कृष्ण के.सी , विगत-लगभग ५ वर्ष जति पहिला देखि खगेन्द्र क्षेत्री, इमिग्रेशनका कानुन बिग्य, उहालाई खगेन्द्र जिसीको नामले बढी चिन्दछन । उसो त तपाईँहरू धेरै जना उहासँग परिचित नै हुनुहुन्छ । उहाँ खगेन्द्र जिसी कै सहकार्यमा म कृष्ण के सी ले इमिग्रेशन चौतारी कार्यक्रम तयार गरेर विभिन्न सञ्चार माध्यम बाट प्रसारण सेवा गरेको कुरा तपाईँहरू धेरैलाई स्मरण नै होला ।
त्यो नयाँ तथा चर्चित हुन पुगेको इमिग्रेशन चौतारीको समय पछि हामी दुबैजनाले फरक जिम्मेवारी रोजेका थियौ ।
संयोग मान्नै पर्छ कि हामी दुवै जना यउटै कार्यकालमा एनआरएन अमेरिकाको कार्यसमितिमा निर्वाचित भयौ । त्यो बिचमा यो इमिग्रेशन चौतारी कर्मक्रम समयको अभावले रोकियो । तर धेरै प्रश्नहरू र अनुरोध पछि पुन कार्यक्रम सञ्चालन गरेर सेवा प्रदान गर्न हामी तपाईँहरूको साथमा आएका छौ ।
यो निःशुल्क सेवामा तपाईँका कुनै इमिग्रेशन समस्या, जिज्ञासा, प्रश्न भएमा हामीलाई कुनै पनि माध्यम बाट पठाउनु भय हामी त्यसको जवाफ दिने प्रयास गर्ने छौ । यो छलफलमा चाँहि हामीले बिशेषगरी टिपिएस (TPS) र इमिग्रेशनका अरू बिषयहरुलाई छलफलमा उठाएका छौ । बाँकी कुराको लागि भिडियोमा हेर्नुहोला ।