Similar Articles

एनआरएन एनसीसी अफ युयसए बोर्ड अफ डाइरेक्टर राधा पौडेलको अनुरोध

बिराट नेपाल

अमेरिकावासी सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !

सर्वप्रथम त म यहाँहरुलाई गत वर्षको निर्वाचनमा मलाई अत्याधिक मतका साथ NRN USA  à¤¬à¥‹à¤°à¥à¤¡ अफ डाइरेक्टर पदका लागि निर्वाचित गराउनु भएकोमा हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु | मैले यो कार्यकालमा, संस्था सुध्रिढिकरण तथा सदस्यता बिस्तारलाई आफ्नो प्राथमिकतामा राखेकी थिएँ | त्यसका लागि विभिन्न राज्यमा पुगेर बटुलेका अनुभबहरुलाई मैले जीवनकै महत्वपूर्ण उपलब्धि मध्ये मानेकी छु | शिक्षा कमिटीको संयोजकका रूपमा पनि मैले थप सहयोग गर्न सक्षम भएकीमा आफूलाई धन्य ठानेकी छु |  NRN USA Task Force अन्तर्गत, शिक्षा कमिटीले गत कार्यकालमा निम्न कार्यहरू सञ्चालन गर्न सफल भएको थियो |  
१. अमेरकामा रहेका नेपाली पाठशालाहरुको तथ्याङ्क सङ्कलन  |
२. नेपालबाट आउने बिद्यार्थीहरुका लागि अमेरिकामा बस्दा जान्नै पर्ने विषयहरूको संगालो स्वरूपको हाते-पुस्तिका लेखनकार्यको प्रारम्भ  | 
३. नेपालका चितवन, कास्की. सङ्खुवासभा र तनहुँ गरी ४  à¤œà¤¿à¤²à¥à¤²à¤¾à¤•à¤¾ ७ बिधालयहरुमा पुस्तकालय निर्माण प्रारम्भ |  
४. रोटरी क्लबसंग सहकार्य गरी नेपालको  à¤¶à¤¿à¤•à¥à¤·à¤¾ क्षेत्रमा लगानीको लागि विभिन्न योजना  à¤¤à¤¯à¤¾à¤° हुँदै |

हामीले समाज विकासका लागि शिक्षाको अपरिहार्यता त बुझेका छौँ; तर यही समाजको कालो पाटो, महिला हत्या/हिंसा/शोषण/बलात्कार  à¤¤à¤°à¥à¤« भने थोरै मात्र सोच्न भ्याएका छौँ | विश्वमा नै समस्या बनेका यी आततायी घटनाहरुका लागि हामी सचेत नारीहरू एकजुट हुनैपर्ने आवश्यकता आइपरेको छ | अत: महिलाका समस्यालाई सम्बोधन गर्दै,  à¤® यसपटक महिला संयोजक (woman coordinator ) को पदका लागि यहाँहरु सामु प्रस्तुत भएकी छु; तपसिल बमोजिम प्रतिबद्दताहरुका साथ |

१.  à¤µà¤¿à¤¦à¥‡à¤¶à¤®à¤¾  à¤°à¤¹à¤¨à¥à¤­à¤à¤•à¤¾ दिदीबहिनीका गतिविधिका बारे तथ्याङ्कको सुची  à¤¬à¤¨à¤¾à¤‰à¤¨à¥‡ | अध्यान, पेसा र अनुसन्धानमा  à¤¦à¤•à¥à¤·à¤¤à¤¾ हासिल गरेका दिदी बहिनीहरुको समूह बनाएइ महिला शसक्तिकरणका लागि जोड्ने | पीडित र समस्यामा परेका महिला दिदी बहिनीहरुका  à¤²à¤¾à¤—ि सक्दो सहयोग गर्ने |

२. आकस्मिक कोषको स्थापना गर्ने |
३. केन्द्रबाट खोल्ने भनिएका  community center  à¤¸à¤à¤— मिलेर सिप हस्तान्तरंका लागि     डान्स ,मूजिक थ्रेडिङ,कपाल काट्ने जस्ता सिपमुलक र बेबिसिटर हाउसकिपर र केयर गिभर जस्ता सेवामुलक विषयमा तालिमको व्यवस्था गराउने पहल गर्ने  | 
४. अमेरिकामा रहेका नेपाली भाषा पाठशालाहरुमा, महिलाहरूको भूमिकामा जोड दिने |
५. सानो पुँजीबाट सञ्चालन गर्न सकिने सिपमुलक व्यवसायमा र साना व्यवसायमा   जोड दिने | सिपमुलक उत्पादनका लागि बजार व्यवस्थापनमा पहल गर्ने |
६.  à¤¥à¥à¤ªà¥à¤°à¥ˆ नेपाली महिलाहरू संलग्न रहनुभएका कामहरू ( जस्तै: baby sitter, housekeeper, care giver) आदि मा हुने गरेको घरेलु हिंसा विरुद्ध सम्बन्धित निकायमा आवाज उठाउने |
७. जात, धर्म, पेसा र राजनीतिबाट माथि उठेर कार्यसमितिबाट आएका सकारात्मक प्रस्ताबहरुको सहयोग र समर्थन गर्ने |

राधा पौडेल 
एनआरएन एनसीसी अफ युयसए
बोर्ड अफ डाइरेक्टर |


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक