कृष्ण के.सी, विगत ५ वर्ष (सन २०११) देखी सामान्य रूपमा सुरु गरिएको इमिग्रेशन चौतारी (Immigration Forum) ले धेरै नेपालीहरूको लागि निःशुल्क रूपमा कानुनी सहायता दिएको कुरा स्वयम बताउछन धेरैजना नेपालीहरू । त्यो सुन्दा करोडौको कमाई भन्दा ठुलो खुसी लाग्छ मलाई । गत हप्ता एक जना दाइले लामो समय पछि फोन गर्नु भयो । भाइ धन्यवाद तपाईँको सहयोगले गर्दा म आज अमेरिकी सिटिजनको अोथ लिएको छु, टाढा छ नत्र अरू नसके पनि तपाईँलाई मन पर्ने ढिंडो भने पक्कै पनि आँफैले पकाएर खुवाउँथे । यस्ता धेरै कुरा पनि कमाइयो भने एउटा इपिसोड रेकर्ड गरेर तपाईँहरू समक्ष पुर्याउँदा ६/७ घण्टा खर्चनु पर्छ । मेरो कमाई गर्ने समय पनि जान्छ । तर पनि जुन कुरा यो कामबाट पाइयो त्यो धेरैले पाउँदैनन होला ।
यो अभियानमा खगेन्द्र क्षेत्री, चर्चित नाम खगेन्द्र जिसी दाइले यती धेरै लामो समयसम्म निःशुल्क रूपमा कानुनी सल्लाह दिएर मेरो यो सेवा गर्ने पत्रकारितामा सहयोग दिनु भएकोमा उहानलाई मुरी-मुरी धन्यवाद दिन चाहन्छु । यो प्रयास अरू दिनमा पनि निरन्तर हुनेछ ।
यो इपिसोडमा भने निम्न कुराहरू छन्:
१. टिपिएस र हाल सम्म भएका कुरा, जिज्ञासा र जवाफ
२. फेमिली पिटिशनका विभिन्न उपाय र तरिका ।
३. बिद्यार्थीहरुका लागि अोपिडी बारे विशेष सुचन र व्यवस्थाका कुरा ।
४. धर्म-पुत्र, धर्म पुत्रीको पिटिशनबारे कुरा ।
५. अमेरिकी नागरिकता लिएकाहरुको पनि क्रिमिनल चार्जेज भएर केश रेभोक हुने र डिपोर्टेशन हुने अवस्था ।
६. खाडी मुलुक र कानुनी प्रयास गरिने कुरा ।
अनि यस्तै अरू धेरै कुराहरू यो भिडियो कुराकानीमा छन् । हेर्न न भुल्नुहोला । अमेरिकी अध्यागमन सम्बन्धी अरू जान्नुपर्ने कुरा छन् भने सम्पर्क गर्नुहोला ।