बिराट नेपाल
2015-08-13
नेपालले हालै टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) प्राप्त गरी सकेपछि अमेरिकामा रहेका भुकुम्प पीडित नेपालीलाई टिपिएसको माध्यमद्वारा नेपाल यात्रा गर्न सम्भव हुने भएको छ। यदि तपाईँ टिपिएसका लागि योग्य हुनुहुन्छ र टिपिएस प्रदान गरिएको अवधिमा छोटो समयका लागि नेपाल पनि गएर अमेरिका फर्किने इच्छा राख्नु भएको छ भने तपाईँलाई टिपिएस प्राप्तिको आधारमा नेपालको छोटो यात्राका लागि युएससीआइएसमा दिएको ट्राभल डकुमेन्टको निवेदन युएससीआइएसले स्वीकृत गरेमा नेपाल गएर अमेरिका फर्किन सकिने छ। टिपिएस प्राप्त मात्र नभएर छुट्टै ट्रयाभल डकुमेन्टको निवेदन (फर्म आइ-१३१) को निवेदन भने युएससीआइएसले स्वीकृत गरेको खण्डमा मात्र नेपाल यात्रा सम्भव छ । तसर्थ, टिपिएसको फर्म आइ-८२१/आइ-७६५ स्वीकृत हुदैमा नेपालको यात्रा सम्भव हुँदैन । यसको साथसाथै ट्राभल डकुमेन्टको छुट्टै निवेदन (फर्म आइ-१३१) स्वीकृत भए पछि मात्र नेपाल जानु पर्छ। यदि तपाईँ टिपिएस प्राप्तिको आधारमा नेपाल जानु भो तर ट्राभल डकुमेन्ट नलिएर फेरि बोर्डरमा अमेरिका फर्किन खोज्नु भो भने तपाईँको टिपिएसको स्टाटसको अन्त्य मात्रै हुने होइन, तपाईँ अमेरिका पनि फर्किन सक्नु हुन्न । तसर्थ ट्राभल डकुमेन्टको छुट्टै निवेदन (फर्म आइ-१३१) भरेर युएससीआइएसले परोलको स्वीकृति दिएपछि मात्र नेपालको यात्रा गर्नु होला ।
नेपालको यात्रा गर्दा तपाईँलाई अनुमति दिएको समयका लागि मात्र छोटो यात्रा गरेर अमेरिका फर्किनु उपयुक्त हुन्छ । तपाईँलाई दिएको अनुमति टिपिएस अवधि भर पटक पटकको लागि हुन सक्छ तर एकचोटीको लागि नेपाल जादा केवल ९० दिन सम्म वा अगावै अमेरिका फर्की सकेको हुनु पर्छ । यदि तपाईँ अनुमति दिएको समय भन्दा बढी बस्नु भो भने तपाईँ समस्यामा पर्न सक्नु हुन्छ। त्यसैले तपाईँ टिपिएसको ट्राभल डकुमेन्ट लिएर भविष्यमा नेपाल जाने तरखरमा हुनु हुन्छ भने आफूलाई प्राप्त अनुमतिलाई ध्यानमा राखी यात्रा गर्नु पर्छ।
ज्ञात रहोस्, एडभान्स परोल(फर्म आइ-१३१ निवेदन) टिपीएस फर्मको साथ साथै वा टिपीएस स्वीकृति भै सकेपछि आवेदन गर्न सकिने छ । यो लेखमा एडभान्स परोलको बारेमा सबै नियमहरू वा बृहत् रूपमा व्याख्या गर्न सम्भव नहुने हुदा तपाईँको नेपाल यात्रा र टिपीएस र एडभान्स परोलका बारेमा सम्बन्धित विषयका एटर्नीहरुलाई सोधेर ट्राभलको बारेमा सोच्न र योजना बनाउदा भने सम्बन्धित व्यक्तिलाई एडभान्स परोलको बारेमा कानुनी जानकारी र परिणामका बारेमा बढी जानकारी हुने हुन्छ । तसर्थ नेपाल जाने तपाईँको प्लान छ भने सम्बन्धित विषयका एटर्नीहरुलाई सोध्दा तपाईँहरूलाई फायदा हुन जान्छ।
(यो लेखमा व्यक्त विचारहरू पाठकका सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धि उपचारका लागि भने यटर्नी -एट-ल बासु फुलाराको इमेल: bp@chhetrylaw.com मा सम्पर्क राख्नसक्नु हुनेछ - सम्पादक ।)
फेसबुक: http://www.facebook.com/bashu.phulara
फोन: (७१८) ४४०-५७५४
इमेल: bp@chhetrylaw.com
Post Comments Using Facebook
Your Comments