Similar Articles

राष्ट्र्पती ओबामाले आप्रवासीलाई अमेरिकामा बस्ने अनुमति दिने सम्भावना-- विनोद रोका,एर्टनी एट ल

बिराट नेपाल

अमेरिकी राष्ट्र्पती ओबामाका नजीकमा रहेका श्रोतहरुबाट बाहिर आएको सूचना अनुसार राष्ट्र्पतीेले अमेरिकामा रहेका कागजबिनाका आप्रवासीहरुलाई अस्थायी रूपबाट अमेरिकामा बसोबास गरी काम गर्न पाउने लगायतका सुविधा दिने गरी २०१४ सालको नोभेम्वर २१ तारेख शुक्रवारका दिन सम्ममा कार्यकारी आदेश जारी गर्न सक्ने सम्भावना रहेको अनुमान छ । यसपालि गरिएको अनुमान भने वास्तविकतामा परिणत हुन्छ भनी विश्वास गर्ने आधार रहेका छन्। किनकि अमेरिकी सिनेट र काँग्रेसमा प्रतिनिधित्व गर्ने डेमोक्रेटीक पार्टीका सिनेटरले नोभेम्वर १७ र कांग्रेसम्यानहरुले नोभेम्वर १३ तारेखका दिन राष्ट्र्पतीलाई पत्र लेखेका छन् । पत्रमा उनीहरूले यस्तो आदेश भुतपुर्व राष्ट्र्पतीहरुले विगतमा गरेका र यस्तो आदेश जारी गर्न पाउने अधिकार दुईबर्ष अगाडी संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले  Arizona v. United States, 132 S.Ct. 2492, 2499 (2012) मुद्दामा राष्ट्र्पतीमा रहने भनी बोलीसकेको कुरा स्मरण गराउदै रिपव्लीकनहरुले अद्यागमन विललाई लामो समयसम्म काँग्रेसमा बन्दी बनाई हालसम्म मतदानका लागि पेस नगरेको अवस्थामा राष्ट्र्पतीले अविलम्ब कार्यकारी आदेश जारी गरी निश्चित वर्गका कागजबिहिन रूपबाट अमेरिकामा बसोबास गरी रहेका आप्रवासीहरुलाई अस्थायी रूपबाट अमेरिकामा बस्न र काम गर्न पाउने सुविधा दिईयोस भनी अनुरोध गरेका छन्। यसरी अनुमान गरिए अनुसारको आदेश राष्ट्र्पतीले जारी गरेमा अमेरिकामा लाखौका सङ्ख्यामा रहेका श्रमजिवी कागजबिहिन आप्रवासीहरुले अस्थायी रूपबाट २ वर्षका लागि बसोबास र काम गर्ने अनुमति पाउन सक्दछन।

यदि बहुचर्चित सुधारात्मक अद्यागमन विल २०१३ Comprehensive Immigration Reform Bill (CIR) 2013अमेरिकी काङ्रेसको तल्लोसभामा पारित भएको भए यस्ले राष्ट्र्पतीको स्वीकृतिबाट कानुनी मान्यता प्राप्त गर्ने थियो र आप्रवासीहरुले अमेरिकाको नागरिकता समेत पाउने गरी अस्थायी बसोबासको अनुमति पाईसक्ने थिए। र देशको अर्थतन्त्र लगायतका अन्य विविध पक्षमा उल्लेखनीय योगदान समेत पुग्ने थियो।

यो विल सिनेटमा प्रतिनिधित्व गर्ने डेमोक्रयाट र रिपव्लीकनका ४।४ जना सिनेटरहरुको समूहले तयार पारेका थिए। यस्मा दुवै पक्षका बिचमा लामो छलफलबाट सहमतिमा पुगेपछि सिनेटबाट  जुन २७, २०१३ का दिन ३२ का विरुद्ध ६८ मत प्राप्त गरी पारित भयो। जस्मा १४ जना सिपव्लीकन सिनेटहरहरुको पनि मत प्राप्त भएको थियो। यो विल रिपव्लीकहरुको महुमत रहेको अमेरिकी काँग्रेसबाट पारित भएपछि मात्र कानुनी मान्यता प्राप्तिका लागि राष्ट्र्पती समक्ष पुग्नुपर्ने थियो। तर रिपव्लीकनको बाहुल्यता रहेको काँग्रेसले यो विललाई मतदानका लागि सदनमा पेशै गरेन। यो विलले कानुनी मान्यता पाएको भए ३१ डिसेम्बर २०११ देखि अमेरिकामा बिनाकागज बसिरहेका तर अपराध गरे बापतमा सजाय नपाएका आप्रावासीहरुले ५०० अमेरिकी डलर जरिवाना र कर तीरी अमेरिकामा बस्न र कामगर्न पाउने सुविधा अर्थात्  “Registered Provisional" स्टाटसमा आफूलाई समावेश गर्न सक्ने थिए। यसरी अस्थायी रूपको स्टाटस पाउने आप्रवासीहरुले १० वर्षपछि तोकिएका कानुनी शर्तहरु पालना गरेमा अमेरिकी ग्रिनकार्डका लागि निवेदन दिन सक्ने र त्यस्को ३ वर्ष पछि अमेरिकी नागरिक हुनका लागि निवेदन दिन पाउने हैसियत प्राप्त गर्दथे। तर ड्रिमरहरुका लागि भने ५ वर्षको अवधिमात्र राखिएको थियो।

राष्ट्र्पती ओबामाले यो बिल पारित गरीयोस भनी कांग्रसलाई धेरै पटक अनुरोध गरे। तर ओबामाको कार्यकालभरी यो बिललाई मतदानमै नल्याई तुहाऊने मनसायले विविध कारणहरू देखाई रिपव्लीकनको बहुमत रहेको कांग्रसले थन्क्याएर राख्यो। राष्ट्र्पतीले चाहे अनुसार अद्यागमन सुधार विल काँग्रेसबाट पारित नभएपछि ओबामा प्रशासनले २०१२ मा पनि  भै रहेको कानुनले दिएको अधिकार प्रयोग गरेर अमेरिकामा आएका तर आफनो कानुनी हैसियत नभएका विदेशीहरुका सन्तानहरु जो जुन १५, १९८१ पछाडी जन्मिएका, अमेरिकामा आऊदा १६ वर्ष ननाघेका, र अमेरिकामा जुन १५, २००७ देखि जुन १५, २०१२ का दिन सम्म लगातार रूपबाट बसोबास गरिरहेका, जुन १५, २०१२ भन्दा अगाडी बिना ईजाजत अमेरिका आएका वा त्यो भन्दा अगाडी आफनो स्टाटस बिग्रीसकेका र हाल अमेरिकामा रहेका स्कुलमा पढी रहेका, हाईस्कुल डिप्लोमा गरेका, जिईडी को प्रमाणपत्र पाएका वा अमेरिकी कोष्टगार्ड वा सैनिक सेवाबाट विनाकसुर सेवानिर्वित भएको हुनु पर्ने जस्ता व्यवस्था गरिएको थियो।  यो सुविधा पाउने वर्गका मानिसहरू, जस्लाई ड्र्मिर पनि भनिन्छ, लाई मानवियताको आधारमा २ वर्षका लागि डिफरल एक्सनको सुविधा र कामगर्ने अनुमति पत्र दिने नीति बनायो। तर यो व्यवस्थाले पनि सबै ड्र्मिरहरुलाई समावेश गर्न सकेन यस्मा भएका कतिपय अव्यवहारिक शर्तहरुले गर्दा। जस्तो कि शैक्षिक योग्यता, उमेरको हद, र नियमित रूपबाट अमेरिकामा बसोबास गरिरहेका आधिकारिक दस्ताबेजहरुको आवश्यकता।

राष्ट्र्पतीबाट यस्तो आदेश यो भन्दा अगाडी नै आउने प्रबल सम्भावना थियो। तर नोभेम्वरमा भएको मध्यावधि चुनावमा काँग्रेस, सिनेट, र राज्यका गर्भनरपदमा उठने डेमोक््रयाटीक पार्टीका उम्मेदवारहरुले चुनाव हार्न सक्छन् कि भन्ने डरले स्थगित गरिएको थियो। तर ढिलाइ गरेको कारणले गर्दा डेमोक््रयाटसहरुले हार भयो र अमेरिकी सिनेट र काँग्रेस दुवैमा रिपव्लीकनहरुले बहुमत ल्याए। ओबामाले आप्रवासीहरुलाई धेरै अगाडी देखि दिन्छु भनेको सुविधा नदिएको हुदा उन्लाई जिताऊने मतदाताहरुले समेत मतदानमा सहभागिता जनाएनन। यदि अहिले पनि आप्रवासीहरुको सुविधाका लागि यस्तो आदेश नआएमा आऊदो राष्ट्र्पतीको चुनावमा पनि रिपव्लीकनको उम्मेदवारले जित्ने सम्भावना छ। तसर्थ यस्तो अवस्थामा राष्ट्र्पतीले मौजुदा कानुनले दिएको कार्यकारी अधिकार प्रयोग गरी आदेश जारी गरेमा आगामी चुनावमा आफनो पार्टीका उम्मेदवारले चुनाव जित्ने सम्भावना रहने हुन्छ। किनकि यो सुविधा रिपव्लीकन राष्ट्र्पती भएका खारिज गर्छ भन्ने भय रहन्छ। राष्ट्र्पतीले जारी गर्ने भनिएको कार्यकारी आदेशबाट निम्नानुसारका कागजबिहिन व्यक्तिहरूले अस्थायी रूपबाट २ वर्षका लागि बसोबास र काम गर्ने अनुमति पाउन सक्ने सम्भावना रहन सक्दछ।

१। हाल डाकामा भै रहेको व्यवस्था मध्ये शैक्षिक योग्यता र ३० वर्षभन्दा कम उमेर हुनुपर्ने सर्तलाई हटाईएको अवस्थामा अरू ६ लाख ३०००० हजार भन्दा बढी अप्रवासीहरुले यो सुविधा पाउन सक्नेछन। हाल भै रहेको व्यवस्था अनुसार यस्तो सृविधा पाउन सक्ने आप्रवासीहरुको सङ्ख्या अंदाजी १२ लाख भएपनि ७ लाख आप्रवासीहरुले मात्र सुविधाको् लागि अद्यागमन विभाग समक्ष निवेदन दिएकामा ६ लाखले यो सुविधा पाएका छन्। अरू योग्यता पुग्ने आप्रवासीहरुले अमेरिकामा प्रवेश गरेका,े प्रवेश गरेपछि लगातार अमेरिकामा नै बसोबास गरिरहेको भन्ने जस्ता प्रमाणहरु जुटाउन नसक्दा कतिको निवेदन खारिज भयो भने कतिले निवेदन दिन सकेको छैनन्।

२। डाका अन्र्तगत सुविधा पाएका व्यक्तिहरुका आमाबाबुहरु।

३। अमेरिकी नागरिक र अमेरिकाको ग्रिनकार्ड भएका व्यक्तिका अमेरिकामा ५ वर्षदेखि बसवोबास गरिरहेका आमाबाबुले पनि यो सुविधा पाउने सक्नेछन। यस्ता आप्रवासीहरुको संंख्या ३.३ मिलियन अर्थात् ३३ लाखको सङ्ख्यामा रहेको अनुमान माईग्रेशन पोलिसी ईन्स्टीच्युटले गरेको छ। http://www.migrationpolicy.org/research/executive-action-unauthorized-immigrants-estimates-populations-could-receive-relief

४. यसमा १० वर्ष भन्दा बढी समयदेखि निरन्तर रूपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई पनि समावेश गर्नसक्ने अनुमान गरिन्छ। यस्ता आप्रवासीहरुलाई पनि यो सुविधा दिइएको खण्डमा अरू २५ लाख आप्रवासीहरुले यो सुविधा पाउन सक्नेछन। माईग्रेशन पोलिसी ईन्स्टीच्युटका अनुसार अमेरिकामा २०१२ सम्ममा १५ वर्ष भन्दा बढी समयदेखि कागजबिना बसिरहेका आप्रवासीहरुको सङ्ख्या ३० लाख, १० वर्षदेखि बसेका ५७ लाख,५ वर्षदेखि बसेकाको सङ्ख्या ८५ लाख रहेको अनुमान गरिन्छ। आप्रबासीहरुले भने डिसेम्बर २०११ भन्दा अगाडी देखि अमेरिकामा कागजबिना बसोबास गरी रहेको आप्रवासीहरुलाई यो सुविधा दिइनु पर्दछ भन्ने माग गरिरहेका छन्।

राष्ट्र्पतीले मौजुदा कानुनले दिएको अधिकार प्रयोग गरी अमेरिकामा कागजबिना बसोबास गरिरहेको आप्रवासीहरुलार्ई यो सुविधा दिइएमा रिपव्लीकनहरुले यो वर्षको अन्त्यमा सरकार चलाऊनका लागि पेस गरिने बजेट पास नगर्ने अडान लिइरहेका छन्। यसरी बजेट पारित नभएमा राष्ट्र्पतीले ल्याएको कार्यक्रम अर्थको अभावले कार्यान्वयन हुन नसक्ने अवस्था आउन सक्दछ। त्यसै गरी अमेरिकी काँग्रेसका रिपव्लीकन सभामुख जोन बोइनरले राष्ट्र्पतीका विरुद्धमा सङ्घीय अदालत समक्ष रिट निवेदन दायर गर्ने चुनौती दिइरहेका छन्। तर राष्ट्र्पतीलाई मौजुदा कानुनले यो अधिकार प्रदान गरेको छ भन्ने राय महान्यायाधिवक्ता, कानुनविज्ञ, र प्राध्यापकहरुको समेत रहेको अवस्थामा राष्ट्र्पती यस्तो आदेश जारी गर्दा कानुनको प्रतिकुल नहुने अडान लिएका छन्।  केही डेमोक््रयाटसहरुले राट्र्पतिलाई पहिला बजेट पारित गरेर मात्र यो आदेश ल्याउन उचित हुने सुझाब पनि दिने गर्दछन भने अधिकांशले बजेट पारित हुने अवस्थामासम्म पर्खिएर विलम्व गर्नु हुदैन भन्ने गर्दछन । किनकि रिपव्लीकनहरुले यस विषयमा कुनै पनि हालतमा सहयोग गर्दैनन र यही ढिला गरिएको कारणले गर्दानै मद्यावधि चुनावमा डेमोक्रेयाटसहरुले पराजित हुनु परेको हो भन्ने धारणा राख्ने गर्दछन।

त्यसैले राष्ट्र्पतीले यो वर्षभित्र अर्थात् २०१४ भित्रनै अमेरिकामा बसोबास गरिरहेको कागजबिहिन आप्रवासीहरुलाई डाका अन्र्तगत दिएझै अस्थायी रूपबाट अमेरिकामा काम गर्न र बसोबास गर्न पाउने सुविधा दिने सम्भावना भने बढेको छ। यद्यपि आधिकारिक रूपबाट राष्ट्र्पतीको आदेश नआऊन्जेलसम्म कस्ता कस्ता कागजबिहिन आप्रवासीहरुले यो सुविधा पाऊछन र यो सुविधा पाऊनका लागि के कस्ता प्रमाणहरु जुटाएर कहिलेदेखि र कसरी निवेदन दिन पाइने हो अहिले यकिन साथ भन्न सकिदैन। तर कागजबिना अमेरिकामा बसोबास गरी रहेका आप्रवासीहरुले अहिलेदेखि नै आफू अमेरिकामा आएको आधिकारिक प्रमाण, आएपछि अमेरिकामा निरन्तररुपबाट बसोबास गरिरहेको प्रमाण, आपराधिक गतिविधिमा सलग्न नहुने र भएको भए त्यस्को प्रमाण आदि जुटाउन थाल्नु उचित हुन्छ। त्यसैगरी यस्तो योजना आउनु भन्दा अगावै एजेण्टहरुले पैसा लिई कागज बनाई दिन्छु भनी  आप्रवासीहरुलाई ठग्न सक्ने सम्भावना रहने हुन्छ। तसर्थ आधिकारिक रूपबाट अमेरिकी अद्यागमन विभागबाट www.uscis.gov मा सूचना निस्कीएपछि अद्यागमन कानुनको क्षेत्रमा रही काम गरिरहका ईजाजत प्राप्त अनुभवी वकिलको सल्लाह लिएर मात्र कागजी काम अगाडी बढाउन उचित हुन्छ ।

=================================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।

===============================================================

========================================================== - See more at: http://brtnepal.com/news.php?pid=6687#sthash.mrO9iUXM.dpuf

Comments (1)

mukti kafle on

Thank you.

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक