Similar Articles

म त्याग गर्न तयार छु , डा. केशव पौडेल अध्यक्षका प्रत्यासी, गैर आवासी सङ्घ, अमेरिका

बिराट नेपाल

एनआरएन अमेरिकोको आसन्न निर्वाचन आगामी अप्रिल १६ मा हुन लागेको छ । यसको अध्यक्षका प्रत्यासीका रूपमा डा.केशव पौडेल रहनु भएको छ । पौडेलले आफनो १५ बुँदे घोषणापत्र मार्फत कार्ययोजना सार्वजनिक गर्नु भएको छ । न्यूमेक्सिको राज्यमा चिकित्सा पेसामा संलग्न रहनु भएका डा. पौडेल आफनो उम्मेदवारीको प्रचारको सिलसिलामा विभिन्न राज्यको भ्रमणमा हुनुहुन्छ । यसै सेरोफेरोमा अध्यक्षका प्रत्यासी पौडेलसँग बिआरटि नेपाल ड्ट कमका लागि à¤®à¤§à¥à¤•à¤° अधिकारीले गर्नु भएको कुराकानी

तपाईँलाई मतदाताले कसरी चिन्ने ?
म अमेरिमा एक गैरआवासीय नेपालीको रूपमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेको व्यक्ति हुँ । म नेपाली समुदायमा जहाँ जहाँ बसे ती स्थानहरुमा विभिन्न कार्यक्रमहरू मार्फत सङ्गठित गराउनका लागि पहल गर्दै आएको छु । न्यूयोर्कमा बस्दा पनि विभिन्न तरिकाले सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेको थिए । यसै गरी जनसम्पर्क समितिमा पनि विभिन्न तरिकाले काम गरेको हुँ , न्यूयोर्कमा रहदा समेत नेपाली वालवालिकाहरुको पठन पाठनका लागि भनेर नेपाली पाठशाला समेत स्थापना गर्न पहल गरेको थिए ।

अर्को तर्फ गत वर्ष पनि निर्वाचनको दौरानमा एनआरएनको भिजन कस्तो हुनुपर्छ भनेर सुझाव दिने काममा सहभागी भएको थिए । एनआरएनको सदस्यको रूपमा अन्र्तराष्ट्रिय क्षेत्रीय सम्मेलनहरुमा भाग लिने देखि पछिल्ला दिनहरूमा एनआरएनको भवन वनाउनका लागि समेत सकेको पहल गर्दै आएको छु । अन्र्तराष्टिय रूपमा आवश्यकता अनुसार समन्वय गर्ने र अमेरिकामा प्रत्यक्ष रूपमा सहभागी हुने काम गरे । यसै दौरानमा यस पटक सदस्यताको विस्तार गर्ने सिलसिलामा मैले विभिन्न १२ स्थानमा सदस्यताको विस्तार गर्ने काम ९ मेम्वरसीप ड्राईभ० मा योगदान दिएको हुँ । यस हिसाबले एनआरएनका लागि म एक ईमान्दारितापूर्वक क्रियाशील व्यक्तिको रूपमा लागेको छु ।

पछिल्ला दिनहरूमा एनआरएनमा राजनीतिक पृष्ठभूमिको उम्मेदवारहरुको हाबी भए भन्छन्, तपाईँको पनि विगतमा राजनीतिक पृष्ठभूमिबाट आउनु भएको हो, यसलाई कसरी लिनु भएको छ ?
सबैभन्दा पहिलो कुरा के स्पष्ट पारौ भने हामी अमेरिकामा बसिरहेका छौँ, यो देशको विशाल संरचना भित्र हामी जति नेपाली आएका छौँ ती सबै पहिला एनआरएन हुन् । हामीहरूको पृष्ठभूमि राजनीतिक रूपमा बढी छ, किनकि तुलनात्मक रूपमा नेपाली जनता राजनीतिक छायाँ भित्र वाँधिएको स्पष्ट हो । जस्तो अमेरिकाका जनता २५ प्रतिशतले चुनावमा भाग लिन्छन भने नेपाली जनता ७० प्रतिशत भन्दा बढीले मतदान गर्ने गर्छन् । त्यसैले त्यहाँबाट आएका हामी राजनीतिक पृष्ठभूमिमा हुने भैहाल्यौं । यसलाई त्यति बढी चर्चा गरिनु आवश्यक छैंन ।

दोस्रो मेरो राजनीतिक करिअर नेपालमा जोडिएको हो । तर म विद्यालय तहवाट नै सामाजिक रूपमा होमिएको व्यक्ति हुँ, मैले रेडक्रस जस्तो संस्थामा बसेर काम गरेको थिए भने पछि उच्च शिक्षा अध्ययनमा राजनीतिक रूपमा वाँधिन पुगेको हुँ । तर अहिले म कुनै राजनीतिक रूपमा सहभागी छैंन् । तेश्रो कुरा यदि राजनीतिक रूपमा आएको भएपनि उसले सामाजिक संस्थाको नेतृत्वमा जानका लागि आफनो संलग्नता र समय बढी भन्दा बढी सामाजिक संस्थामा दिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । किनकि सामाजिक संस्था चल्ने भनेको त्यसको विधि र प्रक्रिया अनि प्रतिपादन गरिएका विधान तथा वाईलजको आधारमा चल्ने हुन् ।

तर अहिले एनआरएन अमेरिकाको उम्मेदवारी दिएकाहरु अधिकांश रूपमा राजनीतिक रूपले अभिप्रेरित जस्तो देखिएका छन् नि ?
त्यो केहीको हकमा लागू हुन सक्छ । तर मैले माथि नै भनिसकेको छु कि राजनीतिक पृष्ठभूमिका वावजुद पनि सामाजिक संरचनामा गैसकेपछि उसको भूमिका र दायित्व फरक हुन्छ । त्यसैले राजनीतिलाई कम समय र सामाजिक संस्थालाई बढी समय दिएको खण्डमा राम्रो हुन्छ भन्ने मेरो मान्यता हो । मैले त्यसलाई पूर्णत आत्मसात गरेर अगाडि वढने छु ।


तपाईँ एनआरएन अमेरिकाको अध्यक्षको रूपमा उम्मेदवार रहनु भएको छ र पन्ध्र बुँदे घोषणा पत्रसार्वजनिक गर्नु भएको छ , तर तपाईँ मुख्य ध्यान के मा रहेको छ ?
हो, तपाईँले भन्नु भएजस्तै मैले मेरो कार्ययोजनको बारेमा विभिन्न पन्ध्र बुँदा सहित मैदानमा आएको छु । यसको अलावा मैले मुख्य रूपमा पाँच छ वटा विषयलाई बढी केन्द्रित गर्न चाहन्छु । पहिला, नेपालीहरू खास गरी अमेरिकामा रहेका नेपालीहरूको नागरिकताको विषय छ । त्यसको लागि आगामी संविधानमा कसरी समावेश गर्ने । दोस्रो, नेपाली मूलका अमेरिकी या नेपालीको बिचमा लगानीको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा एक वृहद गृहकार्यको् खाँचो छ । त्यसको लागि ठोस रूपमा कार्यान्वयन गर्ने मेरो सोच छ । तेश्रो यहाँ रहेर विज्ञता हासिल गर्नु भएका व्यावसायिक व्यक्तिहरूको फोकल ग्रुप बनाउने जसले प्रविधिको रूपान्तरण गर्दै नेपालको आर्थिक ,सामाजिक विकासमा योगदान दिन सकोस् । यस्तो फोकल प्वाईन्ट विभिन्न पेशागत ढाँचामा हुन्छ । जस्तो कानुन व्यवसायी, वित्तीय परामर्शदाता, चिकित्सक, वैज्ञानिक,इन्जिनियर आदि । चौथो, नेपाली समुदायलाई अझ व्यापक रूपमा यस संस्थामा आवद्ध गराउँदै उनीहरूको समस्यालाई सम्बोधन गर्नका लागि क्षेत्रीय रूपमा फोकल व्यक्तिहरू मार्फत काम गर्ने , पाँचौ बिस्तारै वढदै गएको नेपाली समुदायको कला,संस्कृतिको जर्गेना गर्दै परम्परागत रूपमा मानिदै आएका विभिन्न सामाजिक कार्यहरूको लागि कम्युनिटी सेन्टर निर्माण गर्ने । यसमा मेरो सोच भन्नु हुन्छ भने हरेक एउटा राज्यमा कम्युनिटी सेन्टर बनाउने र त्यसको लागि अमेरिका भरि रहनु भएका नेपालीहरूलाई आव्हान गर्ने हो । अर्को विभिन्न स्थानमा शवदाह गृह बनाएर नेपाली परम्परा अनुसारको अन्तिम कर्म गर्ने सेवा पनि दिनु पर्ने आवश्यकता छ ।

यसै गरी दोहोरो कर प्रणालीबाट कसरी मुक्त गराउने भन्ने विषयमा सरोकारवाला पक्षहरुसँग सम्वादको थालनी गराउने, नेपालको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने लगायतका रहेका छन् । अर्को नेपालीहरूले स्वदेशमा कसरी लगानी गर्ने भन्ने विषयमा पनि जानकारी दिनका लागि एउटा संयन्त्र मार्फत काम गराउने सोचमा रहेको छु ।  à¤à¤¨à¤†à¤°à¤à¤¨à¤•à¥‹ संरचना भित्रमा कम्तीमा वर्षमा दुई पटक भौतिक उपस्थितिका आधारमा बैठक गर्ने सोच पनि मैले राखेको छु ।

तपाईँ आफूलाई कसरी सशक्त दावेदार भन्न सक्नुहुन्छ ?
हेर्नोस पहिलो कुरा त म नेपाली समुदायमा भिजेर काम गरेको मान्छे हुँ । दोस्रो मेरा साथी भाइ सर्कल र मिडियाका साथीहरूको भनाइले मलाई उच्च आत्मवलका साथ मैदानमा होमिएको हुँ । तेश्रो पक्ष भनेको मेरो समाजसेवाको भावना र मैले गरेको कामबाट अमेरिकामा रहुन भएका नेपालीहरू जानकार हुनुहुन्छ ।यसले गर्दा मलाई मेरा शुभचिन्तकहरुले दिनु भएको आशीर्वाद तथा अरू धेरैको सदभावको कारणले मेरो उपस्थिति मजबुत छ भन्ने लाग्छ ।

एनआएनको चुनावी प्रक्रिया खर्चिलो भन्ने आएको छ, तपाईँको विचारमा यसलाई कम गराउन के गर्न सकिएला ?
हेर्नोस तुलनात्मक रूपमा अमेरिकाको विभिन्न राज्यमा आवातजावत गर्न खर्चिलो छ, किनकि हामी यस्तो देशमा बसेका छौँ त्यहाँ खर्चिलो प्रणाली  à¤› । साथै एक राज्यबाट अर्को राज्यमा जाँदा यातायात, खानपीन र बसाइमा खर्च बढी हुने हुँदा यसलाई पनि केही न्यूनीकरण गर्न सकिन्छ की भनेर नै क्षेत्रीय अवधारणमा जानु पर्छ भन्ने मान्यता बोकेको हुँ । यसलाई आत्मसात गर्दै मैले क्षेत्रीय रूपमा फोकल प्वाईन्टको अवधारणामा जाने भन्ने सोच लिएको हुँ । अबका दिनमा एनआरएन अमेरिकामा विभिन्न राज्यमा रहेका स्थानीय च्याप्टरहरुले पनि यसलाई टेवा पुरयाउने छन् भन्ने मेरो विश्वास छ । यसैले खर्च गर्न नसक्ने तर बौद्धिक रूपमा क्षमतावान व्यक्तिहरूलाई एनआरएनको प्लेटफर्मले हतोत्साही बनाउनु हुँदैंन भन्ने मेरो मान्यता हो । त्यसैले जसको जेमा क्षमता त्यो अनुसार यसको सञ्चालन हुनुपर्छ र सवैललाई समेटिनु पर्छ ।

तर तपाईँको प्रचार अलि भडकिलो भयो भनिन्छ नि ?
कसले कुन रूपमा भडकिलो भयो भनेका हुन त्यो मलाई त्यति जानकारी भएन । तर अहिले भएका उपलब्ध प्रविधिको अधिकतम उपयोग गरेर हामी प्रचारमा लागेका छौँ, अर्कोतर्फ तपाईँ जस्ता मिडियाका साथीहरूले दिनु भएको कभरे्जका कारणले पनि प्रचारमा बढी आएको जस्तो देखिएको हो । तर समुदायसँग नै बढी अन्र्तक्रिया गर्ने र यो संस्थालाई सबैको साझेदार संस्थाको रूपमा स्थापित गराउदैं अगाडि बढाउने मेरो चाहना हो । यसमा सबैको सहयोग चाहिन्छ ।

अनि सहमतिको सम्भावना र त्यागको सम्भावना के छ ?
म यस विषयमा निकै सकारात्मक छु । मैले के भनेको छु भने यदि राम्रो तरिकाले प्रस्ताव आउँछ र सर्वसम्मत रूपमा एउटा खाका आउँछ भने म त्याग गर्न तयार छु । यदि सबै समेटिने खालको वातावरण बन्छ भने म कुर्वानी गर्न हदै सम्म लचिलो भएर सहयोग गर्नेछु । यदि हामी बाहेक अरू कोही आउने हो भने पनि त्यसको लागि छलफल र गृह कार्य गर्न तयार छु । किनकि यसले नै सबै नेपालीले जित्ने वातावरण बन्छ भन्ने मान्यता हो । साथै, यस्ता क्रियाकलापहरुले नै सकारात्मक सन्देश दिन्छ भन्ने मेरो धारणा पनि हो । यसैले गत वर्ष जस्तै एउटा खाका बनाउन सकिन्छ भने म आफनो तर्फबाट हरेक कोणमा छलफल गर्न सदैव तयार छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक