Similar Articles

संस्मरण

"ति दिन हरु ..........! शेखर ढुंगेल

बिराट नेपाल

जुन दिन मैले जीवनको ब्यबहरिकता महसुस गरे त्यो दिन देखि नै मैले सबै भन्दा बढी मन न पराएको केहि  चिज छन  ति मध्य एक आडम्बर ,दुइ समय ,तिन झुठको खेति र चार गणेश प्रवृति हो । जति ओढ़दिन भन्छु आडम्बर को छाता अनेक सामाजिक बहाना बनाएर मेरो टाउको मा बस्न छोडेको होइन l जति टाढा हुन् खोज्छु भाग्न खोज्छु सम्बन्ध बिच्छेद गर्न खोज्छु यो समू झन झन सधै सधै म भन्दा अगाडी नै कुदी रहेको छ म भने उसको पछी पछी कुदी रहेको छु l उसको प्यारो दास बनेर कुदेको कुद्यै छु ।अब त् निश्चित र ढुक्क भै सकेको छु समय ले मलाइ चिता सम्म धकेली रहन्छ धकेली रहन्छ जब म उसको आदेश मान्न असमर्थ हुन्छु  म  उसको पछी पछी कुद्न छोडी दिन्छु अनि त्यो पनि म देखि हार खाएर घाट बाट फर्कन्छ मलाइ त्यहि छोडी अर्को दास को खोजीमा …….

अ साच्ची प्रसंग के पो थियो उह जीवन का ति दिन हरु l त्यो दिन हरु जुन मेरो मस्तिस्क मा आज सम्म ताजै छ l जन्म थलो कटुन्जे भक्तपुर को शुसिला भैरब स्थान वा धाराटोल पनि भन्छन l ४ गणेश मध्य एक सुर्य बिनायक मन्दिर /जंगल भन्दा पश्चिम भाग मा रहेको सामान्यतया बिना समुन्द्र को टापु जस्तो अग्लो भूभाग जसलाई पिपल डाडो नामाकरण गरिएको छ त्यहि डाडो को पनि पश्चिम काख मा रहेको थियो मेरो जन्म भुमि मेरो घर जहाँ निल काडाले ढाकेको गोरेटो बाटो थियो ।।घर नजिकै लामो इतिहास बोकेको  शुसिला भैरब स्थान मन्दिर छ  l त्यहि मन्दिर को आडमा सम्भबत संसार कै चौडा फेद भएको वृक्ष मध्य एक  काप्रो को बिशाल वृक्ष थियो त्यो वृक्ष को फेद मा गोलाकार दुइ खण्ड(step) को चौतारो थियो l त्यहि चौतारो मा गाउका बुढा देखि बच्चा सम्म कों कोइ  सुर्योदय देखि अस्त सम्म अटुटरुपमा बसी रहेकै हुन्थ्यो ।आफ्नो स्कुलिंग नै त्यहि चौतारी बाट सुरु भएको हो । बुढा पाकाहरुको मुखबाट अनेकौ पौराणिक कथा, उखान टुक्का  सामान्य इतिहास ,सस्कृति लगायत ज्ञान गुण का कुरो देखि बुढा हरुका उबद्र्या कुरा को सामान्यज्ञान को खानि त्यहि चौतारो बाट प्राप्त भएको  थियो l तर अहिले त्यो वृक्ष काटिएको खबर पाउदा मन मा ठुलो  दुख लागेको छ । सामान्य र  व्यक्तिगत सुबिधा को लागि लामो इतिहास बोकेको त्यो वृक्ष नास गर्न न हुने थियो ।त्यसमा पनि काप्रो को पात आफैमा दुर्लभ र महौषधि थियो । त्यो बिशाल काप्रो  को वृक्ष मा अर्को दुर्लभ जन्तु ?(पन्छी )चमेरो को घर थियो l

सैयौ चमेरो हरु रात  भर त्यो वृक्ष को तोडको मा बस्दथे अनि दिन मा यता उति जान्थे खास  गरि भक्तपुर सल्लाघारीको बिसाल अग्ला  सल्लाका रुख हरुमा झुन्डिएर बसेको द्रिस्य पर्यटक हरुको लागि पनि आकर्षण बनेको हुन्थ्यो  l  कटुन्जे को पिपल डाडो जुन सामान्यतया उपत्यकाको सबै भाग बाट देखिन्थ्योl मेरो अफ्नो घर को झ्याल बाट घन्टाघर ,गौचरण (हाल को त्रिभुवन विमानस्थल),धरहरा ,बौद्ध र स्वयम्भु नाथ को मन्दिर स्पस्ट देखिन्थ्यो ,बिहान सबेरै सबेरै उत्तर पट्टि हासी रहेको हिमाल लाइ टाढै बाट दर्शन गरिन्थ्यो किन कि हिम पर्बत मा शिब जी भगवान बस्नु हुन्छ भनेर बताइएको थियो l  पहिलेको कुरो  अहिले कस्तो छ  थाहा छैन केहि बर्ष अगाडी जापान जादा जापानिज हरुले त्यहाँ को उच्च पर्बत फुजी लाइ फुजी सान (जी ,ज्यु )भनेर आदर पुर्बक सम्बोधन गरेको सुन्दा उहिले हिमाल लाइ आदर गरेर नमस्कार गर्ने हाम्रो सस्कार पनि राम्रो नै थियो भन्ने महसुस भएको थियो ,कटुन्जे मा अहिले पनि रहेको पिपल बोट  त्यहि पिपल होरे जुन पिपल ऐतिहासिक राजा बिक्रमादित्यको कुनै रानी को दरबार थियो रे त्यहाँ अनि दरबार को कौसीमा त्यो पिपल थियो रे कुनै बेला को भूकम्प ले दरबार भास्सिदा त्यो पिपल को रुख मा बस्ने पुतली मध्ये बत्तिस वटा  बाट पुतली उडेर अहिले को बानेस्वर स्थित बत्तीसपुतली  को कुनै रुख मा गएर बसे रे त्यहि दिन देखि त्यो ठाउ को नाम बत्तिस पुतली भएको रे भनेर त्यहि शुसिला भैरब मन्दिर को चौतारीमा आफु भन्दा ठुला ले बताएको गफ हो जुन आज सम्म अमिट भएर बसेको छ l

शुसिला भैरब मन्दिर मा पहिले पहिले प्रत्यक दिन बिहान गाउका नेवार समुह को (गुठि )टोलि ले भजन गाउने गर्दथेl  खोइ  कति बर्षको थिए कुन्नि त्यहि ५ सय मिटर कै दुरी मा पर्दथ्यो घर मन्दिर मा भजन गएको आवाज सुनिन्थ्यो तर शब्द बुझ्न गार्हो  भएर होला मेरो कान मा भने "भैरब नाथ खिच्चा  चा ,पशुपति खिच्चा चा l l l के के खिच्चा चा भनेको सुन्थे (खिच्चा चा भनेको नेवारी भाषामा कुक्कुर हो ) अब मेरो दिमाग घुम्न थाल्यो  हे राम भगवान हरु लाइ किन कुक्कुर भनेको होला भनेर…..  त्यो दिन त्यसै भयो भोलि पल्ट शनिबार गए मन्दिर अनि नजिकै बसेर सुने   आखिर भनेका रहेछन भैरब नाथ कि जय जय जय  ,पशुपति नाथ को जय जय l जय सुनियो अर्कै l त् कसको के लाग्छ ?आफु ८/१० बर्ष को हुदा त्यस बेला ५०/६० पुगेका बाजे कुप्रो बाजे हरु आफ्नो बच्चा बेला को कथा सुनाउथे अचम्म लाग्दथ्यो अबिस्वसनिय नै लाग्दथ्यो l

५ रुपिया माना घ्यु किन्ने बेला मा रुपिया को ५ माना घ्यु किन्थ्यौ भन्दा पत्याउनु पनि कसरि ?आज आफै ५ दश को ढोकामा प्रवेश गर्न लाग्दा आफ्ना बच्चा लाइ भक्तपुर बाट त्यस बेला साझा बस चल्नु भन्दा पहिले आक्कल झुक्कल भेट्टाए लहरी नत्र हिडेर नै काठमाण्डौं जान्थ्यौ भन्दा पत्याउदैनन् ……. वाह ति दिन हरु बच्चा बिरामी हुदा प्राय ज्ञानेश्वर मन्दिर र स्वयम्भु मन्दिर को लागि चामल मंछेर हे ज्ञानेश्वर हे स्वयम्भु नाथ मेरो छोरो लाइ छिट्टै निको बनाइ देउ म छिट्टै तिम्रो दर्शन गर्न लेराउछु भनेर सो मन्छे को चामल फुल अबिर कसरी एउटा चोखो सेतो कपडा मा बाधेर राख्ने गर्थे अनि एक दिन गाउका छर छिमेकी मिलेर संगै हिडेर ज्ञानेश्वर स्वयम्भु पुगी फर्केर आइन्थ्यो l l आफु लाइ त् आमा दिदि ले बोकी हाल्थे उनि हरु लाइ कति गार्हो भएको थियो होला ?अहिले महसुस हुदैछ l अझ म त्यो १०/१२ बर्ष को हुदाँ स्कुल बाट फर्केर आए पछी हिउद मा आफ्नो करेसा बारी मात्र हो र ?लगभग ६ रोपनी बारीको पाटो  एक्लै ले सेल रोटि जस्तो घुमाइ घुमाइ ड्यांग बनाएर खन्थे भन्दा ज्यान गए विश्वास गर्दैनन l अहिले सम्झन्छु म आफै लाइ पनि न त् आट आउछ पनि l  त्यति खन्न सायद १५ /२० दिन लाग्दथ्यो जुन एक व्यक्ति को लागि ज्याला ५ रुपिया वा एक पाथी मकै  र ८/१० जना  खेताला ले खन्नु पर्ने हुन्थ्यो l त्यति खनेर आमा सित झगडा गरेर ५०पैसा लिन्थे अनि दौडन्थे नव दुर्गा चलचित्र मन्दिर भक्तपुर मा सिनेमा हेर्न l त्यस बेला तेस्रो श्रेणी अर्थात थर्ड क्लास को पैसा तिर्नु पर्थ्यो l तिन रुपिया पचास पैसा तिरेर बाल्कोनी मा बसेर हेर्ने त् सपना नै हुन्थ्यो l पहिलो पटक बाल्कोनी मा बस्ने मौका त्यस बेला मिल्यो जुन बेला कान्छी  दिदि दानु को बिबाह भएको थियो भिनाजु बद्रि रिसाल ले दिदि लाइ सिनेमा हेर्न लैजान खोज्दा दिदि  लाज ले जान न मानेर म साथी जानु परेको थियो l आफु लाइ बिशेष गरि दिलिप कुमार को चलचित्र अति नै मन पर्थ्यो l

उनले खेलेका प्रेम कथामा आधारित सिनेमा झन मन पर्थ्यो l कतिपय सिनेमा मा उनले आखा फुटाएको द्रिस्य मन मा प्रभाब पार्ने हुन्थ्यो l के कुरो गर्ने अहिले ?दोस्ती  दुइ मित्र (अन्धो र लंगडो ) को कथा ११ पटक सम्म हेरियो दिलिप कुमार कै यहुदी ,दाग l र कोहिनुर जस्ता सिनेमा ५/५ पटक सम्म हेरियो l मेरे हम सफर सिनेमा हेर्दा आखा बाट तररर आशु आएको थियो l अझ अर्को घटना ताजै च मन मा एक जना दिदि हुनु हुन्थ्यो संगै काम गर्ने शाही औषधि लिमिटेड मा वहा को श्रीमान के बि खड्का अति भद्र मान्छे  एक दिन अफिस मा आउनु भयो र मलाइ समेत भक्तपुर उही सिनेमा घर मा लिएर जानु भयो यहि मेरी हम सफर सिनेमा हेर्दा हेर्दै दुवै जना नै यसरि रुनु भयो कि म पनि  रुन थाले l अब त् त्यस्ता प्रेम कहानी नै वाहियात लाग्न थाल्यो l आखिर एउटा ले कल्पेको कथा मा काल्पनिक पात्र लाइ पर्दा मा देखाएर संगित ले रंग भरेर प्रस्तुत गरिने सिनेमाले कसरि मन मा प्रभाब पार्न सक्छ आज सम पनि खोजीकै बिषय भएको छ l त्यस बेला चलेकै दिन हेर्ने पर्ने बानि अब दुइ ४ बर्ष मा पनि एउटा सिनेमा हेर्न न इच्छा हुन्छ न समय निकाल्न सकिन्छ l

अहिले के अनुभूति भै राखेको छ भने त्यस बेला पैसा को मुल्य थियो बस्तुको(जमिन ,खाने कुरो l लत्ता कपडा ) मूल्य थिएन l अहिले बस्तु को मुल्य बढेको छ पैसा को मुल्य धेरै नै अबमुल्यन भएको छ । ३२ सालमा  हामीले  १२०० मा डेढ रोपनी जग्गा बेचेको थियौ  अज त्यो जमिन को भाउ आना को ६ लाख पुगेको छ l  हा…  हा….  हा….  हा…..  हा….  हा….  समय र परिबर्तन !कहिले काही त् आफैले भोगेको र व्यहोरेको यथार्तता आज आफै लाइ अबिस्वसनिय झैँ लाग्दछ l अहिले अमेरिका मा नै छन् एक जना छिमेकी जो नेपाल मा प्रतिष्ठित सस्था को प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए र अहिले पि एच डी  लेख्छन नाम को अगाडी  l आफ्नो भन्दा तिन  चार बर्ष मात्र जेठा हामि त्यहि ५/७ जना हुन्थ्यौ स्कुल जाने एउटा समुह त्यसमा अहिलेका पि एच डी ले भनेको हामीले मान्ने पर्ने वा मान्ने गर्दथ्यौ l कटुन्जे देखि पैदल भक्तपुर शहर भित्र रहेको पद्मोदय हाइ स्कुल l बिद्यार्थी निकेतन ,शारदा माध्यमिक स्कुल l सरस्वती बिध्यागृह जस्ता थोरै मात्र माध्यमिक बिध्यालय हरु थिए त्यस बेला हामि ति मध्ये एक  मा पढ्न जान्थ्यौ l कटुन्जे बाट हनुमन्ते खोला सल्लाघारी पार गर्दै तत्कालिन शाही नेपाली शेना को काली बक्स गण को बाटो हुदै स्कुल पुग्ने गर्दथ्यौ l कहिले काही आकल झुक्कल बनेपा धुलिखेल चल्ने बस आइ पुगे सुर्य बिनायक सम्म पुगेर हिडेर जानु पर्थ्यो l

प्राय जस्तो आ आफ्नो घर मा पालेको गाइ हुन्थे साथमा गाइ लाइ त्यहि काली बक्स गण अगाडी को चौर (टुँडिखेल )मा छोडेर स्कुल जान्थ्यौ र फर्कदा पनि गाइ धपाउदै घर आउथ्यौ l त्यो टुडिखेल मा केहि साँढे हरु हुन्थे ति साँढे हरु भक्तपुर जिल्ला का बिभिन्न गाउ बाट प्रजनन को लागि उपयोग हुन्थे l अहिले का ति पि एच डी गाउले छिमेकीले  सिनेमा हेर्न, साइकल भाडा मा लिएर चढ्न पैसा जोड्न काइदा को जुक्ति निकाल्ने गर्दथे l त्यो मध्ये एक थियो टुडिखेलमा प्रजनन को लागि गाउ बाट लेराएको गाइ लिएर कोइ आयो भने साँढे खोजेर धपाएर लेराइ घेरा हालेर गाइ को नजिक पुर्याई दिने काम थियो l प्रजनन कार्य गराई दिए बापत गाइ धनि बाट सुको मोहर वा रुपिया समेत हात लाग्दथ्यो l अनि कि त् सिनेमा हेर्न गयो कि त् ढुध पाटि मा रहेको बुलाल को साइकल पसल मा गएर एक घण्टा को लागि एक मोहर तिरेर साइकल टुडिखेल मा लेराएर पालै पालो चढ्यो बस l साइकल भाडा मा लिएको एउटा ठुलो घटना पनि याद छ  अझै एक दिन  थिमि बाट साइकल भाडा मा लिएर पशुपति सम्म आइयो l दिनभरिको दुइ रुपिया लिन्थ्यो l मधु ढुंगेल र म पशुपति घुमेर गाउ मा एक फन्को लगाइयो l साइकल चढ्नु पनि गौरब को कुरो थियो समय र उमेर न हो ?जब साझ साइकल बुझाउन जादै थियौ  मैले चढेको साइकल को हांडील मुनि को भाग नै भाचियो l त्यो दिन साइकल मधु को नाम मा लिएको थियो कारण के भने थिमि को त्यो साइकल पसले ले मलाइ चिन्दैनथ्यो मधु को बुबा गाउ को प्रधान पंच(नेत्र नाथ शर्मा )भएको ले सबैले चिन्ने नै भए l त्यसैले उसको नाम मा लिएको थियौ l अब के गर्ने साइकल भाच्चियो के कति तिराउने हो भन्ने डर लाग्यो l बिस्तार डोर्याएर लगेर साइकल अलि कुना मा लगेर राखेर   हिड्न के लागेका थियौ ओ ब्रम्ह चा (बाहुन ) यो साइकल किन भाचेको लौ पैसा तिर भनेर हामि लाइ समात्न आयो l बगली मा सुको छैन के गर्ने ?मधु  लाइ त् समाती  हाल्यो म बुर्कुसी मारेर भागे l धेरै बेर पछी मधु त् आयो तर लगाएको कोट पसले लाइ बुझाएर l  मधुको आमा मिना मिस सार्है कडा मान्छे  म त् डर ले केहि दिन मधु को घर मा नै गएको थिएन ,केहि दिन पछि थाहा भयो अर्को दिन एक जना दाइ हुनु हुन्थ्यो प्रहरी मा त्यहि थिमि मा सिताराम ढुंगेल वहा ले लेराइ दिनु भएछ कोट….. पसले लाइ हप्काएर केटाकेटी लाइ साइकल दिनु हुन्छ भनेर उल्टो तर्साएर………..
क्रमश………………….


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक