानमा जुर्मुराएर उठेका छौँ र विश्वको एक मात्र महाशक्ति राष्ट्रको भूगोल नापिरहनुको नाता हामी यो अभियानलाई प्रस्ट सोच र कोणका साथ अगाडि बढाउन सक्षम छौँ भन्ने सन्देश दिन चाहन्छौँ ।

यही क्रममा यसपटकको निर्वाचनमा मैले पनि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिएको छु । मेरो यो उम्मेद्वारी मालिक हैन, सेवक हुने अभिप्रायले प्रेरित छ । तर, यससँगै एनआरएनको सहभागिता सामान्य खालको कर्मकाण्डी सामाजिक सेवा मात्र हैन, यो त्योभन्दा फरक कर्मभूमी र जन्मभूमीबीचको सेतु बाँध्ने कुरासँग पनि सम्बन्धित छ भन्ने कुराप्रति म सचेत छु ।  

विश्वका अन्य मुलुकमा रहेका नेपाली डायस्पोराभन्दा अमेरिकी डायस्पोरा अलि विशिष्ट प्रकारको छ । यो हाम्रो लागि चुनौती र अवसर दुवै हो । त्यसैले हामीले यो धरातलीय यथार्थलाई ध्यानमा राखेर ठुला कुरा गर्नेभन्दा पनि साना काम गर्दै अघि बढ्ने समय हो भन्ने मेरो सोच रहेको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिको एउटा च्याप्टर हो अमेरिकाको गैरआवासीय नेपाली सङ्घ । हामी त्यहीअन्तर्गत् यहाँको राष्ट्रिय समन्वय समितिको चुनावमा सहभागी हुन गैरहेका छौँ । त्यसैले यसमा व्यक्तिगत चुनावी या छुट्टै संस्थाको चुनावमा जस्तो चुनावी एजेण्डा या प्रतिबद्धता प्रस्तुत गर्नु न विधिसम्मत हुन्छ न प्रक्रियासम्मत । त्यसैले मेरो प्रतिबद्धता भनेको गैरआवासीय नेपाली सङ्घको मूल नारा नेपालीका लागि नेपाली र रणनीतिक नारा एकपटकको नेपाली सधैंको नेपालीलाई साकार बनाउने नै हो । त्यसमा पनि वरिष्ठ उपाध्यक्ष भनेको अध्यक्षलाई सहयोग गर्ने स्याटलाइट पद हो । यो पदको दायित्व टिम भावनालाई उच्च राख्दै गैरआवासीय नेपाली सङ्घको विश्वव्यापि सञ्जालमा अमेरिकामा रहेको राष्ट्रिय समन्वय समितिको प्रभावकारी भूमिका प्रस्तुत गर्नु र अन्ततः यसलाई त्यसको नेतृत्वदायी भूमिकामा पुर्‍याउनु नै हो । म यही अभियानमा दृढतापूर्वक उभिनेछु । र, यही नै मेरो प्रतिबद्धता पनि हो । 

मान्छे चेतनशील प्राणी हो, विकेक उसको धर्म हो । यसो हुँदा हरेक मान्छेको सोच हुनु, कोण हुनु, वाद हुनु र विषय हुनु स्वभाविकै हो । अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा श्वास फेरिरहेका हामीले यो सत्यलाई स्वीकार गर्नुपर्छ । तर, हरेक संघसंस्था र ठाउँहरूमा त्यसैलाई मात्र आधार बनाएर हिड्ने हो भने हामी गन्तव्यमा पुग्न सक्दैनौं । गैरआवासीय नेपाली सङ्घ डायस्पोरामा रहेका हरेक भावनाको नेपालीको छाता संस्था हो । हामीले त्यसको अमेरिकी च्याप्टरलाई त्यही भावनाले सबै खालका फूलहरू फुल्ने रंगीन फूलबारीका रूपमा विकास गर्नुपर्छ । यो क्रममा हामीले भूगोल मिलाउनुपर्छ, विचार मिलाउनुपर्छ, समावेसीता मिलाउनुपर्छ र यी सबै मिलाउँदा मिलाउँदै पनि हाम्रो विवेक वन्दकीमा राख्न मिल्दैन । त्यसका लागि हाम्रा हैन राम्रा हेर्नुपर्छ । यसो गर्दा कोही हाम्रा पराजित भए पनि राम्रा विजयी हुनेछन् र त्यसले अन्ततः संस्थालाई गतिशील र गरीमामय बनाउन योगदान पुर्याउने छ ।

मित्रहरू ,
जहाँसम्म मेरो व्यक्तिगत प्रश्न छ, विगत एकदशकभन्दा लामो समयदेखि म अमेरिकामा संघर्षरत् छु । पत्रकारिता मेरो पेसा हो र सपना पनि । न्युयोर्क डेटलाइन बनाएर अमेरिकाबाट प्रकाशित पहिलो नेपाली साप्ताहिक पत्रिका नेपाली आवाजबाट मैले अमेरिकामा नेपाली पत्रकारिताको यात्रा सुरु गरेको हुँ । त्यसयता बाँच्नका लागि विभिन्न खाले व्यावसायिक सङ्घर्ष गरिरहे पनि पत्रकारितालाई मैले आफ्नो कर्म र धर्म ठानेको छु । त्यसैको निरन्तरताका रूपमा हाल म नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को उपाध्यक्षका रूपमा सेवारत छु । राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रबाट पनि यस संस्थामा प्रतिनिधित्व होस् भन्ने पवित्र सोच राखेर मैले वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिएको हुँ । मेरो उम्मेद्वारीका पछाडि केही मूल्य र मान्यता छन्, मात्र तीन बुँदामा म ती मूल्य र मान्यता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

• न्युयोर्क हेजेमोनीको विकेन्द्रीकरणमा 
नेपालमा राजधानी काठमाडौँ केन्द्रित राजनीति रहेजस्तै अमेरिकामा पनि ठुला राज्य, ठुला सहर अझ त्यसमा पनि न्युयोर्कको हेजेमोनी कायमै छ । हामी अमेरिकाममा आएर पनि त्यही हेजेमोनी सहेर बस्ने या साना राज्य, साना सहरमा रहेका नेपालीको भावनालाई पनि जोडेर एनआरएन अमेरिकालाई एउटा सुन्दर फूलबारी बनाउने ? यस प्रश्नको उत्तरका लागि पनि सानो राज्य नर्थ क्यारोलाइनाको सार्थक उपस्थितिका लागि मैले आफ्नो उम्मेद्वारी दिएको छु । यो न्युयोर्क हेजेमोनीको विरुद्धमा छ र अमेरिकामा मोफसल बनाइएका सबै राज्यका स्वाभिमानी नेपाली दाजुभाइ, दिदीवहिनीहरुको भावनाको पक्षमा छ ।

• मिडिया डार्लिंगहरुको विपक्षमा 
सबै सतहमा देखिने गतिला हुन्छन् भन्ने हुँदैन, सतहमुनी रहने मिलका पत्थरहरुले नै ती सतहका बनौटलाई आधार दिने हो । हिजोआज मिडियाको गुड बुकमा परेर उनीहरूले बनाएका स्युडो पर्सानालिटीहरु सोसल मिडियामा भाइरल बनेर बज हानिरहेका छन् । यो अरूले हानिदिएको बज हो । यदि आफ्नै बज चाहिने भने मिडिया डार्लिंगहरुको यो मोहबाट मुक्त हुनुपर्छ । र, त्यस्तो चाहना राख्ने मत नै अमेरिकाको नेपाली डायस्पोरामा निर्णायक पनि छ । त्यही मतको सम्मानका लागि पनि मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ ।

• पत्रकारिता क्षेत्रको उपस्थिति 
एनआरएन अमेरिका सबै क्षेत्र, वर्ग, भूगोल, तह र तप्काको साझा फूलबारी हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । त्यही क्रममा राज्यको चौथो अङ्ग पत्रकारिताको पनि प्रतिनिधित्व रहँदा सुनमाथि सुगन्ध हुने मेरो विश्वास हो । यसले अमेरिकामा रहेको सञ्चार क्षेत्रसँग हार्दिक सहकार्य गर्ने अवसर मात्र दिदैन, गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय समितिसामु अमेरिकाको राष्ट्रिय समन्वय समितिको सन्तुलित र ओजपूर्ण सहभागिता रहेको संथाका रूपमा पनि प्रस्तुत गर्छ । यसले यो संस्थाको गरिमा र प्रतिष्ठा बढाउने काम गर्छ । उस्तै पेसा र व्यवसाय भएका मानिसहरूको झुण्ड मात्र बनाए यो क्लब जस्तो मात्र हुन्छ, सबै क्षेत्रको विशिष्टता हासिल गर्ने प्रतिनिधिमुलक संस्था हुन सक्दैन  à¥¤ यस अर्थमा पनि सञ्चार एवं पत्रकारिता क्षेत्रको सार्थक उपस्थितिका लागि आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ ।

अन्तमा, हामी यतिबेला २०७१ साललाई बिदा गर्दै २०७२ साललाई स्वागत गर्ने घडीमा उभिएका छौँ । यस पावन अवसरमा म समस्त नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । र, यहाँहरूको अमूल्य मतमार्फत् एनआरएन एनसीसी युएसएको वरिष्ठ उपाध्यक्षका रूपमा सेवा गर्ने अवसर प्राप्त हुने आशा एवं विश्वास पनि व्यक्त गर्न चाहन्छु ।

सहयोग र सद्भावको हार्दिक अपेक्षासहित,

शिव विष्ट
उम्मेद्वार, वरिष्ठ उपाध्यक्ष 
फोन   ४४३ ९२७ ६४५६
इमेल   shivabista@yahoo.com


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक