Similar Articles

एनअारएन सन्दर्भ : हार स्विकार्न नसकेर गरिएकाे आत्महत्या--सागर घिमिरे

बिराट नेपाल

सबैलाई थाहा थियाे एनअारएन युएसएकाे फितलाे चुनाव पद्धतीकाे बारेमा ।  à¤šà¥à¤¨à¤¾à¤µ पछि मात्र हाेइन चुनाव अघिनै सबैले अड्कल बाजी गरकै थिए याे पद्धति सही पद्धति हाेइन भनेर । तर यहाँका मिडिया पर्यबेक्षक वा भनाै नेपाली समाजकाे पक्षमा बकालत गर्ने सङ्घ सस्था र व्यक्तिहरू सबै चुप लागेर बसे कसैले आवाज उठाउने हिम्मत सम्म गरेनन् किनकि परिणाम अन्याेलमा थियाे ।  à¤•à¤¸à¥ˆà¤²à¤¾à¤ˆ कस्ले जित्छ भन्ने बारेमा अडकल् काट्न गार्हाे थियाे त्यसैले कसैले चुनाव पद्धतीकाे बारेमा आवाज उठाएनन् ।  à¤¸à¤¬à¥ˆ उम्मेदवाहरुलाइ विश्वास थियाे खल्तिमा बाेकेर हिडेकाे मतदाताकाे इमेलकाे लिस्टले आफूलाई नै जिताउछ भन्नेमा ठुक्क थिए, जब परिणाम बाहिर अायाे अब चिच्चाउदै छन् चुनाव पद्धति ठिक भएन भनेर। त्यति मात्र हाेइन चुनाबकाे परिणाम नअाउदासम्म चुप लागेर बसेका यहाँका ठुला नेपाली मिडिया भनाउदाहरु पनि यतिबेला सम्पन्न भैसकेकाे चुनाव पद्धतीकाे बारेमा प्रश्न उठाउदै छन् । यत्राे चुनाव सम्पन्न हुनु अघि या भनाै बिगतकाे चुनाबकाे पद्धतीकाे बारेमा किन जानकार थिएनन् काेही ? चुनाव अघिसम्म त्यही प्रकृयाकाे बकालत गर्ने, हस्ताक्षर गर्ने अनि जब परिणाम अर्काकाे पाेल्टामा गयाे तब गुठ बनाएन बिराेधकाे हस्ताक्षर सङ्कलन गर्दै हिडने कहाँ सम्मकाे न्यायाेचित कुरा हाे याे ? अर्काे कुरा निर्वाचनकाे यस्ताे फितलाे पद्धति हुनुमा दाेष कस्काे बिगतकाे कार्यसमितिकाे, निर्वाचन अायाेगकाे अथवा उम्मेदबारकाे, छानबिन हुनु यस्मा जरुरी थियाे जब विगतमा भएका निर्वाचनले पाठ सिकाइसकेकाे थियाे त अिहले आएर फेरी त्यही पद्धति किन ? 

अमेरिका जस्ताे देशमा एनअारएनकाे चुनाबकाे पद्धति हेर्ने हाे भने साच्चिकै लाजकाे मर्नु थियाे भन्दा फरक पर्दैन नाम मात्रकाे अनलाइन । जाे काेहिले इमेल अाइडि बनाएर दश डलर खर्च गर्न सक्थाै त एनअारएनकाे आधिकारिक सदस्य बन्न सक्ने थियाे, न कुनै परिचय खुलाउन सक्ने Verify System थियाे न कुनै सुरक्षात्मक आधार थियाे, अचम्मकाे कुरा एउटै कम्पयुटर अथवा डिभाइसबाट हजाराै भाेट समेत गर्न सकिन्थ्याे कुनै IP Address पत्ता लागाउने सिस्टम समेत थिएन । हासाे लाग्दाे कुरा यदि कसैले ३ महिनाकाे चुनाव अवधिभर चार हजार नयाँ इमेल अाइडी बनाएर चालिस हजार डलर खर्च गर्न सक्थ्याे त त्याे नै एनअारएन एनसिसि युएसएकाे अध्यक्ष पदमा भारी मतले विजयी हुन सक्थ्याे । याे सबै याे पटक मात्र हाेइन विगतका समेत भएकाे कुरा हाे, याे हुनुमा वास्तवमा दाेषी के अिहले निर्वाचनमा विजयी हुनेहरु हुन वा विगतमा एनअारएनकाे जिम्मेवार पदमा बसेर यस्ताे फितलाे पद्धति समेत सुधार्न नसक्ने हरू हुन । हाे अहिलेकाे निर्वाचन स्वच्छ  à¤°à¥‚पमा सम्पन्न भयाे भन्नु मुर्खता हाे तर चुनाबकाे परिणाम नअाउदा सम्म चुप लागेर बस्ने जब नतिजा अायाे तब हारेकाे रिसमा धाधली भयाे बरखास्त गर्नुपर्याे भन्दै हिडनु हार स्विकार्न नसकेर गरिएकाे आत्महत्या हाे भन्दा फरक नपर्ला । 

चुनाव सम्पन्न भएर नतिजा नअाउदा सम्म तिनै उम्मेदबारकाे फेसबुक पेजमा चुनाव धाधली रहित र स्वच्छ रूपमा सम्पन्न गर्नु भएकाेमा सम्पूर्ण मतादातालाइ धन्यवाद भनेर देखिनु जब नतिजा हारेकाे अाउछ तब चुनावमा धाधली भयाे छानिबन गर्नु पर्याे भन्दै हस्तान्तरण सङ्कलन गर्दै हिड्नु के यही हाे अमेरिककाका प्रत्यासी उम्मेदवारकाे हैसियत ?
======================================================
चुनाब सम्पन्न भएपछि अध्यक्ष उम्मेदवाहरु द्धारा स्वच्छ र धाधली रहित रुपमा निर्वाचन सम्पन्न भएकाेमा साेसिएल मिडिया मार्फत मतदातालाइ धन्यबाद दिदै /

चुनाब सम्पन्न भएपछि अध्यक्ष उम्मेदवाहरु साेसिएल मिडिया मार्फत मतदातालाइ धन्यबाद दिदै


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक