Similar Articles

संस्मरण

"ति दिन हरु (२ )....." शेखर ढुंगेल

बिराट नेपाल

बास्तबमा मलाइ यो ति दिन हरु को सृंखलाहरु लेख्ने जोस वा प्रोत्साहन नेपाल का कुनै बेलाका स्थापित हास्यकलाकार( बिशेष गरि मंच नाटक मा) श्री तैयब शाह जो अहिले भारत को नया दिल्ही मा आफ्नो ब्यबसाय गरेर बस्नु भएको छ वहा बाट पाएको हु  । तैयब जी ले एक दिन आफ्नो फेसबुक स्टाटस मा लेख्नु भयो "यदि कोइ मानिस ले अफ्नो जवानी मा कुनै सरारत गरेको छैन भने यसको बुढेशकालमा हास्ने केहि चिज नै हुँदैन "स्टाटस मा रहेको अंग्रेजी शब्द जस्ता को तस्तै "IF YOU DO NOT DO STUPID THINGS WHILE YOU ARE YOUNG, YOU WILL HAVE NO THING TO SMILE ABOUT YOU ARE OLD ..." अनि मैले सोचे किन म पनि जिन्दगि का ति क्षण मा गरेका सरारत हरु सबै लाइ न बाड्ने ?भन्ने लाग्यो र सम्झना भए सम्मका घटना लाइ प्रस्तुत गर्ने प्रयास गरेको छु ।

साच्चिकै कहिले काही जब एकान्त बाताबरण मा हुन्छौ अन्य सपना कल्पना योजना को अलावा मन बिगत का ति पल हरु मा फर्कन्छ जो सधै अबिस्मरणीय रहेको हुन्छ । कहिले दुख का कहिले सुखका त् अझ माथि भनिएझै बच्चा, नब युवा हुदा समय, परिस्थिति, स्थान अनि बाताबरण अनुसार जान अन्जानमा गरिएका कतिपय काम वा घटना हरु ले मन मा बास गरेका हुन्छन । र आज का आफ्नै सन्तान वा छर छिमेकी वा नया पुस्ता लाइ बतायो भने कुनै शर्तमा बिस्वास गर्दैनन । अझ झोला मा HAND SANITIZER  अनि हात मा चक्की हो कि टेबलेट वा ल्यापटप (ल्याप्चे टप) बोकेर हिड्ने लाइ हाम्रो समय मा यस्तो थियो भन्यो भने "झुठ "भन्छन भन्या ड्याम कि ड्याम्म कुट्नु जस्तो किन भन्नुस न मलाइ सम्झना छ म स्कुल (शारदा माध्यमिक बिध्यालय भक्तपुर) पढ्न जादा आउदा बाटोमा पर्ने हनुमन्ते खोलामा को पानि पिउने गर्थ्यौ । त्यहि पानि पिएको ज्यान हो यो गाठे त्यति मात्र हो र भक्तपुर शहर मा वितरण गरिएको सार्बजनिक धारो मा पहेलो लेदो, साना साना किरा समेत आउथे धारको मुखमा पातलो सेतो धागो ले बाधेर छानेर (फिल्टर )खानु पर्थ्यो । घर मा थोडै धाराको पानि थियो ? कुवा, इनार  बाट गाग्रो र गाग्रीमा बोकेर लेराउनु पर्थ्यो ।

कटुन्जे आफ्नो जन्म थलो धारा टोल को इनार को पानि जहाँ ढुंगा को ककारो बाट निस्कने  चिसो र मिठो अनि सफा पानि थियो । अनि अर्को थियो तिन  धारे को पानि त्यो पनि जमिन मुनि को स्रोत बाट आउने हुनाले सफा र मिठो थियो अरु वरिपरी का कुवा हरुमा भ्यागुता माछा बिन्दास पौडी खेली रहेका हुन्थे कुवा मा मानिस को छायाँ परे पछी भ्यागुता हरु दाया बाया लाग्थे माछा हरु तल लुक्थे अनि हत्केलामा पानि उठाएर मनग्य स्वाद लिएर पिउने गर्थ्यौ । बारीको कान्ला मुनि सौच गर्ने लोटामा पानि लागेर सौच सफा गर्ने अझ कति त् माटो को डल्लो ले वा ढुंगा ले वा घास पात ले पुछेर हिडथे । त्यस मध्यका हामि कति संसार को कुना कुनामा पुगेका छौ .त्यहि बस्ने पनि राज्य को उपल्लो जिम्मेवार पदमा पुगेका छन् महँगो कार चढेका छन् अहमताको भारि बोकेर आफु लाइ सचेत सभ्य को बित्थाको पगरी गुत्ने हरु पनि कम छैनन् । ल भन्नुस आज भोलि ९९ %किटाणु मार्छ भनेर HAND SANITIZER अनिबार्य बोक्नै पर्छ दलनै  पर्छ  भन्ने लाइ के भन्नु ?

न ढाटी भन्नु पर्दा अहिले आफै लाइ पनि त्यो खोला , कुवाको पानि बारीको कान्लामुनि को सौच हात ले धुने अवस्था सम्झदा अझै हात गन्हाउदै छ कि क्याहो ? जस्तो पनि लाग्छ.त्यहि ज्यान आज  ट्वाइलेट पेपर बिना गर्ने कल्पना गर्दैन हात ले ?....उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सम्भब छैन समय ?तर HAND SANITIZER देखि भने मलाइ किन किन हदै सम्म को नाटक र अनाबस्यक खर्च मात्र हो जस्तो लाग्दछ । एक दिन एउटा अफिकन मुलको सहकर्मी सित चर्काचर्की बहस भयो । अमेरिकामा उ म भन्दा ७  बर्ष कान्छो थियो । हुन् त् कुवाको भ्यागुतो लाइ पनि आफ्नै संसारमा गर्ब हुन्छ रे घमण्ड हुन्छ रे म पनि त् परे संसार को सर्बोच्च शिखर भएको देश को मान्छे तर कहिले काही बिदेशीले तैले कुन कुन हिमाल चढिस त् भनेर सोद्धा पो कागती निचोरेको जस्तो अनुहार लगाएर कपाल कन्याएर यु नो यु नो इट्स भेरी फार फ्रम माइ हाउस नो रोड , नो ट्रक नो बस हाउ टू गो हिमाल  ? उल्टै प्रश्न गर्नु पर्ने हुन्छ .जे होस् चिसो पानि खाएर तातो स्वभाब देखाउने मानिस न परे त्यो पनि इतिहास को स्नातक वर्तमान को अलपत्रकार उसको देश को बारेमा अधयोपांत थाहा भएको मान्छे ले उसलाई आफु भन्दा गए गुज्रेको न देख्नु पर्ने कुनै कारण थिएन । (कस्तो नेगेटिभ सोच ?).उ के गर्दथ्यो भने घरि घरि यहि HAND SANITIZER पिच्चपिच्च गर्दै हात मा दल्ने ,कागज को रुमाल मा पिच्चपिच्च गर्दै टेलिफोन को तार, सेट अनि टेबुल समेत पुछ्ने भन्या ? एकदिन त् यो गोर्खाली लाइ बित्थामा किन हो जोस चल्यो हुन् त् मेरो वा मेरो बाउ बाजेको के जाने हो र भनेर वास्ता नगरी चुप लागेर सकारात्मक सोच देखाउदै GOOD JOB FRIENDS GOOD JOB भनि दिएको भए के बिग्रन्थ्यो र ? तर गोर्खे को मन के मान्थ्यो भन्या ?अनि मैले सोधे ए ...त् यो देश मा आएको कति  बर्ष भयो रे  ? ५ बर्ष
तेरो उमेर कति भयो रे ?३४ बर्ष
तैले कहाँ बिताइस २९ बर्ष ?
..........देशमा
यो HAND SANITIZER बजार मा आएको कति भयो ?
थाहा छैन
उसले यी प्रश्न  हरुको कारण सोध्यो । मैले बारीको कान्लामुनि को सौच देखि खोला को पानि पिएको यो ज्यान हेर्न भने अनि अस्वेत साथी ट्वा ..पर्यो .टाउको मा हात राख्यो र एकछिन पछी भन्यो होत यो झोल बजार मा आएको कति बर्ष नै भयो र तिमि हामि कस्तो देश मा कस्तो हावा पानि मा हुर्केका हौ थाहा नै छ नि हो यो बास्तबमा फजुल खर्ची र अनाबस्यक नाटक मात्र हो .यसले किटाणु मार्ने पनि होइन अनि यो दल्दैमा अरु रोग  ले नछुने पनि होइन । उसले पनि आफ्नो देश को कहानी बतायो उसले कहानी बताउदै गर्दा नलाई भने एउटा व्यंग (जोक) याद आयो ,केहि नेपाली हरु तिर्थाटन को लागि जादै  गर्दा लखनउ वाट भारतीय रेल मा चढेका थिए रे रेल को डिब्बा मा एउटा धम्मर्धुष मोटो पन्जाबी घ्वार घ्वार घुर्दै रहेछ एक जनाले अस्लिल शब्द प्रयोग गरेर गालि गरेछन .न बुझेको नया आवाज सुनेर पन्जाबी ब्युझिएछ र सोधेछ ए ........ हो तिमि हरु ले मलाइ  के न राम्रो गालि गरेको हो कि क्याहो ?डर ले थर्कमान नेपाली ले कुरो मिलाउदै भनेछन  हैन हैन तिमि कस्तो राम्रो मान्छे भनेको क्या अनि पंजाबी ले खुसि हुदै भनेछन ए हो त्यसो भए म के राम्रो मेरो बाबु म भन्दा झन राम्रो ......................


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक