Similar Articles

एनआरएन अमेरिकाको चुनावमा चारसय उम्मेदवार, सात लाख डलर खर्च हुने अनुमान

बिराट नेपाल

एनआरएन अमेरिकाको निर्वाचनमा करिब चार सय उम्मेदवार हुने भएका छन् । यसले गर्दा करिब सात लाख डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । एनसिसिको १९ पद तथा २१ राज्यका १५ जनाको कार्यसमितिको समेतको खर्चलाई आधार बनाएर तयार पारिएको  à¤¹à¤¿à¤¸à¤¾à¤¬à¤•à¤¾ आधारमा यस्तो खर्च हुने आँकडा निकालिएको हो ।  à¤à¤¨à¥à¤†à¤°à¤à¤¨à¥ चौतारीले गरेको प्रारम्भिक अनुमान अनुसार सात लाख खर्च हुने तथ्याङ्कले देखाएको छ । एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय समितिको अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले एकहजार, वरिष्ठ उपाध्यक्ष  à¥® सय , उपाध्यक्ष पदमा उम्मेदवारीका लागि ७ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । यसै गरी महासचिव  à¥­ सय,  à¤¸à¤¹à¤¸à¤šà¤¿à¤µ र कोषाध्यक्ष पदका लागि ६ सय, कोषाध्यक्ष, प्रवक्ता  à¤®à¤¿à¤¡à¤¿à¤¯à¤¾ कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरमा उम्मेदवारीका लागि ५ सय अमेरिकी डलर शुल्क तोकिएको छ । ७ जना बोर्ड सदस्यका लागि ४ सय डलर शुल्क तोकिएको छ । पाँचजना निर्वाचित हुने एनआरएन आईसीसीको सदस्यमा उम्मेदवारीका लागि पनि १ हजार अमेरिकी डलर शुल्क तोकिएको छ ।

विधान अनुसार धेरै सदस्य भएकाहरु अलाबामा, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, ईलिनोयस, मेरिल्याण्ड, म्यासाचुसेट्स, मिसिगन, न्यू ह्याम्सायर, न्यू जर्सी, न्यू मेक्सिको, न्यूयोर्क, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिलभेनिया, टेनिसी, टेक्सास, भर्जिनिया र वासिंङ्गटन लगायतका २१ राज्यमा ईकाईको लागि समेत चुनाव हुने भएको छ । तीराज्यहरुमा १५ सदस्यीय समिति को प्रावधान गरिएको छ । जसअनुसार ईकाईको संरचना अनुसार अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष एक एक जना र ११ सदस्यीय सदस्य भएको समिति गठन हुने छ । यसमा पनि उमेदवारीका लागि क्रमशः ५००, ४००, ३५० र ३ सय शुल्क तोकिएको छ । ११ जना डाइरेक्टरहरु का लागि २ सय डलर शुल्क तोकिएको छ । विभिन्न २१ वटा राज्यमा रहेका १५ जनाको दरले नयाँ कार्यसमितिको निर्वाचन हुनेछ । यसरी हेर्दा ३३४ पदको निर्वाचन हुँदैछ । यो निर्वाचनमा नेपालमा गाविसको चुनाव जस्तै झल्को हुने सम्भावना प्रबल रहेको छ । एक राज्यबाट कम्तीमा १५ जनाको उम्मेदवारी शुल्क हेर्दा एक राज्यबाट ३५ सय डलर खर्च हुने देखिन्छ । यसरी हेर्दा २१ राज्यबाट ७३ हजार ५ सय डलर खर्च हुने छ । यसै गरी यसमा एक पदमा दुई जना मात्रै उम्मेदवार हुने बित्तिकै १ लाख ४७ हजार डलर खर्च हुने छ । त्यसमा अरू खर्चहरुको हिसाब गर्दा २ लाख डलर खर्च हुने अनौपचारिक तथ्याङ्कले देखाएको छ । साथमा यातायात र खानपीन खर्च समेत हेर्नु पर्ने हुन्छ । 

यता एनसिसि अमेरिकाको निर्वाचनमा होमिएका अध्यक्षहरुको खर्च कम्तीमा पचास हजार हुने अनुमान गरिएको छ । यसलाई यसरी ब्रेक डाउन गरिएको छ, अभियानमा दश वटा राज्यको भ्रमण खर्च,होटल, कार्यक्रम स्थल खर्च ,विभिन्न सङ्घ संस्थाको डोनेशन खर्च र भैपरी आउने खर्च हुन्छ । यसरी हेर्दा अध्यक्षका प्रत्यासीहरुको न्यूनतम पाँच हजार र अधिकतम पचास हजार खर्च हुन्छ । यसै उपाध्यक्ष, महासचिव , वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षहरु अन्य पदमा उम्मेदवारहरुको सूची हेर्दा कम्तीमा ५० जना उम्मेदवार हुने सम्भावना छ । यसरी हेर्दा कम्तीमा राष्ट्रिय समन्वय समितिको निर्वाचनमा मात्रै तीन लाख खर्च हुने देखिएको छ । यसै गरी चुनावको प्रक्रियामा साथी भाइलाई अभियान सञ्चालनका लागि गरिने खर्च को आँकलन निकाल्दा कम्तीमा सात लाख रुपैयाँ खर्च हुने देखिएको छ । नेपाली समुदायका कामकाजी व्यक्तिहरूको पाँच सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा निर्वाचनमा खटिने भएकाले कतिपयले आफनो आम्दानी गर्ने समय समेत वर्वाद गर्दा थपभार पर्ने हुन्छ । यसैले आगामी दिनमा निर्वाचनलाई कसरी मितव्ययी बनाउने भन्ने सन्दर्भमा चनाखो नहुने हो भने महँगो चुनावले प्रवासी भूमिमा नेपालीको समन्वय गर्ने लक्ष्य माथि नै प्रश्न उठने सम्भावनालाई नकार्न सकिन्न ।  à¤šà¥à¤¨à¤¾à¤µà¤•à¥‹ लागि पटक पटक खर्च गर्ने रगराउने परिपाटीका कारण यसको संरुचना चुनावी प्रक्रिया र निर्वाचनका् मिति घोषणा नहुँदा सम्म प्रचार गर्न नपाईने जस्ता आचार संहिता बनाउने पर्ने दायित्व परिषदका पदाधिकारीहरू र निर्वाचन समितिको रहेको छ भन्ने समाचार ग्लोब नेपालमा छापिएको छ। 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक