Similar Articles

टिपिएस कसले लिने र कसले नलिने? निवेदन दिने म्याद भने २१ डिसेम्बर २०१५ सम्म--विनोद रोका, एर्टनी एट ल

बिराट नेपाल

Temporary Protected Status (TPS) को सुविधा पाऊनका लागि नेपाली नागरिक वा नेपाललाई अन्तिम बसोबार्स  à¤¬à¤¨à¤¾à¤à¤•à¤¾ राज्यविहिन  à¤° अमेरिकामा जुन २४, २०१५ सम्म आई सो दिन देखि लगातार रूपले यही बसोबास गरिरहेका व्यक्तिहरूले अमेरिकी अद्यागमन विभाग समक्ष सुविधा पाऊनका लागिे निवेदन दिने म्याद डिसेम्बर २१, २०१५ सम्म मात्र रहेको छ।  à¤¯à¤¸ अन्र्तगत फेलोनी अर्थात् संघिन अपराध तथा केही अन्य तोकिएका सानातिना मिसडिमिनियर अपराध गरेका व्यक्तिहरू बाहेकलाई डिसेम्बर २४, २०१६ सम्मका लागि मानवियताको आधारमा अस्थायी रूपबाट अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिइन्छ। तोकिएको समय पछि पुग्ने निवेदन उपर अद्यागमन विभागले कार्वाही गर्दैन। 

अमेरिकी अद्यागमन विभागले यो टिपिएसको सुविधा पाउने नेपाली वा नेपाललाई अन्तिम बसोबासको थलो बनाएका राज्यविहिन व्यक्तिहरूको सङ्ख्या अनुमान गरेको भन्दा थोरै व्यक्तिहरूले मात्र निवेदन दिएको देखिन्छ। यसरी अनुमान गरिए भन्दा कम सङ्ख्यामा निवेदन दिर्नुका कारणहरू विविध होलान्। जस्तो कि अमेरिकामा एफ१, बि२, एच१बी जस्ता ननईमिग्रेण्ट अर्थात् अस्थायी भिसामा बसिरहेका व्यक्तिहरूले टिपियसको सुविधान लिन मिल्छकि मिल्दैन? लियो भने अस्थायी भिसालाई कस्तो असर पार्दछ? भन्ने प्रश्नहरू देखिन्छन। त्यस्तै अर्को प्रश्न भनेको ओभरस्टे भएका अनि अद्यागमन अदालतबाट देश निष्कासनको फैसला भई कार्यान्वयन हुन मात्र बाकी रहेका, विथहोल्डींग पाएका अनि हाल अद्यागमन अदालतमा शरणार्थीको मुद्दा बिचाराधिन अवस्थामा रहेका व्यक्तिहरूले यो सुविधान लिएको अवस्था के हुन्छ? भन्ने प्रश्नहरू पनि छन्। 

ननईमिग्रेण्ट अर्थात् अस्थायी भिसामा बसिरहेका व्यक्तिहरूले टिपियसको सुविधान लिन मिल्छकि मिल्दैन? लियो भने अस्थायी भिसालाई कस्तो असर पार्दछ? भन्ने प्रश्नको जवाफमा २ सेप्टेम्बवर २०१५ का दिन अमेरिकी अद्यागमन विभागले एफ१,बि२ र एच१बि जस्ता ननईमिग्रेण्ट भिसा के हुन्छन् टिपियस लिएमा? भन्ने विषलाई लिएर सूचना प्रकाशित गरेको छ। जानकारीको लागि तलको लिंक हेर्न सकिन्छ। साथै यस विषयमा छापिएको मेरो लेख बिआरटी नेपाल à¤¡à¤Ÿ कममा हेर्न पनि सक्नु हुनेछ। 

http://brtnepal.com/news.php?pid=9987#sthash.jhbDrZfd.XBqBKDHZ.dpbs

ओभरस्टे भएका, बोर्डरक्रश गरी अमेरिका आएका, अद्यागमन विभागबाट देश निष्कासनको आदेश भएका, विथहोल्डींग पाएका आदि व्यक्तिहरूले टिपिएसको आधारमा अमेरिकामा डिसेम्बर २४, २०१६ सम्म बस्ने र काम गने अनुमति पाएपछि एडभान्स पेरोलको कागज लिएका मध्ये आऊदा खेरि  à¥© र १० वर्षको तघारो लगाएर पस्न नदिन पनि सक्छ है भनी चेतावनी दिएका व्यक्तिहरू नेपाल गै कतिपय व्यक्तिहरू फेरी अमेरिका फर्किएका छन् पेरोलीको हैसियतले। अनि कतिपय टिपिएस पाएका व्यक्तिहरू जाऊ कि नजाऊ भनी अमmै पनि दोधारमा परेको अवस्था पनि छ। 

बोर्डरक्रस गरेर अमेरिकामा आई अमेरिकी नागरिकसंग वैवाहिक जीवनमा वाधिएका र एक जना नानीको पिता पनि भैसकेका मेरा एकजना क्लाईन्ट एडभान्स पेरोलमा नेपाल गै भरखरै न्युर्योक फर्किनु भएको छ। वहाको लागि अमेरिकी नागरिक श्रीमतीले हालेको नातेदारको निवेदन स्वीकृत भएपछि ग्रिनकार्ड आउने बाटो अर्थात् एस्ट्र्ीम हार्डसिपको मापदण्ड प्रमाणित गर्ने प्रयाप्त प्रमाण नहुदा ममmदारमा केश रहेको थियो। तर वहा नेपाल गै पेरोलीको हैसियतले अमेरिका आउनु भएको हुदा वहाको ग्रिनकार्ड पाउने बाटो सहज भएको छ किनकि वहा जाचिएर अमेरिका प्रवेश गर्नु भयो। तर यस्तै परिस्थितिमा रहेका एक जना अर्का पक्षलाई मैले टिपिएस लिनुहोस भन्दा उन्ले लिन मानेका छैनन्। उन्लाई मैले किन टिपिएस लिनुहुन्न भनी प्रश्न गर्दा साथीहरूले यो सुविधा लियो भने मैले हालेको एजाईलमको मुद्धा बिग्रन्छ रे भन्ने जवाफ दिनुभयो। ंंंंंंंंंंंंंंंंंं वहाको निर्णय वकिलको भन्दा पनि साथीको सल्लाहमा आधारित थियो। त्यसैले मैले वहालाई कर पनि गरिन।

अमेरिकाको छैठौ सर्किटकोर्ट अर्थात् केण्टोकी, ओहाईयो, टेनिसी आदि, को क्षेत्राधिकार भित्र बस्ने बोर्डरक्रश गरेर आएका टिपिएस पाउने देशका सुचीमा परेका विदेशीहरूले त एडभान्सपेरोल लिएर आफनो देश नगैकन पनि यही ईन्सपेक्सन भएको मान्यता पाई अमेरिकी नागरिकसंग विवाह गरेर ग्रिनकार्ड समेत पाएको अवस्था छ। तर न्युर्योक लगायतका कतिपय राज्यहरूमा भने यस्तो एडभान्स पेरोल लिएर मात्र हुँदैन।त्यस्को लागि व्यक्तिले अमेरिका बाहिर गै फर्केर आऊदा अमेरिकी अद्यागमन विभागका कर्मचारीबाट जाचपास भई पेरोलीको हैसियतले प्रवेश गरेको अवस्थामा मात्र अमेरिकीमा ग्रिनकार्ड लिन सक्दछ अमेरिकी नागरिकसंग विवाह गरेको अवस्थामा। तसर्थ मेरो बिचारमा बोर्डरक्रश गरेर अमेरिका आएका व्यक्तिहरूले टिपिएस र एडभान्स पेरोल लिनु उचितै हुन सक्छ जस्तो लाग्छ। किनकि शरणार्थीको निवेदन स्वीकृत नभएमा वा शरणार्थीको निवेदन बिचाराधिन रहेको अवस्थामा पनि साचो अर्थको अमेरिकी नागरिकसग गरिएको विवाहबाट अमेरिकाको ग्रिनकार्ड लिन सक्ने अवस्था रहन्छ। कतिपय अवस्थामा पेरोलीको हैसियतले फेरी अमेरिका प्रवेश गर्दा अन्य सुविधाका बाटा पनि हुन सक्छन् भनी अद्यागमन कानुनका ज्ञाताहरुको धारणा रहेको पाइन्छ।

टिपिएसको सुविधा लिएको अवस्थामा शरणार्थीको निवेदनै अस्वीकृत हुन्छ भन्ने होइन। अद्यागमन अदालतले यस्तो सुविधा पाएका व्यक्तिहरूको मुद्दालाई पक्षको अनुमति लिएर मुल्तवीमा राख्नेसम्मको आदेश गर्न सक्दछ। स्टाटस नभएकालाई टिपिएसले कुनै स्टाटस नदिने हुदा अदालतमा चलेको रिमोभलको केशमा न्यायाधिशले हार वा जितको फैसला गर्न सक्दछन। यदि व्यक्तिलाई हराई देश निष्कासनको फैसला गरियो भने टिपिएसको सुविधा समाप्त नभएसम्म त्यस्ता व्यक्तिलाई अमेरिकाबाट निष्कासन गर्न मिल्दैन। होण्डोरसका नागरिकहरुलाई १९९९ र एल साल्भाडोरकालाई २००१ देखि हालसम्म अमेरिकी अद्यागमन विभागले यो सुविधान दिई रहेको अवस्थामा नेपाललाई पनि यो सुविधा दिइने सम्भावनालाई नर्कान सकिदैन। यदि यो सुविधाको म्याद बढाईयो भने पछिसम्म यो सुविधा पाउने व्यक्ति नेपाल गै फर्किएर आउने र अमेरिकामा काम गर्न पाउने सम्भावना रहन्छ। 

टिपिएसको सुविधा लिने कि नलिने भन्ने विषय व्यक्तिको अवस्था र परिस्थितिमा निर्भर गर्दछ। किनकि कसैलाई लिदा फाईला छ भने कसैलाई बेफाईता पनि हुन सकदछ। तसर्थ टिपिएसको सुविधा लिने हो भने यही २०१५ को २१े डिसेम्बर सम्ममा अमेरिकी अद्यागमन विभाग समक्ष रितपुर्वकको निवेदन दर्ता गराई सक्नु पर्दछ। तसर्थ यो म्याद समाप्त हुनुभन्दा अगाडी नै कानुन व्यवसायीको सल्लाह लिएर टिपिएसको निवेदन दर्ता गराउन सकिएन भने पछाडि पछुताऊन पर्ने अवस्था पर्न सक्दछ किनकि यदि यो म्याद भित्र निवेदन दर्ता गराईएन भने व्यक्तिले पछि यो सुविधाको लागि निवेदन दिन पाऊदैन।



+=====================================================+
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।) 

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक