Similar Articles

एनआरएनः दलभन्दा माथि सबैको साथी--अनिल पाण्डे

बिराट नेपाल

(स्वतन्त्र विश्लेषक)

अमेरिकास्थित गैरआवासीय नेपालीको संस्था एनआरएन युएसएको नयाँ पदाधिकारी चयनको मिति सुरु भैसकेको छ । अधिवेशनको मिति नजिकिंदै गर्दा सार्वजनिक भएका मतदाताहरुका टिप्पणीले निर्वाचनको परिणाम अनुमान गर्न सहज भएको छ । गत साता नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले एनआरएन युएसएका सबै अध्यक्षका उम्मेदवारलाई भेला पारेर गरेको अन्तरक्रिया होस् वा यसअघि–पछिका बहसहरू हुन्, यी सबैलाई विश्लेषण गरेर हेर्दा देखिएको निष्कर्ष हो– जो दलभन्दा माथि छ, ऊ मतदानमा सबैको प्रिय साथी बन्ने छ । 

सार्वजनिक अन्तरक्रिया कार्यक्रमहरूमा बोल्दै एनआरएन युएसएका अध्यक्षका उम्मेदवारहरुले कोही नेपाली काँग्रेस, कोही एमाले, कोही राप्रपा त कोही यस्तै अन्य दलको निकट रहेको सङ्केत दिएका छन् । तर अध्यक्षका जो उम्मेदवारले आफ्नो परिचय दलीय संलग्नताका साथ सार्वजनिक गरे, उनीहरूको विजय आशंकाको घेरामा पुग्यो । अध्यक्षका प्रत्यासी रमा सिंह दुर्गा दाहाल, डा.केशव पौडेल, नगेन्द्र पौडेल, , श्री पराजुली र गणेश कुँवरमध्ये कसले दलको पोल्टामा रहेको सङ्केत ग¥यो, कसले दलीय छायाँभन्दा माथि उठेर सबैको उम्मेदवार बन्ने ठुलो छाती देखायो भन्ने कुरालाई स्मरण गर्दै आज उम्मेदवारहरुले मतदान गरिरहेका छन् ।  

अध्यक्षका उम्मेदवारहरुले गर्दैआएको दाबीमा अध्यक्षकी एक्ली महिला उम्मेदवार रमा सिंहले तपाईँहरू ५ जना सहमत गर्नुस !नत्र मलाई छोडी दिनुस्, म चलाएर देखाइे दिन्छु  à¤° नेपाली भाषा संस्कृतिको जगेर्ना आफ्नो एजेण्डा भएको जानकारी गराएका छ दुर्गा दाहालले आफूसँग लामो अनुभव भएको, संस्था चलाउनको लागि समय, अनुभव, योजना र भिजन भएको उल्लेख्य छ । दाहालसँग युवा पंक्तिलाई विशेष योजना बनाएर आकर्षित गर्ने रणनीति पनि देखिन्छ । यस्तै, केशब पौडेलले संस्था चलाउनको लागि आफूसँग पर्याप्त भिजन भएको जनाएका छन्भने नगेन्द्र पौडेलले अमेरिकी सरकारको अध्यागमन विभागलगायतका निकायसँंग समन्वय गरी नेपालीका समस्या समाधान गर्ने कार्यक्रम अघिसारे । अध्यक्षकी एक्ली महिला उम्मेदवार  à¤¶à¥à¤°à¥€ पराजुली एनआरएन युएसएको सदस्य बढाउने योजना सुनाउनुहुन्छ भने गणेश कुँवर नेपालीको उचाइ बढाउने कुरा गर्नुहुन्छ । सामान्यतः अध्यक्षका उम्मेदवारहरुले माइक समातेर मत माग्दा खुला रूपमा ‘म यस दलको उम्मेदवार हुँ’ नभने तापनि अधिकांश कुनै न कुनै दलको पोल्टाबाट टाउको निकालेर बाहिर चिहाइरहेका प्रस्ट हुन्छ । 

कुनै दलको बिल्ला नभिरेको प्रस्ट दाबी गर्ने दुर्गा दाहाल भन्नुहुन्छ, ‘एनआरएन राजनीति गर्ने ठाउँ होइन, खासमा अमेरिकामा रहेका हामी नेपालीले नेपालका दलको पोल्टामा छिर्ने खेती गर्नु प्रतिगमनसिवाय केही होइन ।’ दाहालले अप्रिलको पहिलो साता दिनुभएको भिडियो अन्तर्वार्तामा भन्नुभएको थियो, ‘लोकतन्त्र मेरो आस्था हो जो मेरो कर्मभूमि अमेरिका र जन्मभूमि नेपाललाई पनि उत्तिकै आवश्यक छ तर नेका, एमाले, राप्रपा, मोर्चा, एमाओवादीआदि नेपालका दलका लागि हुन्, अमेरिकाका होइनन् ।’ 

उम्मेदवारको विश्लेषण गर्दै क्यालिफोर्नियाका लागि नेपाल सरकारका पर्यटन दूत अनिल पाण्डेले गर्नुभएको टिप्पणी स्मरणीय लाग्छ । पाण्डे भन्नुहुन्छ, ‘हामी अमेरिका आयौँ, तर नेपालको ढिकी–जाँतोको संस्कार छोडनौं, नेपाली सभ्यता र परिवर्तित विकासको स्वरुपबीच तालमेल गराउन सकेनौं, त्यसैले अमेरिकामा आएर नेपालको दलीय राजनीति, जात–जातबीचको विभेद मात्र होइन उतैको आञ्चलिकतालाई समेत काखी च्यापेर यहाँ बरालिइरहेका छौँ, सम्पूर्ण रूपले एकीकृत र सभ्य नेपाली बन्न सकिरहेका छैनौँ ।’

अप्रिल १६ देखि २० सम्म चलिरहेको गैरआवासीय नेपालीको संस्था एनआरएन युएसएको निर्वाचनमा नेपाली राजनीतिक दलको छाया देखिनुलाई सबैले संकीर्णताको परिचायक मानेका छन् । यस तथ्यलाई मनन गरेका अध्यक्षका उम्मेदवार दाहालले डेमोक्रेसीमा विश्वास गर्छु तर दलीय राजनीतिको एनआरएन मान्दिनँ भन्दै पहिलादेखि नै अडान लिँदै आउनुभएको हो ।

‘दलीय राजनीति गर्न मलाई नेपालका ठुला दलहरूले नै प्रस्ताव नगरेका होइनन्, उनीहरूको टिकट लिएर एनआरएनको अध्यक्ष बन्न आग्रह गरेका पनि हुन्, तर मैले भनिदिएँ, ‘अरू सहयोगका लागि म हिजो पनि तयार थिएँ, भोलि पनि रहनेछु तर एनआरएनजस्तो मुनाफारहित समाजसेवी संस्थामा म दलको राजनीति प्रवेश गराउन्न’, समाजसेवी दाहालले भन्नुभएको छ । दाहालले प्रधानमन्त्री सुशील कोइराला, तत्कालीन उपप्रधान तथा गृहमन्त्री केपी शर्मा ओलीलाई अमेरिका भ्रमणका क्रममा आवास, भोजन तथा सुरक्षा प्रवन्ध मिलाइसक्नुभएको छ । रेस्टुरा व्यवसाय र आईटी सेन्टर सञ्चालन गर्दै आएका दाहाल ग्लोबल इन्टर कल्चरल इक्सचेञ्ज नेपाल र नेपलिज एण्ड फ्रेण्ड्स कल्चरल एसोसिएसनका संस्थापक पनि हुनुहुन्छ ।

२१ बुँदे चुनावी घोषणापत्रका कारण चर्चामा रहेका दाहाललाई तीन प्रमुख एजेण्डा सुनाउन अनुरोध गर्दा भन्नुभयो ‘युवा पुस्ता वा नयाँ सन्ततिलाई छात्रवृत्तिमा नेपाल पठाउने, कागजातको अभावमा नेपाल फर्किन नसकेका नेपालीलाई जन्मभूमि आवत–जावतका लागि व्यवस्था मिलाउने र स्वास्थ्य प्रवद्र्धन मेरा प्रमुख विषय हुन् ।’


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक