Similar Articles

एनआरएन अमेरिकाका उपाध्यक्ष पदका उम्मेदवार राम सि पोखरेलसँग गरिएको कुराकानी

बिराट नेपाल

अर्घाखाची जिल्लामा जन्मिएर कलिलो उमेरमा नै अवसरको खोज गर्दै अमेरिका आइपुगेका राम सी पोखरेल यतिबेला एन. आर. एन. अमेरिकाका उपाध्यक्ष पदका चर्चित उम्मेदवार हुन । विगत दुई दशकदेखि अमेरिकाको डालसमा बसोबास गर्दै अएका पोखरेलले आफनो अध्ययन, जागिर, व्यवसायको साथसाथै समाजसेवालाई पनि जीवनको मुख्य हागोको रूपमा लिएका छन् ।  à¤¡à¤¾à¤²à¤¾à¤¸ स्थित नेपाली समुदायमा हुने प्रायजसो सबै सामाजिक गतिविधिको अग्रपंत्तीमा देखिने पोखरेलले डालास एभरेष्ट लाइन्स क्लबका अध्यक्ष, नेपलिज सोसाइटि अफ टेक्सास को अध्यक्ष, डालस स्थित नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी,  à¤¡à¤¿ एफ डब्लु इन्टरनेशलन अर्गनाइजेसन को बोर्ड डाइरेक्टर सहित दर्जन भन्दा बढी सङ्घ संस्थामा आवद्ध रही डालसका नेपालीहरूको सुख दुखमा सहभागी बन्दै आएका छन् । 

टेक्ससका नेपालीहरूका प्रिय राम दाइसँग शरद पोखरेलले आउदो अप्रिल १६ देखी २० मा हुन गैरहेको एन आर एन निर्वाचन र उनको उम्मेद्धारीका विषयमा गरेको कुराकानीका केही अंश:

तपाईँ के आधारमा आफूलाई एन आर एन अमेरिकाको उपाध्यक्ष पदको योग्य मान्नुहुन्छ ?
मेरो विचारमा शरदजी आफूले कुनै पनि पदको लागी योग्य मान्नु अगाडि ती पदका लागी काम गर्दा चाहिने प्रमुख आधारहरु के के हुन तय गर्नु जरुरी छ । यस आधारमा कुरा गर्दा मैले उपादक्ष्य पदको योग्यताका लागी आफना तीन आधारहरु तय गरेको छु । जसमा समय, सक्षमता र सहकार्य । म सस्था र सदस्यहरुका लागि आवश्यक समय दिन तत्पर रहने छु । मेरो सामाजि सङ्घ संस्थामा काम गरेको राम्रो अनुभव छ र संस्थाको भावना अनुसार समूहमा काम गर्न सक्षम छु । यसै आधारहरुलाई केलाउदा म विगत १५ वर्ष भन्दा बढी समय अमेरिकाको डालस क्षेत्रमा रही नेपाली दाजुभाइ दिदी वहिनीहरुको सेवामा रही आएको छु । यस दौरानमा मैले एक दर्जन भन्दा बढी सङ्घ संस्थामा आवद्ध रही नेपालीहरूको भावना वुझने मौका पनि पाएको छु । यस बाहेक गैरआवासीय नेपालीको लागि हरेक समयमा विभिन्न सङ्घ सस्थाहरु सग आवद्ध रही विदेशी भूमिमा रहेका नेपाली समाजमा पार्न सक्ने आर्थिक, सामाजिक एवं सास्कृतिक प्रभावका बारे खुला वहसहरुमा सहभागी भैरहेको छु । यिनै आधारहरु बिच म आफूलाई उपादक्ष्य पदका लागी योग्य मान्दछु ।

अमेरिकामा रहेका नेपालीहरूको समष्टिगत हितका लागी एन आर एन अमेरिकाले तत्काल उठाउनु पर्ने मुद्धाहरु के के हुन सक्छन् र तिनको हलका लागी तपाईँ सँग के कस्ता योजनाहरू छन्?
आजको दिन सम्म आइपुग्दा अमेरिकामा नेपालीहरूको सङ्ख्या ३ लाखको हाराहारीमा रहेको मानिन्छ हुनत हामी सँग आधिकारिक तथ्र्याक उपलब्ध छैन । साथै हरेक वर्ष यो सङ्ख्या वढदै गएको देखिन्छ । हामीलाई अमेरिकामा कति नेपाली बसोबास गर्छन् कुन पेसा, अवस्था र राज्यमा छन् त्यसको बारे जानकारी सङ्कलन गरी एक अर्कामा सहयोग र सहकार्य बढाउन आवश्यकता महसुस गरेको छु । यसकालागि एउटा तथ्याक बैकको योजना अघि सारेको छु ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूको पुस्ता अब पुरानो हुँदै गएको छ । नयाँ पुस्तालाई हाम्रो नेपाल र नेपाली मूलको पहिचानका लागी काम गर्न जरुरी भैसक्यो । यसकालागि नेपालीहरूको माझमा सामाजिक, सांस्कृतिक गतिविधि बढाउने सोच मैले लिएको छु । साथै एन आर एनको संस्थागत विकासका लागि विशेष योजनाका साथ अघि बढनु पर्ने अवस्था मैले देखेको छु । मुख्य गरी आर्थिक पारदर्शितालाई संस्थापीत गर्न पहल गर्नेछु । यसै गरी विगत देखि एन आर एनले उठाउदै आएको दोहोरो नागरिकता, दोहोरो कर प्रणली र नेपालमा लगानी गर्ने मुद्दाहरुलाई निरन्तरता दिने छु ।

दोहोरो नागरिकताको बारे तपाइको धारण के छ ?
हाम्रो पहिलो पुस्तालाई दोहोरो नागरिकता नहुदा पनि नेपाल र विदेशमा बस्नको लागि खासै समस्या कमै देखिएतापनि दोस्रो पुस्तालाई नेपाल सरकारले कानुनी रूपमा नागरिकको मान्यता नदिएमा नेपालले दक्ष जनशक्ति गुमाउन सक्छ । यो देश र वर्तमान सरकारले सोच्ने कुरा हो । विदेशमा बसेर प्रगति गरेका नेपालीमुलका ब्यक्तीत्वहरुलाई देशले ससम्मान देशमा ल्याउने वातावरण नभएमा नेपाली मूलको दोस्रो पुस्ताको जनशक्ति देशले गुमाउन पनि सक्छ । 

स्टेट च्याप्टरको गठनबारे तपाइको धाराण के छ ?
हरेक स्टेटमा च्याप्टर गठन गर्नु संस्थाको लागि अतिनै राम्रो पक्ष हो तर पूर्व तयारी र उचित नेतृत्वको तय नगरी च्याप्टर गठन गर्दा विवाद र समस्याहरू आउन सक्छन् । च्याप्टरहरुले  à¤°à¤¾à¤œà¥à¤¯à¤¹à¤°à¥à¤•à¤¾ स्थानीय नेपाली सङ्घ संस्थाहरू  à¤¤à¤¿à¤¨à¥€à¤¹à¤°à¥‚को अविभावकीय भूमिका निर्वाह गर्न पर्ने हुन्छ र त्यसमा लागि स्थानीय सङ्घ सस्थाहरुसग सहकार्य र संमन्वयको खाचो छ ।

तपाईहरुले ठाउँ ठाउँमा आर्थिक पारदर्शिताको कुराहरू उठाउनु भएको छ, यसको मतलब हालको नेतृत्व आर्थिक अपारदर्शि अनियमित वा भ्रष्ट छ भन्न खोज्नु भएको त हैन ?
विल्कुल हैन । यसको अर्थ अन्यथा नलागोस । कुनै पनि संस्थामा अर्थ को महत्वपूर्ण भूमिका हुन्छ । एन आर एन त झन अन्तराष्द्रिय संस्था  à¤¹à¥‹ । हालको नेतृत्वले जुन हिसाबले काम गरेको छ त्यो गलत छ भन्ने हाम्रो मनसाय हैन । बिस्तारीत सङ्गठन सँगै संस्थागत पारर्दशिता कसरी कायम राख्न सकिन्छ भन्ने हाम्रो चिन्ता र चासोको विषय हो । त्यसलाई आर्थिक नीतिहरू तयगरि व्यवस्थित आजै देखि गर्नु पर्ने हुन्छ ।

तपाइहरुले संयुक्त रूपमा उमेदवारी घोषणा गर्नु भएको थियो के यो समूहगत (Panel) उमेदवारी दिनु भएको हो ? यो तपाइहरूको बाध्यता हो वा चुनावी रणनिति ?
स्पष्ट रूपमा भन्दा यो हाम्रो बाध्यता पनि हैन न त चुनावी रणनिति नै । मूलतः साथीहरूले कसले कहाँ के भने भन्नु भन्दा पनि अहिले हामीले दिएको समूहगत उम्मेद्धारीको मर्म के हुन सक्छ त्यसमा ध्यान दिन जरुरी छ । आजका दिन सम्म पनि कुरा गर्नु हुन्छ भने टेक्सासवाट यो हाम्रो साझा उम्मेदवारी हो । यसले एकताको सन्देश दिन्छ । हरेक राज्यहरू वाट यसरी नै साझा उमेदवारहरु उठने र तिनीहरूका बिचमा प्रतिस्पर्धा हुने हो भने अमेरिकी एन आर एन को चुनाव अझ प्रतिस्पर्धी त हुन्छ नै साथै नेतृत्वमा पनि सक्षम व्यक्तिहरूको हाबी हुन्छ भन्नेमा हामी विश्वास गर्छो । त्यसैले म यसलाई सकारात्मक रूपमा लिन सबैलाई आग्रह गर्न चाहन्छु ।

तपाईँ त उपाध्यक्षको उमेदवार एउटा भनाई छ एन आर एन अमेरिकामा अध्यक्षको अगाडि उपाध्यक्षको भूमिका गौण हुन्छ रे तपाईँलाई के लाग्छ ?
निश्चय नै कुनै पनि संस्था हाक्ने भनेको अध्यक्ष नै हो तथापि संस्थाका अन्य पदाधिकारीहरू पनि संस्थाको कानुन त चुनिएर आएका हुन्छन् । संस्थामा गर्न पर्ने काम र संस्थागत उन्नतिका लागी संस्थामा रहेका सबै पदाधिकारीहरुको उत्तिकै भूमिका रहन्छ । यसैले एन आर एन अमेरिकामा पनि मेरो उमेदवारी भनेको कानूनत संस्थागत हो साथै यसमा उपाध्यक्षको भूमिका के छ भन्नेमा म पूर्ण रूपमा जानकार छु र यसलाई म अध्यक्षका अगाडि गौण मान्दिन । कुनै पनि व्यक्तिको कार्य सम्पादन, दक्षता अनि अनुभवले उसको नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ यद्यपि यसलाई एकातिर पन्छाएर र अध्यक्षका अगाडि उपाध्यक्षको कामै छैन भन्ने कुरा म त्यत्ति तार्किक देख्दिन ।

अन्तमा तपाइ जित प्रति कत्तिको आशावादी हुनुहुन्छ ?
म विगत लामो समयदेखि अमेरिकामा बसी विभिन्न सङ्घ संस्थाहरू मार्फत सामाजिक काम गरेको अधारमा मलाई नेपाली दाजुभाइ दिदी बहिनीहरूले विश्वासका साथ एन आर एन अमेरिकाको उपाध्यक्ष पदमा विजयी गराउनु हुन्छ भन्ने लागेको छ । मेरो विगतको अनुभवले एन आर एन मा केही योगदान दिने मौका मलाइ शुभेच्छुकहरुले दिनु हुने छ भन्ने कुरामा म आशावादी हुँदै यसै मिडिया मार्फत सबैलाई उहाहरुको अमूल्य मतको लागि विनम्र अनुरोध गर्दछु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक