बिराट नेपाल
2015-08-18
बासु फुलारा, अमेरिकामा पाउन थाले नेपालीले टीपीएस, आवेदन दिएको डेढमहिनाभित्रै आवेदनका पक्षमा फैसलानेपाललाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस टीपीएसको दर्जामा राखेको डेढमहिनापछि नेपालीका टीपीएस आवेदनहरुका पक्षमा युएससीआईएसले फैसला दिन सुरु गरेको छ । नेपालमा गएको महाभूकम्पपछि गैरआप्रवासी स्टाटसमा रहेका र कागजपत्रविहिन नेपालीहलाई अमेरिकामा बस्न, काम गर्न र अमेरिकाबाहिर यात्रा गर्न समेत सुविधा प्रदान गर्न सक्नेगरी अमेरिकी सरकारले टीपीएस सुविधाको घोषणा गरेको थियो । जुन २४ मा अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले नेपाललाई टीपीएसको दर्जामा राखे लगत्तै नेपालीहरूले टीपीएसका लागि आवेदन दिन सुरु गरेका थिए ।
न्युयोर्कको क्षेत्री एण्ड एसोसिएट्स पीसीका चर्चित कानुन व्यवयासी बासु फुलारा भन्नुहुन्छ -'अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जामा राखे लगत्तै हामीले पठाएका सेवाग्राहीका टीपीएसका आवेदनका पक्षमा फैसला हुन थालिसकेको छ । हामीले प्रतिनिधित्व गरेको पहिलो आवेदनका पक्षमा युएससीआईएसले अगस्त ११ मा फैसला दिइसकेको छ । '
मासाचुसेट्सका कृष्ण भण्डारी (नाम परिवर्तन) को आवेदन युएससीआईएसले जुलाई ७ मा प्राप्त गरेको थियो । उनलाई अगस्त ७ मा औंठाछापका लागि बोलाइएको थियो । त्यसलगत्तै अगस्त ११ मा उनको टीपीएस आवेदनका पक्षमा फैसला भएको छ । उनलाई सन् २०१६ को डिसेम्बर २४ सम्मका लागि टीपीएस प्रदान गरिएको छ । सन् २००५ मा अमेरिकामा आएका उनलाई वर्क परमिट पनि प्रदान गरिएको छ ।
अन्य आवेदकका पनि आवेदनका पक्षमा फैसला हुन सुरु गरिसकेको कानुन व्यवसायी फूलाराले जानकारी दिनुभयो । फुलाराले भन्नुभयो - 'सन् २०१६ को डिसेम्बर २४ सम्मका लागि नेपालीलाई टीपीएस सुविधा प्रदान गर्नका लागि अमेरिकी सरकारका तर्फबाट भएको घोषणा अनुरूप त्यो मितिसम्मका लागि टीपीएस आवेदक नेपालीहरूले सुविधा पाउन थालेका छन् । '
यदि तपाईपनि टीपीएसको आवेदन दिनुभएको छ भने तपाईँले आफ्नो केसको अवस्थाबारे थाहा पाउन
यो लिंकमा क्लिक गर्नुहोला र रिसिप्ट नम्बर हालेर हेर्नुहोला ।
=============================================================
कानुन व्यवसायी बासु फुलारा: facebook.com/bashu.phulara/ लाई सम्पर्क गर्नु परेमा उहाँको फोन नम्बर 718 440 5754 मा फोन गर्न वा इमेल ठेगाना bp@chhetrylaw.com मा इमेल गर्न सक्नुहुनेछ ।
Post Comments Using Facebook
Your Comments